• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘दाइको साथी मारिएपछि ११ वर्षमै राणाविरोधी भएँ’

64x64
पुष्पा केसी सोमबार, पुस ७, २०७६  १४:४१
1140x725

काठमाडौं– ‘तपाईं कसरी बन्नुभयो राणा शासनविद्रोही?’ ८१ वर्षीय उत्तमनारायण श्रेष्ठलाई हामीले विगत सम्झाउन खोज्यौं। 

उनले सजिलै भनिदिए, ‘प्रतिशोधले।’

‘कुन घटनाले जगायो प्रतिशोध ?’

उनले झन्डै ७० वर्षअघिको घटना सम्झिए। 

त्यो माहोल थियो २००७ सालको। जुनबेला राणाविरोधी आन्दोलन देशभर फैलिएको थियो। आन्दोलनले सबैभन्दा बढी काठमाडौंलाई नै तताएको थियो। राणा शासनको विरोध गरेकै कारण ४ जनालाई फाँसी दिइसकिएको थियो। त्यसले आन्दोलन मत्थर पारेन। बरु त्यसको आवेग र आक्रोशले उपत्यकामा आन्दोलनको आगो अझै धेरै दन्किन थाल्यो। 

राणा शासनको विरोधमा उत्रिएकै कारण कतिपय नेतालाई जेल पुर्‍याइएको थियो। आन्दोलनकारीको आक्रोश अझ चुलिँदै गयो। दिनहुँजसो जुलुस र आन्दोलनका कार्यक्रम व्यापक बन्दै गए। 

त्यही क्रममा बागदरबारनजिकैको केन्द्रीय कारागारमा रहेका नेताहरू छुटाउन भन्दै क्षेत्रपाटीबाट जुलुस निकालियो। त्यसैम मिसिन पुगेका थिए श्रेष्ठ। उनी त्यो समय जम्माजम्मी ११ वर्षका थिए।

क्षेत्रपाटीबाट आएको जुलुसलाई भोगेन्द्रमान सिंहले नेतृत्व गरिरहेका थिए। श्रेष्ठ भने नगलको एउटा भजन घरमा उभिएर जुलुस हेर्दै थिए। भोगेन्द्रमान दाजुका साथी भएकाले  उनलाई माया गर्नु स्वभाविक नै थियो। त्यही बेला सिंहले उनलाई देखेपछि, ‘ए बाबु आउ’ भन्दै बोलाए। अनि उनी पनि जुलुसमा मिसिन पुगे।

Ncell 2
Ncell 2
nimb
nimb

‘भोगेन्द्रमान दाजुकै हात समातेर म पनि जुलुससँगै अघि बढें। त्यो जुलुस नयाँ सडक हुँदै धरहरानजिकै जंगबहादुरको शालिक हुँदै अघि बढ्यो। अहिलेको काठमाडौं महानगरपालिका रहेको हरिशमसेरको दरबारलाई पहिले बाघ दरबार भनिन्थ्यो। जुलुस अगाडि बढ्दै गएपछि बाघ दरबारबाट एक्कासी गोली चल्यो। गोलीको आवाज सुन्नेबित्तिकै म त्यहाँबाट भागें,’ श्रेष्ठ सम्झिन्छन्। भोगेन्द्रमानलगायत केहीले भने गोली चल्दाचल्दै पनि जुलुसलाई अगाडि बढाए। सिंहलाई गोली लागेको भोलिपल्ट मात्रै थाहा पाए श्रेष्ठले। ‘भोगेन्द्रमानलाई गोली लागेको छ। घरमै ल्याएको छ भन्ने हल्ला चल्यो,’ उनले सम्झे, ‘उहाँको घर र हाम्रो घरनजिकै थियो। बाहिर कफ्र्यु लगाइएको थियो। हाम्रो बारीसँगै घर भएकाले बाटोबाट गइनँ। बारीबाट पर्खाल नाघ्नेबित्तिकै उहाँको घर आउँथ्यो। पर्खाल नाघेर म उहाँको घर गएँ। त्यही बसेर उहाँलाई हेरें। उहाँको टाउकोमा सेतो फेटाजस्तो बाँधिएको थियो। आमा अगाडि बसेर चम्चाले पानी खुवाउँदै हुनुहुन्थ्यो।’

