काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य १ हजार ८०० रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
मंगलबार छापावाल सुनको मूल्य ९७ हजार १०० रुपैयाँ प्रतितोला कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ९०० रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ९८ हजार ४०० रुपैयाँ प्रतितोला थियो।
मंगलबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। तोलामा २० रुपैयाँले घटेर मंगलबार चाँदीको मूल्य १ हजार २४५ रुपैयाँ प्रतितोला कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।