काठमाडौं- भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ। गत २४ घण्टामा भारतमा कोरोनाका ७ हजार २४० संक्रमित फेला परेका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या बढेर ३२ हजार २९८ पुगेको छ।
यसअघि बुधबार ५ हजार २३३ जनामा कोरोना संक्रमण देखिएको थियो। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण अहिलेसम्म ५ लाख २४ हजार ७२३ जनाको ज्यान गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।