सिंहले सास फेर्दा घ्वार्र–घ्वार आवाजमात्रै आएको उनले सुने। दिनहुँजसो गएर गोलीबाट सख्त घाइते सिंहलाई हेर्थे। तीनदिन पछि उनको मृत्यु भयो। शहिद हुनेहरूको सूचीमा भोगेन्द्रमान सिंहको नाम पनि थपियो। 

त्यो दृश्य र दिन सम्झिएर अहिले पनि भक्कानिन्छन् श्रेष्ठ। उनलाई लाग्छ, ‘उपचार पाएको भए उहाँ बाँच्नुहुन्थ्यो।’ आफूलाई माया गर्ने दाइ आफ्नै आँखा अगाडि मारिँदा  श्रेष्ठको मनमा राणा शासनविरुद्ध आक्रोश जाग्यो। त्यसपछि उनी जुलुसमा सहभागी हुन कहिल्यै छाडेनन्। 

Xtrem

Xtrem

उनले सुनेअनुसार मर्‍यो भन्दै उनलाई आर्मी अस्पतालभित्र बोरामा राखिएको थियो। पछि मंगलादेवी सिंहले त्यहाँबाट घर ल्याएर आएकी हुन्। 

जुलुसमा सहभागी हुने क्रममा २००८ सालमा श्रेष्ठ पहिलो पटक प्रहरी चौकी पुगे। ‘२००८ सालमा न्युरोडमा विद्यार्थीहरूको जुलुस थियो। जुलुसबाटै मेरो एकजना छिमेकी दाइलाई पुलिसले समातेर मोटरमा राख्यो। म पनि दाइलाई मोटरमा राखेको देखेंपछि त्यही गाडीमा चढें। हामीलाई पनि लग्यो। त्यतिबेला प्रहरीका ज्ञानबहादुर याक्थुंम्बाले (२०१० सालमा आइजी ) मुला यस्तो फुच्चे भएर आन्दोलनमा हिँड्छस् भन्दै एक चड्कन गालामा हाने,’ उनले भने्, ‘म र डिल्लीबजारको आने भन्ने साथी थियौं। याक्थुम्बाले तेरो ठूलो बुबाले अहिलेसम्म हामीलाई सलाम गर्छ। तँ नेता भएर हिड्ने भन्दै गालामा चड्काएपछि एक दिनभर त्यहाँ राखेर हामीलाई छाडिदिए।’

श्रेष्ठको ठूलो बुबा टेकनारायण श्रेष्ठ डिआइजी थिए। नेवार समुदायबाट पहिलो डिआइजी हुन्, उनी। 

केशरजंग रायमाझीको सुरक्षामा एक रात

२०१४ सालमा निर्वाचनको माग गर्दै काठमाडौंमा भद्र अवज्ञा आन्दोलन चलिरहेको थियो। श्रेष्ठ साथीहरूसँग गणेशमान सिंहको निवास चाक्सीबारी पुगे, त्यस दिनको आन्दोलनमा सहभागी हुन। त्यहाँ पुगेका सबैलाई गणेशमानले टिका लगाइदिए। त्यहीँबाट उनीहरू नारा जुलुससहित भद्रकाली आए। पहिले सिंहदरबारको गेट भद्रकालीमै थियो। भद्रअवज्ञा आन्दोलन भनेको गेटमा गएर सुत्ने थियो। उनीहरू सबै त्यहीँ सुते। तर सिपाहीले उनीहरूलाई हात खुट्टा समाएर लहरीमा राखें। आन्दोलनमा सहभागीहरूलाई लरीमै राखेर नख्खु जेल पुर्‍याइयो। त्यहाँका इन्सपेक्टरले फोनमा कसैसँग कुरा गरे। लगत्तै उनीहरूलाई भने, ‘ल अब तिमीहरू जाऊ।’ 

‘हामीहरूलाई जहाँबाट ल्याएका हौ त्यही पुर्‍याइदेऊ। नत्र हामी जान्नौं भन्यौं,’ उनले भने, ‘मलाईं जेल कस्तो हुन्छ, हेर्ने खुबै रहर थियो। दिनभर चर्काचर्की परेपछि हामीहरूलाई जेलमै राख्ने भयो। त्यहाँ अन्य आन्दोलनकारी पनि रहेछन्।’ जेलभित्र खाना पनि थिएन। तर, फर्सी लटरम्म फलेको रहेछ। त्यही फर्सी काटेर आन्दोलनकारीले जस्तापाता ल्याएर आए। दाउरा थिएन। जेलको झ्याल फोर्न लगाए। त्यहीँ काठ बाल्दै र फर्सी उसिनेर खाएको स्मरण गर्छन् उनी।  

