काठमाडौं– ओसियाना राष्ट्र न्यूजिल्यान्डलाई पराजित गर्दै मध्य अमेरिकी राष्ट्र कोस्टारिका छैटौं पटक फिफा कतार विश्वकप २०२२ मा छनोट भएको छ।
दोहास्थित अल रायन स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा अन्तर महादेशीय छनोटको प्लेअफ फाइनलमा न्यूजिल्यान्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो।
कोस्टारिकालाई जित दिलाउन जोएल क्याम्पबेलले निर्णायक गोल गरे। उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए।
यस्तै, ६९औं मिनेटमा बारबारौसेसले रातो कार्ड पाएपछि न्यूजिल्यान्ड १० खेलाडीमा समेटिएको थियो।
कोस्टारिका विश्वकपमा छनोट हुने ३२औं राष्ट्र हो। कतार विश्वकप आगामी नोभेम्बर २१ देखि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।