काठमाडौं– मानव बेचविखन प्रभावित तथा हिंसा प्रभावितसँग प्रभावकारी सञ्चार विषयमा एक दिने अन्तक्रिया गरिएको छ।
नेपाल प्रहरीसँग सहकार्य गरेर शक्ति समूहले पोखरामा कार्यक्रम गरेको हो। मानव बेचविखनका पीडित तथा प्रभावितको न्यायमा सहज पहुँचको लागि सञ्चारको ठूलो भूमिका रहने भएकोले पिडित प्रभावितसँग प्रभावकारी सञ्चार कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम भएको आयोजकले जनाएका छन्।
यसका अवरोधहरु के–के हुन सक्छन् र यसलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो। कार्यक्रमको उद्देश्यबारे शक्ति समूहको कार्यकारी निर्देशक बाल कुमारी दर्लामीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।