त्यतिबेला किलागलका इन्द्रप्रसाद प्रधान कांग्रेसका जिल्ला सभापति थिए। उनैले सबैको घर–घरमा गएर ओछ्यान, चिउरा र खाना ल्याइदिए। त्यहीँ कम्युनिष्ट नेता केशरजंग रायमाझी र रामहरि शर्मालाई ल्याइएको थियो। उनीहरूलाई जेल सारिँदैछ भन्ने खबर जेलमा रहेका आन्दोलनकारीमाझ पुग्यो। श्रेष्ठलगायतले रातभर उनको कोठामा गएर गार्ड बसे। एक महिना जति श्रेष्ठ त्यही जेलमा बसे। 

मंगलादेवीविरुद्ध मंगलमान 

२०१५ सालको निर्वाचनताका धेरैजसो गणेशमान सिंहकै घरमा जम्मा हुन्थे। त्यहाँ जम्मा हुनुको एउटा कारण थियो– त्यहाँ भात खान पाइन्थ्यो। त्यहाँ नै निर्वाचन प्रचार–प्रसारको रणनीति बन्थ्यो। गणेशमानकी पत्नी मंगलादेवी सिंह पनि त्यो निर्वाचनमा उम्मेद्वार थिइन्। मंगलादेवीको विरुद्ध मंगलमान प्रधानले पनि उम्मेदवारी दिएका थिए। प्रधान र गणेशमान साथी नै थिए। उनी पनि निर्वाचनको प्रचारप्रसारका क्रममा गणेशमान सिंहको घरमै खाना खान आउँथे। 

प्रधानले गणेशमानसँग भन्थे, ‘म मंगला भाउजुलाई हराउनलाई नै उठेको हो।’ फेरि पनि भात खान गणेशमान सिंहको घरमा नै आउने। प्रधानले त्यस्तो भन्दा गणेशमानले प्रतिउत्तरमा टाउको हल्लाउँदै, ‘अँ हुन्छ’ भन्थे। प्रधान त्यतिबेला एउटा क्रान्तिकारी नेताका रुपमा चिनिन्थे। ‘सबै समान हो, ठूलो सानो कोही हुँदैन’ भन्दै हिड्थे। नेवार समुदायमा पोडेलाई छुन नहुने र पानी नचल्ने अलि सानो जात मानिथ्यो। त्यहाँ गएर प्रधानले खाना खाने गर्थे। 

श्रेष्ठलगायतले गणेशमानलाई सोध्थे, ‘यो मंगलमान प्रधान कस्तो खालको मान्छे हो ? यहीँ आएर खाना खान्छ। फेरि मंगला भाउजुलाई नै हराउँछु भन्छ।’ तर, गणेशमान केही प्रतिक्रिया दिँदैनथे। उल्टै प्रधानले त्यसोभन्दा ठिक छ भात खान जाऊ भन्दै भित्र पठाउँथे। 
केटाकेटी बेलादेखि नै श्रेष्ठ गणेशमानको घरमा जान्थे। कहिलेकाहीँ पैसा पनि माग्थे। गणेशमानले घरमा परिवारका सदस्यले पैसा लिन सक्छन् भन्ने आशंकाले टोपीमा पैसा लुकाउँथे र त्यहीँबाट पैसा दिने गरेको श्रेष्ठ बताउँछन्। 

आँखा अगाडि पुस १

श्रेष्ठ दरुण दलका सक्रिय कार्यकर्ता थिए। २०१७ साल पुस १ गते तरुण दलको कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। उनलाई नृत्यमा खुबै रुची थियो। टंकलाल श्रेष्ठ सांस्कृतिक कार्यक्रमको संयोजक थिए भने श्रेष्ठ त्यसको उपसंयोजक। 
बिहान कार्यक्रम सुरु हुनुअघि श्रेष्ठले, ‘टुँडिखेलमा तरुण दलको खेलकुद समारोह हुँदैछ’ भन्दै असन, न्युरोड, इन्द्रचोकलगायत क्षेत्रमा माइकिङ गरे। 

