• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

आफन्तकै चक्रव्यूहमा नेतृ शैलजा

बलदेव मजगैयाँ आइतबार, जेठ २९, २०७९  १३:०१
1140x725
फाइल तस्बिर

छोटो कद भए पनि विचारको प्रष्टता, त्याग एवम् सक्रियतामा वहाँको उचाइ काङ्ग्रेसका कुनै युवा नेताहरूभन्दा कम थिएन। प्रतिभावान अग्रणी नेतृ सुश्री शैलजा आचार्यलाई वाराणसीमा निर्वासनमा रहेका हाम्रो पुस्ताले ‘दिदी’ भनेर सम्बोधन गर्दथ्यो। दिदीसँग मेरो प्रथम भेट २०२७ सालमा वाराणसीमा भएको थियो।

त्यस समयमा वहाँ नेपाली काङ्ग्रेसको युवा सङ्गठन DSYL (प्रजातान्त्रिक समाजवादी युवा लिग) को अध्यक्ष भइसक्नुभएको थियो। जब नेपाली युवाहरूलाई मार्गदर्शन गर्न भनेर वाराणसीबाट तरुण पत्रिका निस्कन थाल्यो। शैलजा दिदी त्यसको सम्पादक बन्नुभयो। तरुण पत्रिकाको प्रथम संस्करणदेखि नै नेपालमा निकै लोकप्रिय रह्यो। त्यस पत्रिकाले पञ्चायती व्यवस्थाबाट साङ्गठनिक रूपमा छिन्नभिन्न एवम् निराश भएका युवाहरूलाई ऊर्जा एवम् स्पष्ट दिशानिर्देशन प्रदान गर्योन। तरुण पत्रिकाको लोकप्रियताको साथसाथै सम्पादक शैलजा दिदीको लोकप्रियता पनि त्यसरी नै बढ्यो।

२०१७ साल पौष १ गतेको कालो दिनको विरोधमा कालो झण्डा देखाएर सर्वप्रथम गिरफ्तारी दिएर शैलजा दिदीले क्रान्तिकारी नेतृको इतिहास रच्नुभयो। आज यस्ता घटना आम  लाग्लान् तर त्यो समयमा एउटी महिलाले देखाएको असाधारण साहस मिथकको रूपमा उदाहरणीय रह्यो।

नेपालमा लोकतन्त्रको पुनर्स्र्थापनाको लागि सशस्त्र सङ्घर्षको क्रममा पनि वहाँ बढेर, चढेर सक्रिय हुनुहुन्थ्यो। भारतमा बसेर हतियार जम्मा गर्नु चुनौतीपूर्ण काम हुन्थ्यो। एकातिर भारतीय सरकारी निकायबाट जोगिनुपर्ने हुन्थ्यो। मात्र एउटा रिभल्भरको गोली तलासीमा फेला पर्दा हाम्रा कतिपय साथीहरूले ३/३ वर्ष जेल बस्नुपरेको यथार्थ सबैले बुझेकै थिए। अर्कोतिर हामीलाई हतियार बेच्ने तस्करहरूकै सूचनाको विश्वसनीयतामा चनाखो हुनु पनि पर्दथ्यो।

हतियार खरिदको अभियानमा भारतको मैसूर शहरमा शैलजा दिदीले झण्डै जीवन गुमाउनुपरेको थियो। हतियार तस्करहरूको धोकाको कारण वहाँमाथि बलात्कारको प्रयास भयो। वीपी कोइरालाले भारतीय प्रशासनको सहयोगबाट शैलजा दिदीको जीवन–रक्षा सम्भव भएको थियो। अन्यथा, वहाँको दुरावस्थाको कल्पना गर्न पनि डर लाग्दछ। मैले साझा प्रकाशनबाट प्रकाशित ‘धर्ती माता’ आत्माख्यानमा दिदीको मैसूर दुर्घटनाको प्रसङ्गबारे चर्चा गरेको छु।

वीपी कोइराला, गणेशमानजीहरू राष्ट्रिय एकता र मेलमिलाप नीति लिएर नेपाल फर्कनुभयो। त्यस समयमा शैलजा दिदी पनि वहाँहरूसँगै स्वदेश फर्कनुभयो। नेपालमा वहाँ मेलमिलाप नीतिको प्रमुख विश्लेषकको रूपमा उभिनुभयो। पञ्चायतकालमा वहाँजस्ता कैयौँ नेताहरू चिप्लिए भने कतिपय चिप्लिँदा चिप्लिँदै जोगिए। दिदी भने सिद्धान्त र निष्ठामा अविचलित रहनुभयो।

