हेटौंडा-विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै स्थानीय टोली विजय युथ क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मकवानपुरस्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार सम्पन्न खेलमा पुलिसलाई १–० ले पराजित गर्दै विजय युथले फाइनलमा स्थान पक्का गरेको हो। विजय युथलाई फाइनलमा पुर्याउन पेपेले गरेको गोल नै निर्णायक बन्यो।
अब विजय युथले उपाधिका लागि सोमबार त्रिभुवन आर्मी क्लब र क्यामरुनको एभेनिर एफसी डोउलाबीचको विजेतासँग खेल्नेछ। आर्मी र एभेनिरबीचको सेमिफाइनल खेल शनिबार हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।