माइकिङको काम सकेपछि उनी कार्यक्रमस्थल थापाथलीमा रहेको द्रोणशमसेरको घरमा पुगे। 

‘कार्यक्रममा स्वागत मन्तव्य सकिएपछि आरती भन्ने एउटा नृत्य हुन्थ्यो। आरती नृत्य सकेर हाम्रो समूहलाई ल माथि भात खान जाउ भनेर पठाए,’ श्रेष्ठ सम्झिन्छन्, ‘भात खान माथिमात्र गएका थियौं, तल त चहलपहल बाक्लो हुन थाल्यो। भात नै नखाएर हामी तल आयौं। तल त सेनाले बिपी, गणेशमान, सूर्यप्रसादलगायत अन्य मन्त्रीहरूलाई जीपमा राख्दैं थिए। सेनाहरू बन्दूक तेर्सो पारेर उभिएका। बिपीलाई जीपको पछाडि सीटमा राखिएको थियो। सेनाहरू अगाडिको सिटमा बसेका थिए। बिपीलाई किन पछाडि राख्यो भन्ने मलाईं शंका पनि लागेको थियो। सँगै रहेका नुतनबहादुर थपलियालाई नुतन दाइ के भएको ? भनेर सोध्दा राजाले ‘कू’ गरेको हो भन्नुभयो।’ त्यस समय श्रेष्ठलाई ‘कू’ भनेको थाहा थिएन। 

बिपीलगायतलाई जीपमा राखेर लैजाने बेला कमल चित्रकारले, ‘वीर विश्वेश्वर जिन्दावाद, इनक्लाब जिन्दावाद’ भन्दै नारा लगाए। चित्रकार पनि त्यही समातिए।

श्रेष्ठ सुनाउँछन्, ‘दरबारको ठूलो ढोका थियो। सबै यताउता भागदौड गर्दै थिए। नुतन थपलिया दाइले यो ढोकाभित्र कसैलाई आउन नदेउ भन्दै मलाई ढोकामै बस्न भन्नुभयो। त्यहीबेला इन्स्पेक्टर नारायण सिंह आए। त्यतिबेलाका नामी इन्स्पेक्टर। उनले त हट् भन्दै मेरो हात फालिदिए। त्यताबाट केही मन्त्रीहरू पर्खाल चढेर भागे। म पनि त्यहाँबाट निस्किएँ।’

बिपीको बडिगार्डलाई बोलाएर पहिले कुरा गरेको र सेनाले पेस्तोल पनि लिएको त्यहाँ भएकाहरूले सुनाएका थिए। त्यस्तो परिवेशमा पनि तरुण दलका सदस्यहरूमा कुनै विद्रोह आउन नसकेको श्रेष्ठ बताउँछन्। 

फागुन ७ गते महेन्द्रलाई कालो झण्डा

त्यसपछि पनि एक किसिमले राजनीतिक गतिविधि भइरहे। उनी भन्छन्, ‘राजा महेन्द्रको ‘कु’ लगत्तै हामीहरूले राजाविरुद्ध पर्चा टाँस्न सुरु गर्‍यौं। कागजमा रातो मसीले लेखेर न्युरोड, इन्द्रचोकलगायत विभिन्न स्थानमा पर्चा टाँस्न थाल्यौं।’ त्यसो गर्दा बाहिरबाट गम्छा ओड्ने गथ्र्यौं।

फागुन ७ गते खरीको बोटमा प्रत्येक वर्ष परेड हुन्थ्यो। राजा महेन्द्रलाई कालो झण्डा देखाउने आन्तरिक छलफल हुन थाल्यो। कालो झण्डा कसरी देखाउँने? छलफलमा किलागलकै जुजुभाइ प्रधान, गोविन्द प्रधान, अमिरमान मुल्मी, रत्नकाजी, मधु शर्मालगायत थिए। सबै कलेजकै विद्यार्थी। श्रेष्ठ दरबार कलेजमा अध्ययनरत थिए। कलेज गएर साथीहरू ल्याउँने योजना बन्यो। 

