काठमाडौं– एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत समूह ‘सी’को खेलमा माल्दिभ्स उज्बेकिस्तानसँग पराजित भएको छ।
उज्बेकिस्तानस्थित मार्काजी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले माल्दिभ्समाथि ४–० को फराकिलो जित निकालेको हो।
उज्बेकिस्तानको जितमा एल्डोर शोमुरोडोभले ह्याट्रिक पूरा गरे भने ओस्टन उरुनोभले एक गोल गरे।
यता, सोही समूहको अर्को खेलमा श्रीलंका थाइल्याण्डसँग २–० गोलअन्तरले पराजित भयो।
समूह ‘सी’मा समान ६ अंक जोडेका उज्बेकिस्तान र थाइल्याण्ड शीर्ष स्थानमा छन्। जितविहीन श्रीलंका र माल्दिभ्स तेस्रो र चौंथो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।