• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शैलजा आचार्य स्मृति दिवस : 'राजनेताको कोटिमा पुग्ने व्यक्तित्व'

64x64
नेपाल लाइभ आइतबार, जेठ २९, २०७९  १९:०६
1140x725

काठमाडौं-शैलजा आचार्यको प्रसंग चल्नासाथ धेरैले चर्चा गर्ने घटना हो-२०१७ फागुन ७ गते टुँडिखेलमा देखाइएको 'कालो झन्डा'। राजा महेन्द्रले पुस १ मा 'कू' गरेपछि सिर्जना गरेको डर र अन्याेलको परिस्थितिलाई चिर्दै शैलजासहितको समूहले त्यो साहस गरेको थियो।

सो घटनाका एक प्रत्यक्षदर्शी उत्तमनारायण श्रेष्ठ त्यतिबेला आफूहरुको समूहले पनि कालो झन्डा देखाउन तयारी गरेको बताउँछन्। नेपाल लाइभसँग केही समयअघि गरेको कुराकानीमा उनले आफूहरुलाई शैलजाको समूहले उछिनेको चर्चा गरेका छन्।

'कार्यक्रम अहिलेको विद्युत प्राधिकरणको छेउमै थियो। संयोग कस्तो भयो भने राजाभन्दा हामी धेरै टाढा थियौं हेलिकोप्टरले फूल छर्‍यो । शैलजा आचार्य, विजया शर्मा, उमा शर्मा, गौरी राणा, सरोज प्रधानलगायत पद्मकन्याबाट आएका केटीहरूले कालो सल ओढेका थिए। उनीहरू अलि अगाडि नै थिए। धेरै टाढा भएकाले हामी अहिले देखाउने होइन भन्दै थियौं। पद्मकन्याका केटीहरूले सल स्वाट्ठ झिकेर महेन्द्र मूर्दावाद भन्दै नारा लगाइहाले। नारा लगाउनेबित्तिकै उनीहरूलाई समातिहाल्यो', उनको भनाइ थियो। 

यो पनि पढ्नुहोस्

‘दाइको साथी मारिएपछि ११ वर्षमै राणाविरोधी भएँ’सोमबार, पुस ७, २०७६

शैलजाको त्यो सक्रियता प्रजातन्त्रप्रतिको निष्ठा र समर्पणको प्रतिफल थियो। त्यसपछि पनि उनले आफ्नो राजनीतिक यात्रालाई सोही किसिमबाट अगाडि बढाइन्। जस्तोसुकै परिस्थितिमा पनि उनले प्रजातन्त्रको लागि संघर्ष गर्न छाडिनन्। आफ्नो जब्बर छवि कायमै राखिन्। नेपालको पहिलो महिला उपप्रधानमन्त्री भएकी र कांग्रसकै पनि पहिलो महिला उपसभापति बनेकी उनलाई त्यसैकारणले भन्दा पनि उनको दृढताको कारणले सम्झना गरिन्छ।

राजनीतिशास्त्री हरि शर्मा स्वर्गीय शैलजा आचार्यलाई स्पष्ट, निडर तथा प्रजातान्त्रिक आन्दोलनप्रति अति नै प्रतिबद्ध नेताको रुपमा सम्झना गर्दछन्। 'नेपालभित्र र निर्वासनमा बसेर पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी आचार्य  पारिवारिक नाताभन्दा पनि बीपीको हरेक कदमलाई नजिकबाट हेरेको नेता हुनुहुन्थ्यो', नेपाल लाइभसँग उनले भने।

गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको सरकारमा कृषि मन्त्री हुँदा भ्रष्टाचारको कुनै पनि आरोप लाग्न नपाओस् भन्नेतर्फ शैलजा अत्यन्तै सजग रहेको शर्माको भनाइ छ। तर, उनले आफ्नै एउटा वक्तव्यका कारण मन्त्री पदबाट बाहिरिनु पर्‍याे। 

