काठमाडौं– बेल्जियमले यूईएफए नेसन्स लिग फुटबलमा पोल्याण्डमाथि संघर्षपूर्ण जित निकालेको छ।
मंगलबार राति नेसनल स्टेडियम वार्सामा सम्पन्न खेलमा बेल्जियमले घरेलु टोली पोल्याण्डलाई १–० गोल अन्तरले हराएको हो।
बेल्जियमलाई जित दिलाउन मिची बात्सुआईले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको १६औं मिनेटमा गोल गरेका थिए।
जितसँगै लिग ए समूह ४ को बेल्जियमले ४ खेलमा ७ अंक जोडेको छ। बेल्जियम तालिकाको दोस्रो स्थानमा रहेको छ।
यता, पोल्याण्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
अर्को खेलमा नेदरल्यान्ड्सले वेल्सलाई ३-२ गोल अन्तरले हराएको छ। नेदरल्यान्ड्स १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। वेल्स १ अंक जोडेर पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।