‘फागुन ७ गते हेलिकोप्टरबाट फुल झारेपछि कलेजबाट गएका सबै विद्यार्थीले एकैपटक कालो झण्डा देखाउने निष्कर्षमा पुग्यौं। राति सुरेन्द्र र रत्नकाजीले धेरै कालो झण्डा लिएर आए, मलाईं दिन। मैले यति धेरै मैलेमात्र लगेँ भने त समाइहाल्छ नि भनें,’ उनले भने, ‘खल्तीमा राख्न मिल्ने गरीमात्र लिने कुरा भयो।’ बिहान उनीहरू त्यसको तयारीमा निस्किए, ‘कलेज पुगेपछि साथीहरूलाई जुलुस लिएर राजा आउने कार्यक्रम हेर्न जाऊ भन्दै फकाएँ। ब्यानर मैले नै समाएको थिएँ। पद्मकन्या क्याम्पसबाट पनि छात्राहरू आए। त्यस्तै, त्रिचन्द्र कलेज, दरबार कलेजबाट पनि विद्यार्थीहरू आए। पहिले त टुँडिखेल खुला नै थियो। कार्यक्रम अहिलेको विद्युत प्राधिकरणको छेउमै थियो। संयोग कस्तो भयो भने राजाभन्दा हामी धेरै टाढा थियौं हेलिकोप्टरले फुल छर्‍यो। शैलजा आचार्य, विजया शर्मा, उमा शर्मा, गौरी राणा, सरोज प्रधानलगायत पद्म कन्याबाट आएका केटीहरूले कालो सल ओढेका थिए। उनीहरू अलि अगाडि नै थिए। धेरै टाढा भएकाले हामी अहिले देखाउँने होइन भन्दै थियौं। पद्मकन्याका केटीहरूले सल स्वाट्ठ झिकेर महेन्द्र मूर्दावाद भन्दै नारा लगाइहाले। नारा लगाउनेबित्तिकै उनीहरूलाई समातिहाल्यो। हामी अहिले होइन भन्दाभन्दै पछाडि पर्‍यौं। टाढाबाट झण्डा देखाएर केही पनि हुने त थिएन। तर, सेनाले उनीहरुलाई पक्राउ गरेर लग्यो।’

श्रेष्ठलगायत अन्य साथीहरू भने कालो झण्डा नदेखाएर जुलुसकै रुपमा न्युरोड हुँदै फर्किए। भोलि–पर्सिपल्ट त उनीहरूमाथि केटीहरूलाई पक्राएर केटाहरू सब भागे भन्ने आरोप लाग्यो। एक हदसम्म त घटनाबारे जानकारी पनि दिए। उनीहरू त्यसबेला जेल पर्नबाट जोगिएकाले अर्को कामको योजना बन्यो। 

एलिजावेथको भ्रमण रोक्ने प्रयास

फागुन १२ गते बेलायती महारानी एलिजावेथ काठ्माडौं आउँने कार्यक्रम थियो। ‘उनीहरूको समर्थनमा पुस १ गते कू भएको हो। एलिजाबेथलाई रोक्नुपर्छ। उसलाई रोक्न जुलुसमा २/४ जना मान्छे मर्नुपर्छ। मरेपछि मात्रै बेलायती महारानीको नेपाल भ्रमण रोकिन्छ। उनको भ्रमण रोक्यो भने एक खालको सफलता मिल्छ’ भन्ने अर्को योजना बन्यो। श्रेष्ठलगायत अन्य साथीहरू त्यसकै तयारीमा लागे। 

कांग्रेस शीर्ष नेताहरूलाई पक्रेर लगिसकेको थियो। आन्दोलनमा निस्किने मानिसहरू न्यून थिए। टंकलाल श्रेष्ठ, उद्धवबहादुर प्रधान, अमिरमान मुल्मी, जुजुभाइ प्रधान र श्रेष्ठ प्रधानको घर भेडासिङमा जम्मा भए। जुलुस निस्किने समय भयो। उनीहरूले यो नै अन्तिम हुन सक्छ भन्दै मासु, चिउरा, छोइला खाए। बेला–बेला एक–दुइ मान्छे त मर्नुपर्छ भन्ने खबर आउँछ। 

‘युवा अवस्थामा मर्ने भनेपछि पनि जाने नै भनिन्थ्यो। तर बुढेसकालमा मरिन्छ कि भन्ने डरलाग्दो रहेछ’ श्रेष्ठको अनुभव छ। 