रासायनिक मल आपूर्तिमा ढिलाइ भइरहेको र त्यसमा जताततै कमिसनको जालो देखेपछि मन्त्री आचार्यले यो विषयलाई सदनमै उठाइन्। २०४९ साउन ६ गतेको प्रतिनिधि सभा बैठकमा उनले 'कृषि मन्त्रालय कमिसनखोरहरुको जालोमा जेलिएको छ' भनिन्। सदनले छानबिन गरोस् भन्ने उनको अपेक्षा थियो। तर उनले सोचेजस्तो भएन।

त्यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए। प्रमुख प्रतिपक्षी भूमिकामा थियो, नेकपा एमाले। कमिसनको जालोको खोजी गर्ने र सधैंका लागि निराकरण गर्नेभन्दा पनि पार्टीभित्र र बाहिरबाट शैलजाको आलोचना भयो। उनको राजीनामा माग भयो। सदनबाट स्पष्टीकरण दिएर विवाद साम्य बनाउने प्रयत्न पनि भएको थियो। तर शैलजा सदनमै गइनन्। छानबिनका लागि कसैको सहयोग नपाएपछि राजीनामा दिइन्। यो प्रकरणले शैलजाको शुद्धतावादी छवि फैलायो।

nimb
nimb

बीपीको स्कुलिङमा हुर्किएकी, प्रजातन्त्रका निम्ति समर्पित र समकालीन नेताहरुमध्ये क्षमतावान् भएकीले उनलाई प्रधानमन्त्रीको रुपमा पनि हेरिएको थियो। तर, २०४६ सालको जनआन्दोलन सफल भएर बहुदलीय प्रजातन्त्रको अभ्यास सुरु भएको केही वर्षमै पार्टीहरुभित्र निजी र गुटगत स्वार्थले जरा फैलाइसकेको थियो। निष्ठाभन्दा पनि नाफाघाटाको राजनीतिले प्रधानता पाउँदै थियो। परिणामतः उनी प्रधानमन्त्रीको कुर्सीबाट टाढाटाढा हुत्तिँदै गइन्।

२०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस पराजित भएपछि पार्टी सभापति गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता बन्ने नैतिक परिस्थिति रहेन। त्यसैले त्यतिबेला चर्चित अवधारणा 'आरएसएस' भनेर चिनिने नेताहरु रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्यले त्यो अवसर पाउँदै थिए। तर, 'आफ्नै'हरुको चक्रव्यूहले शैलजाले त्यो पद पाइनन्।

त्यतिबेला संसदीय दलमा गिरिजाप्रसादकै वर्चस्व थियो। उनले चाहेकै नेता संसदीय दलको नेता बन्न सक्थे। उनले शैलजाको योगदानको कदर गर्न सकेको भए शैलजा संसदीय दलको नेता बन्न सक्थिन् र कालान्तरमा प्रधानमन्त्री बन्ने सम्भावना पनि रहन्थ्यो। तर त्यतिबेला कोइराला र उनी वरिपरिका नेताहरुको सहयोगमा शेरबहादुर देउवा संसदीय दलको नेता बने र २०५२ सालमा प्रधानमन्त्री पनि बने।

कांग्रेसबाट मन्त्री समेत भएका नेता बलदेव मजगैयाँ भन्छन्, 'त्यसपछि प्रधानमन्त्रीको प्रबल दाबेदार शैलजा दिदीसँग प्रायः सबै नेताहरू सतर्क हुन थाले। यसको परिणाम वहाँ पार्टीको केन्द्रीय कमिटीमा पनि एक्लिँदै जानुभयो। जसको परिणामस्वरुप २०५६ सालको आमनिर्वाचनमा दिदीकै नजिकका सहयोगीहरू पनि वहाँको विरुद्ध उभिन पुगे। परिणाममा ०५६ सालको आमनिर्वाचनमा दिदी पराजित हुनुभयो।'

