काठमाडौं– पोर्चुगिज मिडफिल्डर बेर्नेडो सिल्भाले सिजन सकेपछि मात्रै सरूवाबारे कुरा गर्ने बताएका छन्।
पछिल्लो केही समययता इङलिस प्रिमियर लिग म्यानचेस्टर सिटीका मिडफिल्डर सिल्भा स्पेनिस क्लब बार्सिलोना भित्रिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले हेडलाइन बनाइरहेका छन्।
तर, उनले यसबारे बोल्न अस्वीकार गरेका छन्। सिल्भा सिटीसँगको सम्झौताको अन्तिम वर्षमा छन्। तर, बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले उनलाई क्याम्प नाउमा राख्न चाहेको बताइएको छ।
‘बार्सिलोनाले मलाई प्रस्ताव गरे पनि म अहिले केही भन्न सक्दिनँ। म अहिले राष्ट्रको लागि खेलिरहेको छु। मेरो सम्पूर्ण ध्यान यसमै छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।