काठमाडौं– इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डच मिडफिल्डर फ्रेन्की डी जोङ अनुबन्धको लागि प्रस्ताव गरेको छ। युनाइटेडले २५ वर्षीय मिडफिल्डर डी जोङका लागि स्पेनिस क्लब बार्सिलोनासँग प्रस्ताव गरेको हो।
बार्सिलोनाले डी जोङ अनुबन्धका लागि ६० मिलियन यूरोको प्रस्ताव गरेको छ। तर, बार्सिलोनाले सुरूआती प्रस्ताव अस्वीकार गरेको स्पेनिस सञ्चारमाध्यमहरूले जनाएका छन्।
मिडफिल्डर डी जोङ सन् २०१९ मा आयाक्सबाट स्पेनिस क्लबमा पुगेका थिए। बार्सिलोनाका लागि उनले १४० खेल १३ गोल गरिसकेका छन्।
गत सिजन उनले ४६ खेल खेल्दा ४ गोल र ५ असिस्ट गरेका थिए। डी जोङको बार्सिलोनासँगको सम्झौतामा चार वर्ष बाँकी छ। सन् २०२० मा दीर्घकालीन रूपमा उनले सम्झौतामा हस्ताक्षण गरेका थिए। उनले गत सिजन सबै प्रतियोगिताहरूमा जम्मा ४६ खेल खेलेका थिए। यस सिजन उनले ला लिगामा ३० खेल खेले।
बार्सिलोना यस सिजन दोस्रो स्थानमा रहँदै ला लिगा सक्काएको थियो। विजेता बनेको रियल मड्रिडले बार्सिलोनालाई १३ अंकले पछाडि पारेको थियो।
युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्याग नयाँ सिजन अघि आफ्नो टोलीको मिडफिल्डलाई बलियो बनाउन आतुर छन्। नेमान्जा माटिक, पल पोग्बा, जेसी लिंगार्ड र जुआन माटालगायत धेरै खेलाडीहरूले ओल्ड ट्राफोर्ड छोड्दा युनाइटेड कमजोर बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।