शैलजा दिदी नेपाली काङ्ग्रेसको लोकप्रिय नेताका रूपमा अगाडि बढिरहनुभएको थियो। गणेशमानजी, किसुनजी, गिरिजाप्रसाद कोइरालापश्चात् नेपाली काङ्ग्रेसको नेतृत्व शैलजा आचार्यले लिन सक्षम हुनुहुन्छ भन्ने कुरा स्थापित गर्न सफल हुनुभएको थियो।

२०५१ सालको मध्यावधि निर्वाचनमा ३६ र ७४ का कारण काङ्ग्रेसले बहुमत त गुमायो, गुमायो; ऊ संसद्मा सबभन्दा ठूलो दल पनि बन्न सकेन। नेपाली काङ्ग्रेस संसद्मा दोस्रो ठूलो दल बनेर बस्न बाध्य भयो। आफ्नै नेतृत्व भएको दलको पराजयको नैतिक दायित्व लिँदै गिरिजाप्रसाद कोइराला काङ्ग्रेस संसदीय दलको निर्वाचन नलड्ने हुनुभयो।

Ncell 2
Ncell 2
nimb
nimb

संसदीय दलभित्र भने गिरिजा बाबुकै बहुमत थियो। सुशील कोइरालाले निर्वाचन हारिसकेकाले अब दलको नेता शैलजा दिदी नै हुने निश्चित थियो। कोइराला परिवारबाट दिदीको जति हाइट भएको अर्को नेता पनि थिएन। तर, अनपेक्षित रूपमा गिरिजाप्रसाद कोइरालाको समर्थन शेरबहादुर देउवाले पाउनुभयो।

देउवालाई गिरिजाप्रसादको समर्थन
गिरिजाप्रसादको यही निर्णय हो, जसले शेरबहादुरजीको भाग्योदय र शैलजा दिदीको राजनीतिक असफलताको समय प्रारम्भ भयो भन्ने मेरो बुझाइ हो। गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई दिएको समर्थनलाई लिएर केही समय गाइँगुइँ त चल्यो; त्यसपछि यो कुरा आयो–गयो भयो। त्यस घटनाबाट प्रष्ट भयो कि शैलजा दिदीले आउँदो समयमा परिवारभित्र पनि कठिन लडाईँ लड्नुपर्ने छ। सुशील कोइराला त शैलजा दिदीको ठाउँमा बरु खुमबहादुर खड्का नै दलको नेता बनून् भन्नेमा थिए।

यो कुरा रिटायर्ड कर्नेल लालकाजी गुरुङको लैनचौरको घरमा नेपाली काङ्ग्रेसका बहुमत संसद् सदस्यहरूको उपस्थितिमा सुशील कोइरालाले भनेका थिए। पछि यो कुरा थाहा पाएर गिरिजाप्रसाद कोइरालाले हस्तक्षेप गरेर शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय दिनुभएको थियो। परिवारभित्रबाट ठूलो चुनौतीका रूपमा रहेकी शैलजा दिदी दलको नेता हुन नपाएकोमा त्यस समयमा सुशील कोइरालाले ठूलो राहत महसूस गरेका थिए।

पार्टी पङ्क्तिमा गिरिजाप्रसाद कोइरालाका खास सहयोगीहरूमध्ये अधिकांश गिरिजाप्रसाद कोइरालापछि सुशील कोइरालालाई नै गिरिजा दाजुको उत्तराधिकारीको रूपमा देख्न चाहन्थे। गिरिजाप्रसाद कोइरालालाई सुशील कोइरालाको सङ्गठनमा रहेको पकडको राम्रो ज्ञान थियो। यसै कारण सुशील कोइरालालाई नरुचाए पनि उनको दबाबमा शैलजा दिदीमाथि पटक–पटक अन्याय हुन गएको थियो।

