काठमाडौं– प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा एकजना सांसद्ले मन्त्रीहरुलाई 'साँढे'को संज्ञा दिएका छन्।
नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा मन्त्रीहरुलाई 'साँढे'को संज्ञा दिएका हुन्।
सांसद महतले मन्त्रीहरु साँढेजस्तो भएका कारण प्रधानमन्त्रीलाई पनि गाह्रो भएको हुनसक्ने बताए।
‘प्रधानमन्त्रीका मन्त्री नै उहाँलाई सहयोग गर्नुको सट्टा कस्ता छन् भने साँढे जस्ता छन्। अलिकति चलाउन खोज्यो भने यसो सिङले दिन्छन्। प्रधानमन्त्रीलाई गाह्रै होला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।