डोटी– धनगढीदेखि डोटीतर्फ गइरहेको हायस डडेल्धुरामा दुर्घटना भएको छ। सुपप्र ०१००१ख ३९०९ नम्बरको हायस बुधबार डडेल्धुराको केआईसिंह राजमार्ग अन्तर्गत रडुवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
उक्त दुर्घटनामा परी ९ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी कैलालीको गोदावरी नगरपालिका–८ की कृष्णा अधिकारीलाई डडेल्धुरा अस्पतालले बाहिर रेफर गरेको छ।
अन्य घाइतेको भने जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। ब्रेक फेल भएर अनियन्त्रित भएपछि उक्त हायस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।