Xtrem

Xtrem

त्यसपछि प्रधानमन्त्रीको प्रबल दाबेदार दिदीसँग प्रायः सबै नेताहरू सतर्क हुन थाले। यसको परिणाम वहाँ पार्टीको केन्द्रीय कमिटीमा पनि एक्लिँदै जानुभयो। जसको परिणामस्वरुप २०५६ सालको आमनिर्वाचनमा दिदीकै नजिकका सहयोगीहरू पनि वहाँको विरुद्ध उभिन पुगे। परिणाममा ०५६ सालको आमनिर्वाचनमा दिदी पराजित हुनुभयो। यसपछि परिवारभित्र अन्तरकलह बढ्दै गयो। स्वयम् गिरिजाप्रसाद कोइरालालाई परिवारमा सामन्जस्य र सन्तुलन मिलाउन धौधौ हुँदै थियो।

पार्टीको दशौँ महाधिवेशन आउँदा परिवारभित्र अन्तरद्वन्द्व यसरी चर्कियो कि सुजाता कोइरालाको केन्द्रीय सदस्य उम्मेदवारीमा शैलजा दिदी स्वयम्ले नै सुजाताविरुद्ध योग्यताको प्रश्न उठाएर दाबी–विरोध गर्नुभयो।

२०५६ सालको निर्वाचनपश्चात् होलेरी काण्डपछि गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुभयो। त्यसपछि संसदीय दलको नेतामा सुशील कोइराला र शेरबहादुरजी बीच निर्वाचन हुने भयो। तर, त्यस समयमा पनि शैलजा दिदीजस्तै सुशील कोइरालालले गिरिजाप्रसादको समर्थन पाउनुभएन।

गिरिजाप्रसाद कोइराला तटस्थ रहनुभयो। मजस्तै अनेकन् साथीहरूको सुशील कोइरालालाई सहयोगको आग्रहलाई गिरिजाप्रसाद कोइरालाले अस्वीकार गर्नुभयो। परिणाममा गिरिजाप्रसाद कोइरालाका अत्यन्त नजिकका प्रभावशाली सहयोगीहरूले पनि खुलेरै सुशीलको विरुद्धमा शेरबहादुरजीलाई मत दिन पुगे।

गिरिजाप्रसाद कोइरालाले शैलजा दिदी र सुशील कोइराला दुवैलाई किन समर्थक गर्नुभएन भन्ने चर्चा वहाँकै सहयोगीहरूको वृत्तमा आलोचनाको विषय बन्यो। सत्ता–राजनीतिमा गिरिजाप्रसाद कोइरालाका केके आन्तरिक बाध्यता थिए, त्यो वहाँले बताउनुभएन। त्यस समयमा सबैले बुझेको कुरा के थियो भने गिरिजाप्रसाद कोइरालाको अझै प्रधानमन्त्री बन्ने आकाङ्क्षा बाँकी थियो। प्रष्ट शब्दमा भन्नुपर्दा जति शेरबहादुरजी अथवा अझ किसुनजीबाट समेत सत्ता फर्काउनु सजिलो थियो, शैलजा र सुशीलबाट सम्भव थिएन।

शैलजा दिदी प्रधानमन्त्री हुन नपाउँदा खुशी भएका सुशील कोइरालासँग पश्चाताप गर्नुको विकल्प थिएन। शैलजा दिदीलाई एकातिर कोइराला क्याम्पकै सुशील कोइराला र अर्कोतिर शेरबहादुरजी, रामचन्द्र पौडेलजीलाई उछिनेर अगाडि बढ्न कठिन भयो।

यसरी बिस्तारै दिदी नेतृत्व प्रतिस्पर्धाको आन्तरिक लडाईंबाट अलग थलग पर्नुभएको महसुस गर्दछु। यसरी पारिवारिक अन्तरकलह, गूटको ताकत, छलकपट, मनी र मसल, प्रोपोगण्डा र चाटुकारिता मनोवृत्तिको अगाडि त्याग, तपस्या, वैयक्तिक क्षमता पराजित हुँदै गयो।

मलाई लाग्दछ— परचक्रीभन्दा आफ्नैबाट प्रताडित भएर दिदी निराश हुनुभयो। प्रतिगमनविरुद्धको लडाईँहरूमा शैलजा दिदीको निष्कृयता यसै कारण परिलक्षित भएको हो। सबैलाई थाहा छ— वहाँ बिस्तारै बिरामी पर्न थाल्नुभयो। गणतन्त्र आइसकेपछि भारतीय राजदूत हुने वहाँको इच्छामा आफ्ना केही वैयक्तिक समस्याहरू थिए होलान् तर वहाँले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई त्यसबारे बताएको मेरो जानकारीमा छैन। परिणाममा भारतको राजदूत हुने वहाँको निर्णयले वहाँका अनेकन् शुभेच्छुकहरू निराश भए।

