काठमाडौं– दक्षिण कोरियाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पाराग्वेसँग रोमाञ्चक बराबरी खेलेको छ।
सुओनमा शुक्रबार राति भएको खेलमा २–० ले पछि परेको स्थिति उल्ट्याउँदै कोरियाले पाराग्वेसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको हो।
पाराग्वेका लागि मिगुइल अल्मीरोनले दुवै गोल गरेका थिए। यता, घरेलु टोलीका ह्युङ मिन सन र वु योङजंगले बराबरी गोल फर्काए।
खेलको २३औं मिनेटमा मिगुएलले गोल गर्दै पाराग्वेलाई सुरुआती अग्रता दिलाए। ४९औं मिनेटमा मिगुएलले व्यक्तिगत दोस्रो गोल गर्दै पाराग्वेलाई २–० को अग्रता दिलाए।
तर, ६६औं मिनेटमा सनले गोल गर्दै कोरियालाई २–१ को स्थितिमा ल्याए। त्यसपछि खेलको इन्जुरी समयमा जङले गोल गर्दै कोरियालाई २–२ गोलको बराबरीमा ल्याए।
अर्काे मैत्रीपूर्ण खेलमा ट्युनिसियाले चिलीलाई २–० ले पराजित गरेको छ। ट्युनिसियाको जितमा अली एब्दी र इसाम जेवालीले गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।