काठमाडौं– वाणिज्य बैंकहरुमा जेठ महिना सुरु भएयता निक्षेप संकलन २३ अर्ब रुपैयाँ थपिएको छ। एक हप्ताको अवधिमा वाणिज्य बैंकमा निक्षेप संकलन तीन अर्ब रुपैयाँले बढेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ।
यसैगरी, जेठ महिनाभरिको तथ्यांक हेर्दा कर्जा लगानी जेठ २ गतेदेखि जेठ २१ गतेसम्म स्थिर रहेको छ। जेठ २ गतेसम्म ४१ अर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले जेठ २१ गतेसम्म आउँदा पनि ४१ खर्ब ९४ अर्ब रुपैयाँ नै कर्जा लगानी गरेका छन्।
नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साता (जेठ २७ गते) सम्म कूल निक्षेप ३ अर्बले बढेर ४३ अर्ब ९३ अर्ब पुगेको छ। अघिल्लो साता जेठ २० गतेसम्म कूल निक्षेप ४३ खर्ब ९० अर्ब थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।