• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २, २०८२ Tue, Nov 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सांसदहरूको एकै स्वर : मल तुरुन्त चाहियो

64x64
नेपाल लाइभ सोमबार, जेठ ३०, २०७९  १५:२२
1140x725

काठमाडौं- मुख्य खेतीपातीको समयमा समेत कृषकहरुले मल नपाएको भन्दै सांसदहरुले मलको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 

सोमबार प्रतिनिधि सभामा दर्ता भएको रासायनिक मल अभावको विषयमा छलफल गर्न बैठकको कार्यसूची स्थगन प्रस्तावको छलफलमा सहभागी अधिकांश सांसदहरूले किसानलाई यथाशिघ्र रासायनिक मल उपलब्ध गराउन माग गरेका हुन्। 

एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव माथिको उक्त छलफलमा सरकारले बजेटमा राखेको कार्यक्रम र क्रियाकलापमा मेल नखाएकोमा सांसदहरुले आक्रोश पोख्दै सरकार सरकारबीच वार्ता गरेर  (जि टु जि मार्फत्) मल ल्याउन सरकारलाई सुझाव दिए। 

सरकारले बजेटमार्फत् कृषिको आयातमा ३० प्रतिशत कम गर्ने कार्यक्रम राखेको छ। तर बाली लगाउने मुखैमा देशभर मलको हाहाकार छ। प्रमुख प्रतिपक्षीले मलको विषयमा छलफल गर्न बैठकको कार्यसूची स्थगन गर्न प्रस्ताव गरेको छलफलमा भाग लिँदै विपक्षमात्र होइन सरकारी पक्षका सांसदहरुले समेत सरकारसंग जवाफ मागे। 

एमाले सचेतक विशाल भट्टराईले मल चाहिने बेलामा नआएपछि उत्पादन बढाउने लक्ष्य के कारणले राखेको भन्दै सरकारलाई प्रश्न गरे। ‘नेपाल सरकारले ३० प्रतिशत आयात घटाउने भन्ने कार्यक्रम ल्याएको छ, तर सरकारसँग १ दाना मल उपलब्ध गराउने उपाय छैन। सरकार मौनधारण गरेर बसेको छ। सरकार मूकदर्शक भएर बसेको छ,’ उनले भने। 

सरकारले किसानलाई रुवाउन खोजेकोले उक्त कुरा मान्य नहुने भन्दै सरकारले यथोचित कदम चालेन भने त्यसको असर गम्भीर हुने चेतावनी उनले दिए। उनले कृषि मन्त्रीसँग मल कहाँ आइपुग्यो ? भन्दै प्रश्न गरे। 

एमालेकै सांसद राजेन्द्रकुमार राईले कृषकहरुले बाली लगाउने बेलामा सरकार निदाएर बसेको भन्दै जवाफ माग गरे। जनताले मल कहिले आउँछ भनेर बसेकोले छिट्टो मलको व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरे।

त्यस्तै छलफलमा सहभागी गङ्गा चौधरी, नारायण प्रसाद खतिवडा, रेखा कुमारी, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, बिमला विश्वकर्मा, घनश्याम खतिवडा लगायतका प्रतिपक्षी सांसदहरुले वर्तमान सरकारले मल दिन नसक्ने अवस्था रहेको भन्दै किसानको गुनासोलाई सम्बोधन गर्न सरकारसँग माग गरे।

Ncell 2
Ncell 2

एमाले सांसद घनश्याम खतिवडाले किसानहरूले रत्नपार्कमा हलो जुवा बोकेर आएर आन्दोलन गर्ने दिन आउन लागेको भन्दै तत्कालै मलको व्यवस्था गर्न सरकारलाई आग्रह गरे। ‘किसानहरूले रत्नपार्कमा हलो जुवा बोकेर आएर आन्दोलन गर्ने दिन नआओस्। समयमै मल उपलब्ध होस्। यो किसानको आवाज हो। हामी किसानका प्रतिनिधि हौं। किसानले मन्त्रीलाई मल कहिले आउँछ भनेर सोध्नु भनेको छ। मल कहिले आउँछ मन्त्री ज्यू?’ उनले भने।

एमाले सांसद नारायणप्रसाद खतिवडाले अहिले मलको हाहाकार भएको र कालोबजारीहरुले ९ सयको मललाई २७ सयमा बेचेको गुनासो कृषकहरुले आफूसँग गरेको बताए। 

सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख मेट्रिक टन मल तत्काल चाहिने बताए। भारतबाट आउने भनेको ६५ हजार मेट्रिक टन मल पनि असोजमा हो कि कहिले हो आउने भन्दै उनले प्रश्न गरे।