काठ्माडौंमा मानिसहरूको संख्या न्यून थियो। नुवाकोटबाट सय–डेढसय तामाङ समुदायबाट मानिसहरू ल्याइएको थियो। जोगमेहर श्रेष्ठलाई साँखुबाट मान्छे ल्याएर आउन लहरीको भाडाका लागि भन्दै सय रुपैयाँ दिइयो। तर, जोगमेहरले मान्छे पनि ल्याएनन् र आफू पनि आएनन्। उनी पछि पञ्चायतकालमा मन्त्री पनि भए।

जुलुसमा सहभागी हुने मानिसहरूलाई इन्द्रचोकमा रहेको पीएल सिंहको मामाको घरमा लुकाइएको थियो। नोना कोइराला र कुन्दन शर्मा त्यहीँ गल्लीबाट आए। चोकमा तामाङहरू धेरै देखिए। सिआइडीले सोधे, ‘तिमीहरू किन यहाँ बसिरहेको ? जुलुसमा जान लागेको हो कि क्या हो ?’ उनीहरूले उत्तर दिए, ‘हामी भोटेहरू कहाँ जुलुसमा जानु हजुर। हामी त नुन थाप्न आएको।’

गल्लीबाट नोना कोइराला, कुन्दन शर्मालगायत आए। चोकमै जम्मा भएकाहरू ‘इनक्लाब जिन्दावाद’ को नारा लगाउन थाले। पहिले प्रजातन्त्रको लागि नारा लगाउँदा इनक्लाब जिन्दावाद भनिन्थ्यो। सेनाले इन्द्रचोकमै समात्छ कि भन्ने धेरैलाई आशंका थियो। जुलुस नारायणहिटी नै जाने भन्दै अगाडि बढ्न थाल्यो। जुलुस न्युरोड गेटनेर पुगेको थियो। श्रेष्ठलगायत जुलुसमा सहभागी धेरै समातिए। समातिएकामाथि कुटपिट पनि भयो। उनीहरू सबैलाई हनुमानढोका पुर्‍याइयो। फागुन ७ गते पक्राउ परेका शैलजालगायतलाई पनि त्यहीँ राखिएको रहेछ। उनीहरूसँग भेट त भएन, तर त्यसबारे प्रहरीले नै जानकारी दियो।

‘हामीलाई माथि कोठामा लगियो। त्यहाँ पनि बेस्सरी कुट्न थालियो। शैलजाहरूले सुनेछन्। उनीहरूले ठूलो स्वरमा गीत गाउन थाले। कांग्रेसको गीत थियो– लड्दालड्दै मरे मरौंला। हामीलाई कुटिरहेका प्रहरीले उनीहरूले गीत गाएको सुने,’ उनले सम्झिए।
एसपी नकुलशमसेरले भने, ‘सुनिस् ? तेरो बज्यैंहरूले गाना गाइसके त्यहाँ।’

प्रहरीले एक–एक जनासँग बयान लियो। केही दिनपछि उनीहरूलाई भद्रगोल जेल लगियो। तत्कालीन सरकारले उनीहरूलाई एक वर्ष जेल र पाँच सय रुपैयाँ जरीवाना तोक्यो। त्यसपछि उनीहरू छुटे। श्रेष्ठको काका गृहमन्त्रालयमा जागिरे थिए। उनकै कारण काकाको जागिर जान लाग्यो भन्दै घरमा काकीले कहिलेकाहीँ कराएको पनि सुनिन्थ्यो। तर, उनका ठूला बुबाले भने जे राम्रो लाग्छ त्यही गर्न सुझाए।  

२०२२ मा राजबन्दीलाई रिहाइ माग गर्दै प्रदर्शन

२०२२ सालमा त्रिभुवन विश्वविद्यालयमा भएको विद्यार्थी संघको निर्वाचनबाट कांग्रेस प्यानलका कमल चित्रकार अध्यक्ष र श्रेष्ठ महासचिवमा निर्वाचित भए। यसैगरी मनोज उपाध्याय उपाध्यक्ष र सावित्री श्रेष्ठ सहसचिवमा निर्वाचित भए। निर्वाचित भएपछि उनीहरूले बिपी, गणेशमानलगायत राजबन्दीलाई रिहाईको माग गर्दै प्रदर्शन सुरु गरे। त्यसबीचमा उनीहरू भूमिगत पनि भए। त्यसको केही समयपछि घरमै सुतेका श्रेष्ठलाई तत्कालीन इन्सपेक्टर डिबी लामाले केन्द्रीय कारागार लिएर गए। त्यसको १० महिनापछि श्रेष्ठ जेलबाट छुटे। 

