काठमाडौं– युरोकप विजेता इटली र उपविजेता इङ्ग्ल्यान्डले यूईएफए नेसन्स लिगमा बराबरी खेल्दै अंक बाँडेका छन्।
इङ्ग्ल्यान्डस्थित मोलिनिउक्स स्टेडियममा शनिबार राति सम्पन्न समूह ‘सी’को खेलमा घरेलु टोली इटलीसँग गोलरहीत बराबरीमा रोकिएको हो।
पछिल्लो पटक युरोकपको फाइनलमा यी दुई टोली भिड्दा समर्थकले अराजक व्यवहार देखाएको भन्दै यो खेल बन्द रंगशालामा गराइएको थियो। यद्यपि, केही स्कुले बालबालिकाको भने उपस्थिति थियो।
समूहमा तेस्रो चरणको खेल सकिँदा ५ अंक जोडेको इटली शीर्ष स्थानमा छ। ४ अंक जोडेको हंगेरी दोस्रो, ३ अंक जोडेको जर्मनी तेस्रो र २ अंक जोडेकोइङ्ग्ल्यान्ड चौंथो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।