'सबैभन्दा ठूलो चुनौती ४ लाख मेट्रिक टन मल अहिले चाहिएको छ । हाम्रो माननीय कृषिमन्त्रीले भारतसँग केही मेट्रिक टन डेढ लाख मेट्रिक टनजस्तो ल्याउन जीटूजीमार्फत ल्याउन खोज्नुभयो भन्ने सुनियो तर भारतले भन्यो ६५ हजार मेट्रिक टनभन्दा बढी दिन सक्दैनौं भन्यो,' उनले भने, 'त्यो पनि कहिले ल्याउने हो थाहा छैन। असोजमा हो कि बाटैतिर छ कि? हाम्रो मुख्य चासो कहिले, कति मल आउँछ ? हामीलाई चाहिने चार लाख मेट्रिक टन धान बालीको लागि मल कहिले ल्याउनुहुन्छ? यो अत्यावश्यक छ । त्यो मल आजै चाहियो, अहिल्यै चाहियो।' 

सत्ता पक्षका सांसदहरुले पनि मलको समस्या पुरानै भएका यसको समाधान गर्ने तर्फ ध्यान जानु पर्ने बताएका छन्। नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले मलखादको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने तर्फ सबैको ध्यान जानुपर्ने बताएकी छन्।

‘हरेक वर्षको तथ्यांक हेर्ने हो भने रासायनिक मलको अभाव हुँदै गर्दा कृषि उत्पादनमा असर पर्ने गरेको छ। कोरोनाको समयमा पनि मलको हाहाकार भएको थियो,’ उनले भनिन्, ‘साझा मुद्दाको रुपमा अगाडि बढाउनु जरुरी छ। दिर्घकालीन समाधानका लागि ध्यान दिनुपर्छ यो आवश्यक र प्राथमिकता पनि हो।’उनले बाहिरको देशसँग जि टु जि सम्झौता गरेर भए पनि मल खरिद गरेर ल्याउनुपर्ने बताइन्।

एकीकृत समाजवादीका संसद जीवन राम श्रेष्ठले किसानलाई मल समयमा दिन नसक्नु सँधैको लाचारी रहेको बताएका छन्। सरकारले समयमै मल दिन सक्ने गरी काम गर्नु पर्ने बताएका छन्।
उक्त छलफलमा सहभागी संसदहरूले सरकारलाई आफ्नो दायित्वबाट कति पनि पछि नहटि किसानका समस्यालाई सम्बोधन गर्न माग गरेका छन्।

लोसपा सांसद उमाशंकर अरगरियाले देशमा कृषक भए पनि मल नभएको बताए। यस्तो अवस्थामा नेपाललाई कृषि प्रधान देश नभनेर कमिसन प्रधान देश घोषणा गर्नुपर्ने भन्दै व्यंग्य गरे। 'कृषि प्रधान देश भनेर पटकपटक भन्दै र सुन्दै आएको छु। पढ्दै आएको छु। आजदेखि यो सदनमा मेरो व्यक्तिगत प्रस्ताव छ– कृषि प्रधान देश होइन, कमिसन प्रधान देश घोषणा गरियोस्', उनले भने।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक
सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो
राष्ट्रिय परिचयपत्रले बढायो मतदाता
सम्बन्धित सामग्री
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
कर्णालीका स्याउ बजारीकरणका लागि काठमाडौंमा महोत्सव हुँदै यही भदौ २० गतेदेखि २२ गतेसम्म तीन दिनसम्म काठमाडौंको शंखमूलस्थित कला घरमा दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म स्याउन महोत्सव आयो... मंगलबार, भदौ १७, २०८२
कृषिमन्त्री अधिकारी भन्छन्: मल ल्याउन सरकारसँग पर्याप्त बजेट छैन बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री अधिकारीले यस्तो बताएका हुन्। बिहीबार, साउन २९, २०८२
ताजा समाचारसबै
राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक मंगलबार, मंसिर २, २०८२
सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय परिचयपत्रले बढायो मतदाता मंगलबार, मंसिर २, २०८२
मतदाता नामावलीसम्बन्धी सूचना सुरक्षित रहेको निर्वाचन आयोगको दाबी मंगलबार, मंसिर २, २०८२
जेनजी आन्दोलनमा तोडफोड गर्ने थप पाँच जना पक्राउ मंगलबार, मंसिर २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
जनकपुरविरुद्ध टस जित्दै काठमान्डुले फिल्डिङ रोज्यो सोमबार, मंसिर १, २०८२
एनपीएल : उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरमाथि काठमाण्डू पाँच विकेटले विजयी सोमबार, मंसिर १, २०८२
मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु सोमबार, मंसिर १, २०८२
शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्