काठमाडौं– आज बुधबार देशका चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, बागती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यी प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ। विभागका अनुसार नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेछ।
अहिले बिहान प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
दिउँसो प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।