काठमाडौं– शुक्रबारबाट सिनेमा हलमा दक्षिण भारतीय फिल्म ‘७७७ चार्ली’ प्रदर्शनमा आएको छ। कन्नड भाषाको यो फिल्मलाई किरनराज केले निर्देशन गरेका छन्।
रक्षित शेट्टी, संगिता श्रीन्गेरी, राज बि शेट्टी, दानीस सैत र बबी शिम्ला अभिनित यो फिल्ममा मानिस र जनावरबीचको कथा प्रस्तुत गरिएको छ। उद्योगमा काम गर्ने एक कामदार र एक ल्याबरडर जातीको कुकुरबीचको कथा यो फिल्ममा प्रस्तुत छ।
फिल्मलाई निर्देशक किरनराजले नै लेखेका छन्। फिल्ममा संवाद भने राज बि शेट्टी र अभिजित महेशको रहेको छ। फिल्मलाई रक्षित शेट्टी र जिएस गुप्ताले निर्माण गरेका हुन्।
त्यस्तै, ‘जुरासिक वल्र्ड नोमिनियोन’ पनि शुक्रबारबाटै प्रदर्शनमा आएको छ। कोलिन ट्रेभोर्रोउको निर्देश्नमा बनेको यो फिल्म युनिभर्सल पिक्चर्सले निर्देशन गरेका छन्। फिल्ममा लोभ भएको डायनोशोरको कथालाई प्रस्तुत गरिएको छ।
‘जुरासिक वल्र्ड नोमिनियोन’ र ‘७७७ चार्ली’सँगै हलमा यसअघि रिलिज भएका फिल्महरु ‘कबड्डी ४ः द फाइनल म्याच’, ‘टप गन’, ‘बिक्रम’ र ‘भुल भुलैया २’ पनि प्रदर्शन भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।