काठमाडौं– छिमेकी राष्ट्र भारत आफ्नो अन्तिम खेल खेल्नुअघि नै एएफसी एसियन कपमा छनोट भएको छ।
मंगलबार समूह डीको खेलमा फिलिपिन्सलाई प्यालेस्टाइनले ४–० ले हराएसँगै भारतीय टोलीले एएफसी एसियन कपमा आफ्नो स्थान पक्का गरेको हो।
समूह चरणमा भारतको अन्तिम खेल हङकङसँग हुनेछ। तर, यो खेलको नतिजाले भारतको छनोटमा कुनै असर गर्ने छैन। यद्यपी, फिफा वरियताको लागि यो खेल महत्त्वपूर्ण छ।
भारतीय टोली पहिलो पटक सन् १९६४ मा एएफसी एसियन कपमा स्थान बनाएको थियो। त्यसपछि सन् १९८४, २०११ र २०१९ मा पनि यो प्रतियोगिता खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।