मोटर सफा गर्दै बिपी

श्रेष्ठ दरबार कलेजमा पढ्थ्ये। त्यहाँ वार्षिक उत्सवको आयोजना गरिएको थियो। वार्षिक उत्वस उद्घाटनका लागि प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने सल्लाह भयो। त्यतिबेला प्रधानमन्त्री निवास त्रिपुरेश्वरमा थियो। नुतन थपलिया र श्रेष्ठ प्रधानमन्त्री बिपी कोइराला निवास त्रिपुरेश्वर पुगे। प्रधानमन्त्री कोइरालाका अंगरक्षकले उनीहरूलाई भित्र पठाए। 

‘उतिबेला प्रधानमन्त्रीसँग भेट्न त्यति रोकतोक पनि थिएन। इजरायलबाट प्रधानमन्त्रीका लागि एउटा गाडी ल्याइएको थियो। हामी भित्र गयौं,’ श्रेष्ठ सम्झिन्छन्, ‘भित्र पुग्दा त प्रधानमन्त्रीले गाडी सफा गर्न लाग्नु भएको रहेछ। हामीले कार्यक्रमबारे जानकारी दियौं। पछि उहाँ आउनुभयो पनि।’

गणेशमानको सुझाव– प्रजातान्त्रिकले आफ्नो विचार दिनुपर्छ

उनीहरूको भेट गणेशमान सिंहसँग निरन्तर भइरहन्थ्यो। देशमा विभिन्न विषय बेला–बेला चर्किरहन्थे पनि। केही विषय त्यतिबेला पनि निकै चर्चामा थिए। कम्युनिष्ट युवाहरूलाई पुष्पलाल श्रेष्ठले कम्युनिष्टको धारणाअनुरुप सम्बन्धित विषयको समर्थन वा विरोधमा प्रशिक्षण दिँदा रहेछन्। 

कम्युष्निट साथीहरूले सम्बन्धित विषयमा त्यसरी धारणा राखेको देखेपछि कांग्रेस कार्यकर्तालाई आश्चर्य लाग्नु स्वाभाविक थियो। उनीहरूले पनि यस्ता विषयमा आफू पछाडि रहेछौं भन्ने महसुस गरे। एक दिन श्रेष्ठलगायत अन्य साथीहरू पनि गणेशमानलाई भेट्न गए। त्यहाँ उनीहरूले गणेशमानलाई सोधे, ‘दाइ कम्युनिष्ट युवाहरू त विवाद र चर्चामा आउने सबै विषयबारे जानकार छन्। उनीहरूले पक्ष वा विपक्ष के कुरामा बोल्ने हो भनेर प्रशिक्षण नै पाउँदा रहेछन्। हामीलाई पनि भन्नुस् न के–के भन्ने, विरोध गर्ने कि समर्थनमा बोल्ने ?’ गणेशमानले जवाफ दिए, ‘धत्, मैले भनेजस्तो गर्‍यौं भने तिमीहरू पनि त कम्युनिष्ट भइहाल्यौं नि। हामी प्रजातान्त्रिकहरूले त आफ्नो बुद्धि र विचारले जे सही वा गलत ठान्छ त्यहप् पो बोल्ने हो त। अरुले भनेको भन्ने हो। पाठ पढाएको कुरा अरुलाई भन्नु त प्रजातान्त्रिक पद्धति होइन नि।’

गणेशमानले आफ्ना समर्थकलाई आलोचनात्मक ढङ्गले अघि बढ्नुपर्छ भन्ने मान्यताबाट प्रशिक्षित गरेको श्रेष्ठ बताउँछन्। तर, विगतको कांग्रेस नेतृत्वमा भएको व्यवहार र आचरण वर्तमान नेतृत्वमा नदेख्दा श्रेष्ठले उत्तिकै दुःख र नैराश्यता पोख्न पनि छुटाएनन्। 

प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्