काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार छापावाला सुन तोलामा ५०० रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम भएको हो।
यस्तै तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्दै ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँ कामय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।