काठमाडौं– बलिउड अभिनेत्री महिमा चौधरी ब्रेस्ट (स्तन) क्यान्सरसँग लडिरहेकी छन्। चर्चित फिल्म ‘परदेश’की अभिनेत्री चौधरीलाई क्यासर भएको जानकारी बलिउडका अर्का अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमार्फत् एक भिडियो सेयर गर्दै दिएका थिए।
‘मलाई कुनै लक्षण थिएनन्,’ चौधरीले भनेकी छिन्, ‘मैले हरेक वर्ष परीक्षण गराइरहेको थिएँ। यसै बीच मलाई आफ्नो परिक्षण गर्नुपर्ने सल्लाह पाएँ। मैले त्यसपछि एक्लै डाक्टरकोमा गए। त्यहाँ परिक्षण गर्दा मलाई ब्रेट क्यान्सर भएको थाहा भयो।’
अनुपम खेरले सार्वजनिक गरेको भिडियोमा महिमासँग उनले प्रश्नोत्तर गरेका छन्। जवाफमा महिमाले आफ्नो अनुभव सार्वजनिक गरेकी छिन्। उनले भनेकी छिन्, ‘मैले जब आफ्नो कपाल गुमाए, तब खै कसरी मलाई निकै कल आउन थाल्यो। यी फोनहरु वेब सिरिजमा काम गर्नका लागि पनि थियो।’
आफूलाई क्यान्सर भएको कुरा थाहा भएपछि परिवारले भने आफूलाई साथ दिएको महिमाको भनाइ छ। उनले आफ्नो परिवारका सम्पूर्ण सदस्य बलियो भएको बताउँदै भनेकी छिन्, ‘म सधैं राती रुन्थे। तब मेरो भेट एउटा बच्चासँग भयो। किमोथेरापीको क्रममा उनीसँग कुरा गर्ने कोसिस गरेको थिएँ। मैले तिम्रो औषधी यति छ, मेरो त यति धेरै छ भनेको थिएँ। उनले जवाफमा, ‘यसैले त ठिक हुन्छ’ भने। त्यसपछि मलाई शक्ति आयो।’
महिमा चौधरीले बलिउडमा आफ्नो करिअरको सुरुवात सुभाष घईको फिल्म परदेशबाट गरेकी थिइन्। यो फिल्म १९९७ मा प्रदर्शनमा आएको थियो। उक्त फिल्मको अभिनयका कारण उनी निकै चर्चित भइन्।
पहिलो फिल्ममा गरेको अभिनयकै लागि उनलाई फिल्म फेयर अवार्ड पनि दिइएको थियो। त्यसपछि उनले दिल क्या करे, दाग, धड्कन, कुरुक्षेत्र, दिल है तुम्हारा, लज्जा, तेरे नामजस्ता चर्चित फिल्ममा काम गरेकी छिन्। बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।