काठमाडौं– ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘झिँगेदाउ’को सुटिङ अन्तिम चरणमा पुगेको छ। कोरोना महामारीअघि नै अधिकांश सुटिङ सकिएको थियो।
यस फिल्मको एक गीत बिहीबार सुटिङ गरेर सकिएको निर्देशक देउजाले जानकारी दिए। प्रि–प्रोडक्सनको काम भने सम्पन्न भइसकेको छ।
केही दिनयता देउजाले ललितपुरस्थित श्रीकारी चौरमा बाँकी रहेको सिनेमाको एक गीत सुटिङ गरिरहेका थिए। त्यो पनि बिहीबार सकिएको छ। निर्देशक देउजाले फिल्मको उक्त गीत सुटिङका लागि मात्रै १५ लाख बढी रकम खर्च भएको जानकारी दिए।
उक्त सिनेमा भदौ अन्तिम सातादेखि प्रदर्शनमा आउने भएको छ। सिनेमामा समावेश गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। गीतमा सिनेमाका मुख्य कलाकार केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टलाई फिचर्ड गरिएको छ।
‘ए माया तिमी विना जीवन चल्दैन’ बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारको स्वर छ।कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ।
प्रदीप भारद्वाजले पटकथा तथा सम्वाद लेखेको सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ। सिनेमामा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।