• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सांसदहरूको एकै स्वर : मल तुरुन्त चाहियो

64x64
नेपाल लाइभ सोमबार, जेठ ३०, २०७९  १५:२२
1140x725

काठमाडौं- मुख्य खेतीपातीको समयमा समेत कृषकहरुले मल नपाएको भन्दै सांसदहरुले मलको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 

सोमबार प्रतिनिधि सभामा दर्ता भएको रासायनिक मल अभावको विषयमा छलफल गर्न बैठकको कार्यसूची स्थगन प्रस्तावको छलफलमा सहभागी अधिकांश सांसदहरूले किसानलाई यथाशिघ्र रासायनिक मल उपलब्ध गराउन माग गरेका हुन्। 

एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव माथिको उक्त छलफलमा सरकारले बजेटमा राखेको कार्यक्रम र क्रियाकलापमा मेल नखाएकोमा सांसदहरुले आक्रोश पोख्दै सरकार सरकारबीच वार्ता गरेर  (जि टु जि मार्फत्) मल ल्याउन सरकारलाई सुझाव दिए। 

सरकारले बजेटमार्फत् कृषिको आयातमा ३० प्रतिशत कम गर्ने कार्यक्रम राखेको छ। तर बाली लगाउने मुखैमा देशभर मलको हाहाकार छ। प्रमुख प्रतिपक्षीले मलको विषयमा छलफल गर्न बैठकको कार्यसूची स्थगन गर्न प्रस्ताव गरेको छलफलमा भाग लिँदै विपक्षमात्र होइन सरकारी पक्षका सांसदहरुले समेत सरकारसंग जवाफ मागे। 

एमाले सचेतक विशाल भट्टराईले मल चाहिने बेलामा नआएपछि उत्पादन बढाउने लक्ष्य के कारणले राखेको भन्दै सरकारलाई प्रश्न गरे। ‘नेपाल सरकारले ३० प्रतिशत आयात घटाउने भन्ने कार्यक्रम ल्याएको छ, तर सरकारसँग १ दाना मल उपलब्ध गराउने उपाय छैन। सरकार मौनधारण गरेर बसेको छ। सरकार मूकदर्शक भएर बसेको छ,’ उनले भने। 

सरकारले किसानलाई रुवाउन खोजेकोले उक्त कुरा मान्य नहुने भन्दै सरकारले यथोचित कदम चालेन भने त्यसको असर गम्भीर हुने चेतावनी उनले दिए। उनले कृषि मन्त्रीसँग मल कहाँ आइपुग्यो ? भन्दै प्रश्न गरे। 

एमालेकै सांसद राजेन्द्रकुमार राईले कृषकहरुले बाली लगाउने बेलामा सरकार निदाएर बसेको भन्दै जवाफ माग गरे। जनताले मल कहिले आउँछ भनेर बसेकोले छिट्टो मलको व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरे।

त्यस्तै छलफलमा सहभागी गङ्गा चौधरी, नारायण प्रसाद खतिवडा, रेखा कुमारी, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, बिमला विश्वकर्मा, घनश्याम खतिवडा लगायतका प्रतिपक्षी सांसदहरुले वर्तमान सरकारले मल दिन नसक्ने अवस्था रहेको भन्दै किसानको गुनासोलाई सम्बोधन गर्न सरकारसँग माग गरे।

nimb
nimb

एमाले सांसद घनश्याम खतिवडाले किसानहरूले रत्नपार्कमा हलो जुवा बोकेर आएर आन्दोलन गर्ने दिन आउन लागेको भन्दै तत्कालै मलको व्यवस्था गर्न सरकारलाई आग्रह गरे। ‘किसानहरूले रत्नपार्कमा हलो जुवा बोकेर आएर आन्दोलन गर्ने दिन नआओस्। समयमै मल उपलब्ध होस्। यो किसानको आवाज हो। हामी किसानका प्रतिनिधि हौं। किसानले मन्त्रीलाई मल कहिले आउँछ भनेर सोध्नु भनेको छ। मल कहिले आउँछ मन्त्री ज्यू?’ उनले भने।

एमाले सांसद नारायणप्रसाद खतिवडाले अहिले मलको हाहाकार भएको र कालोबजारीहरुले ९ सयको मललाई २७ सयमा बेचेको गुनासो कृषकहरुले आफूसँग गरेको बताए। 

सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख मेट्रिक टन मल तत्काल चाहिने बताए। भारतबाट आउने भनेको ६५ हजार मेट्रिक टन मल पनि असोजमा हो कि कहिले हो आउने भन्दै उनले प्रश्न गरे।

'सबैभन्दा ठूलो चुनौती ४ लाख मेट्रिक टन मल अहिले चाहिएको छ । हाम्रो माननीय कृषिमन्त्रीले भारतसँग केही मेट्रिक टन डेढ लाख मेट्रिक टनजस्तो ल्याउन जीटूजीमार्फत ल्याउन खोज्नुभयो भन्ने सुनियो तर भारतले भन्यो ६५ हजार मेट्रिक टनभन्दा बढी दिन सक्दैनौं भन्यो,' उनले भने, 'त्यो पनि कहिले ल्याउने हो थाहा छैन। असोजमा हो कि बाटैतिर छ कि? हाम्रो मुख्य चासो कहिले, कति मल आउँछ ? हामीलाई चाहिने चार लाख मेट्रिक टन धान बालीको लागि मल कहिले ल्याउनुहुन्छ? यो अत्यावश्यक छ । त्यो मल आजै चाहियो, अहिल्यै चाहियो।' 

सत्ता पक्षका सांसदहरुले पनि मलको समस्या पुरानै भएका यसको समाधान गर्ने तर्फ ध्यान जानु पर्ने बताएका छन्। नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले मलखादको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने तर्फ सबैको ध्यान जानुपर्ने बताएकी छन्।

‘हरेक वर्षको तथ्यांक हेर्ने हो भने रासायनिक मलको अभाव हुँदै गर्दा कृषि उत्पादनमा असर पर्ने गरेको छ। कोरोनाको समयमा पनि मलको हाहाकार भएको थियो,’ उनले भनिन्, ‘साझा मुद्दाको रुपमा अगाडि बढाउनु जरुरी छ। दिर्घकालीन समाधानका लागि ध्यान दिनुपर्छ यो आवश्यक र प्राथमिकता पनि हो।’उनले बाहिरको देशसँग जि टु जि सम्झौता गरेर भए पनि मल खरिद गरेर ल्याउनुपर्ने बताइन्।

एकीकृत समाजवादीका संसद जीवन राम श्रेष्ठले किसानलाई मल समयमा दिन नसक्नु सँधैको लाचारी रहेको बताएका छन्। सरकारले समयमै मल दिन सक्ने गरी काम गर्नु पर्ने बताएका छन्।
उक्त छलफलमा सहभागी संसदहरूले सरकारलाई आफ्नो दायित्वबाट कति पनि पछि नहटि किसानका समस्यालाई सम्बोधन गर्न माग गरेका छन्।

लोसपा सांसद उमाशंकर अरगरियाले देशमा कृषक भए पनि मल नभएको बताए। यस्तो अवस्थामा नेपाललाई कृषि प्रधान देश नभनेर कमिसन प्रधान देश घोषणा गर्नुपर्ने भन्दै व्यंग्य गरे। 'कृषि प्रधान देश भनेर पटकपटक भन्दै र सुन्दै आएको छु। पढ्दै आएको छु। आजदेखि यो सदनमा मेरो व्यक्तिगत प्रस्ताव छ– कृषि प्रधान देश होइन, कमिसन प्रधान देश घोषणा गरियोस्', उनले भने।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाललाई सहयोग गर्न गृहमन्त्री शाहलाई भारतीय राष्ट्रिय कांग्रेसको पत्र
बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ
बुद्ध एयरको राहत घोषणा : भाडा नबढाउनेदेखि राहत सामग्री निःशुल्क ढुवानीसम्म
सम्बन्धित सामग्री
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको... शुक्रबार, भदौ ५, २०८३
अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानी... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
नेपाललाई सहयोग गर्न गृहमन्त्री शाहलाई भारतीय राष्ट्रिय कांग्रेसको पत्र शनिबार, भदौ १३, २०८३
बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ शनिबार, भदौ १३, २०८३
बुद्ध एयरको राहत घोषणा : भाडा नबढाउनेदेखि राहत सामग्री निःशुल्क ढुवानीसम्म शनिबार, भदौ १३, २०८३
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
त्रिशूली बाढी: नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्