काठमाडौं– आगामी सातादेखि हप्ताको ६ दिन सेयर कारोबार हुने भएको छ। अब आइतबारदेखि शुक्रबारसम्म ६ दिन सेयर कारोबार हुने भएको हो।
शुक्रबार भने दिउँसो १ बजेसम्म बजार खुला रहने छ। यसअघि सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि सेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुने व्यवस्था मिलाइएको थियो।
सरकारले असार १ गतेदेखि लागू हुने गरी आइतबारको सार्वजनिक बिदा खारेज गरेपछि ६ दिन नै सेयर बजार खुला हुने व्यवस्था मिलाइएको हो।
अब आइतबारदेखि बिहीबारसम्म ४ घण्टा (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) र शुक्रबार २ घण्टा (बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म) सेयर कारोबार हुने नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।