यो पनि पढ्नुहोस्

आफन्तकै चक्रव्यूहमा नेतृ शैलजाआइतबार, जेठ २९, २०७९

त्यसपछि शैलजा राजनीतिक रुपमा ओझेल पर्न थालिन्। पार्टीमा एकथरिको हालिमुहाली बढ्दै गयो। उनी पार्टीभित्रै असान्दर्भिक हुँदै गइन्। सान्दर्भिक हुन जे गर्नुपर्ने हुन्थ्यो, त्यसका लागि उनले राजनीति गरेकै थिइनन्। राजनीतिशास्त्री शर्मा भन्छन्, 'आचार्य अहिले राजनीतिमा देखिएको साँघुरो दायराभन्दा माथि उठ्न सक्ने नेता हुनुहुन्थ्यो।'

कांग्रेस नेता तथा शैलजाका समकालीन नेता रामचन्द्र पौडेल उनलाई पार्टीभित्रका बदमासी र बेथितिको विरुद्धमा बोल्ने नेताको रुपमा सम्झिन्छन् । 'गिरिजाप्रसाद कोइरालाको भाञ्जी भएर पनि उहाँबाट भएका गलत कार्यलाई गलत भन्नुहुन्थ्यो। गणेशमान र किसुनजीमाथि भएको कुरालाई प्रतिरोध र विरोध गर्नुहुन्थ्यो। यस्तो उचित छैन, मिलेर जानुपर्छ भन्नुहुन्थ्यो। उहाँहरुको सम्मान राख्नुपर्छ भनेर पटकपटक भन्नुहुन्थ्यो', पौडेलले नेपाल लाइभसँग भने।

२०५८ असोज १८ र २०६१ माघ १९ को कदमपछि त शैलजा पार्टी लाइनभन्दा फरक ढंगले अभिव्यक्ति दिन थालिन्। परिस्थितिले कांग्रेसलाई नयाँ नीति र मान्यता अपनाउन बाध्य बनाइसकेको थियो, शैलजा भने 'क्लासिक कांग्रेस' कै रटान लगाउँथिन्। कांग्रेस अघि बढ्यो, शैलजा छुटिन्। हुत्तिइन्।

पछि त उनी यो सांसारिक यात्राबाटै बाहिर हुत्तिइन्। उपचारका क्रममा उनको २०६६ जेठ २९ गते निधन भएको थियो।
नेता पौडेल शैलजालाई राजनेताको कोटिमा प्रस्तुत गर्छन्। 'उहाँ नेपालमा प्रजातन्त्र ल्याउनका लागि साहसपूर्वक लाग्ने अत्यत्नै साहसिलो महिला हुनुहुन्थ्यो। साहसिलो नेता हुनुहुन्थ्यो', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'वास्तवमा नेपाली महिलाहरुमा राजनेताको कोटिमा पुग्ने व्यक्तित्व उहाँको थियो।'
 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा
गुगलले सुरू गर्‍यो नेपालको बाढीसम्बन्धी आपतकालीन अपडेट
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई ५ वर्षको जेल सजाय
सम्बन्धित सामग्री
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित पार्टी अध्यक्ष मण्डलको बैठकमा धर्मेन्द्र बास्तोलाको अध्यक्षतामा छलफल भइरहेका बेला अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको उनीमाथि... शनिबार, भदौ १३, २०८३
लोककल्याणकारी विज्ञापनको संशोधित कार्यविधि, स्थानीय पत्रिका बन्द गर्न खोजेको आरोप उक्त  कार्यबिधि स्थानीय पत्रपत्रिकालाई पूर्ण रूपमा बन्द गर्ने नियतबस आएको आरोप लागेको छ। शनिबार, भदौ १३, २०८३
भारतीय कांग्रेस नेता थरुर र लामिछानेबीच भेट भारतीय कांग्रेस नेता तथा लेखक शशि थरुरले नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता भएको बताएक... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा शनिबार, भदौ १३, २०८३
गुगलले सुरू गर्‍यो नेपालको बाढीसम्बन्धी आपतकालीन अपडेट शनिबार, भदौ १३, २०८३
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई ५ वर्षको जेल सजाय शनिबार, भदौ १३, २०८३
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित शनिबार, भदौ १३, २०८३
महामारीको जोखिम भएपछि २२९ शवको डीएनए संकलन गरी जमिनमुनि गाडिने शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्