मलाई यो पनि लाग्दछ— जीवनको अत्यन्त नाजुक मोडमा वहाँले आफ्नाहरूबाट उचित सल्लाह पाउन सक्नुभएन। अथवा, वहाँले सधैँ आफ्नैबाट धोका पाएका कारण कसैको सल्लाहलाई ध्यान दिनुभएन। यस्तो प्रसङ्ग आउँदा म भारतका लोकनायक जयप्रकाश नारायणजीका सहयोगी ब्रह्मानन्दजीलाई सम्झन्छु। जीवनको अन्तकालतिर जब वहाँ निकै बिरामी हुनुभयो।

जयप्रकाशजी विरुद्ध चाहिने–नचाहिने प्रसङ्गहरूमा वहाँको प्रतिष्ठालाई नै समाप्त गर्ने खालका छद्म प्रयासहरू भए। तर, ब्रह्मानन्दको सतर्कता र इमान्दारिताका कारण त्यस्ता प्रयास सफल हुन सकेनन्। अन्तकालको समयमा वीपी कोइरालाका सामुन्ने आफ्ना एकसेएक हस्तीहरू हुनुहुन्थ्यो। किसुनजीलाई पनि अमिता कपालीलगायतको आध्यात्मिक सङ्गति एवम् रेखदेख थियो। गिरिजाप्रसाद कोइरालालगायत परिवारका अन्य सदस्यहरू प्रयासरत थिए।

शैलजा दिदीलाई सहयोगीहरूको सहयोग रहेन या वहाँले माथि भनेजस्तै कसैको कुरा सुन्नुभएन या चाहनुभएन। अलि जिद्दी स्वभावकी त वहाँ हो नै। नेपाली काङ्ग्रेसलाई आजसम्म पनि निर्विकल्प नेतृत्व दिन सक्ने शैलजा दिदीजस्तो उचाइ भएको व्यक्तित्वलाई त थिचीथिची अवसान गराइयो भने अनगिन्ती प्रजातान्त्रिक योद्धाहरू अपमानित र तिरस्कृत हुनु कुनै अचम्मको विषय भएन! सरसर्ती खोज्यौँ भनेमात्र पनि काङ्ग्रेसमा प्रतिभावान् सेनानीहरूको बर्बादीको डरलाग्दो तथ्याङ्क भेटिनेछ।

खोला तर्योत लौरो बिर्सियो भन्ने उखान नेपाली काङ्ग्रेसभन्दा बेसी अरू कहीँ चरितार्थ हुन्छ जस्तो लाग्दैन। अनि त हेर्दाहेर्दै पार्टीभित्र वीपीले भनेजस्तै टाठाबाठा, व्यापारी, ठेकेदार, डन, तस्कर, उद्योगपति, नातागोता, श्रीमतीहरूबाट पार्टी कसरी भरिभराउ र रमझम भएको छ ! धन्य छन् हाम्रा सारथीहरू, जसलाई यो विकृति भित्र्याएकोमा एकरत्ति शर्म र ग्लानि छैन। उल्टै हामी वीपीले देखाएको बाटोमा नै हिँडिरहेका छौँ भन्ने गर्व छ, शर्महीनताको पसारो छ। आफ्नै परिवार र सहयात्रीहरूको दाँते जाँतोमा घुइँघुइँती पिसिएको ज्वाज्वल्यमान सेनानी, प्रजातन्त्रका अग्रणी नेतृ दिदी सुश्री शैलजा आचार्यप्रति भावपूर्ण श्रद्धासुमन चढाउँदै आफ्नो कलमलाई यहीँ बिराम दिन्छु।

(प्रजातन्त्रवादी नेतृ स्वर्गीय शैलजा आचार्यको १३ औं पुण्यतिथिको अवसरमा पूर्व मंत्री तथा साहित्यकार मजगैयाँको यो संस्मरण 'शिवपुरी सन्देश' त्रैमासिकको २०७८ साउन-असोज अंकबाट साभार गरिएको हो। सं. )

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्