काठमाडौं– नुवाकोटको ककनी गाउँपालिकाका त्रिशूली थ्री एको हाइटेन्सन तारमा झुण्डिका माइला विकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको छ। शनिबार बिहान १० बजेदेखि तारमा झुण्डिएका विक मानसिक अस्वस्थ भएको बुझिएको छ।
स्थानीय र प्रहरीले जति फकाउँदा पनि तारबाट नओर्लिए पछि त्रिशूली थ्री ए को प्रशारण नै बन्द गरिएको छ। उनको उद्धारका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री फम्फा भुसालले नेपाली सेनालाई आग्रह गरेकी छन्।
उनले सामाजिक सञ्जाल ट्विीटरमा उक्त जानकारी दिएकी हुन्। यस्तै ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले पनि तारमा झुण्डिएका विकको उद्धारका लागि सेनाको हेलिकोप्टर आउन लागेको जानकारी दिए।
उनी नुवाकोटकै बेलकोटगढी नगरपालिका–१२ का स्थानीय रहेको पाइएको छ। उनी प्रशारण लाइनमा चढेदेखि विद्युत् प्राविधकरणले उक्त लाइनमा बिजुली प्रशारण गरेको छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास गर्दा पनि तल नओर्लिएपछि सेनाको हेलिकोप्टर पठाउन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।