• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णयले सत्ता साझेदार अन्य दलमा पनि दबाब

64x64
बीपी अनमोल बुधबार, जेठ २५, २०७९  १९:२०
1140x725

काठमाडौं– आइतबार बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गर्‍यो। यसको जानकारी आइतबार नै नेताहरूले प्रधानमन्त्रीलाई बुझाइसकेका थिए। तर, प्रधानमन्त्रीले शपथ गराएनन्। मन्त्रीहरूले नै दबाब दिएपछि शपथ रोकिएको चर्चा छ।
 
पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि समाजवादीका नेताहरू रुष्ट बने। सोमबार बालुवाटारमा नै शीर्ष नेताहरूबीचको छलफलबाट तत्काल मन्त्री फेर्ने निर्णय थमौती भयो। संसद्मा बजेटमाथि मन्त्रालयगत छलफल चलिरहेकाले बजेट पास गरेर मात्रै मन्त्री हेरफेर गर्नेमा नेताहरूबीच भएको सहमतिले सहज भयो। 

बुधबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीहरू इमानदार भएको भन्दै पार्टीको निर्णय कार्यान्वयन हुने बताए। ‘सबै इमानदार हुनुहुन्छ। पार्टीको आदेश पालना गर्नुहुन्छ। आदेश पालना गरेर राम्रो कार्यकर्ताको रूपमा आफूलाई प्रस्तुत गर्नुहुन्छ भन्ने हामीलाई पूरै विश्वास छ’, उनले भने।

अध्यक्ष नेपालले पार्टीले निर्णय गरिसकेपछि लागू नभएको विषयमा प्रश्न उठिरहेको कुरामा आफ्नो पार्टीले निर्णय गर्दा अन्यत्र भूकम्प गएको बताए। 

‘हाम्रो पार्टीले निर्णय गर्यो, अरु पार्टीमा पनि भूकम्प चल्यो होला। हाम्रोमा पनि गर्नुपर्यो भन्ने भएको होला। अरु पार्टीले हामीलाई पनि एक–दुई दिन सोच्नका लागि समय दिनुस् न त भनेका पनि होलान्’, उनले भने। 

समाजवादीका अध्यक्ष नेपालले भने जस्तै नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि त्यसको पराकम्पन अन्य दलमा पनि देखिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाभित्र मन्त्री फेर्न दबाब बढेको नेताहरू नै बताउँछन्। यसको सबैभन्दा धेरै आन्तरिक दबाब नेकपा माओवादी भित्र देखिएको छ।
 
उसो त नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका जनार्दन शर्मालाई हटाउनुपर्ने दबाब बढेको थियो। अर्थतन्त्रको सुधार गर्न नसकेको भन्दै उनलाई हटाउनुपर्ने माग भएको थियो। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र कतिपय नेताहरूले अर्थमन्त्री फेर्नुपर्ने दबाब बढाएका थिए। तर, गठबन्धनको सरकार भएकाले त्यसमा प्रधानमन्त्री एक्लैले निर्णय गर्न सकेनन्।

अहिले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेर आगामी निर्वाचनको तयारी भइरहँदा दलभित्र मन्त्री हेरफेर हुनुपर्ने दबाब बढेको हो। अहिले मन्त्री भएर अबको निर्वाचनमा जान सकियो भने त्यसबाट आफ्नो जितका लागि सहज हुने नेताहरूको बुझाइले पनि पार्टीहरूभित्र मन्त्री हेरफेरको दबाब बढेको बताइएको छ।

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुन पार्टीभित्र मन्त्री फेर्ने आवाजहरू उठिरहेको बताउँछन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताए।

‘नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दबाब परेको छ,’ उनले भने, ‘तर, यसबारे पार्टीभित्र भने कुनै छलफल भइसकेको छैन। समाजवादीका साथीहरूले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ। कांग्रेसमा पनि दबाब छ । जसपामा दबाब छ। यो दबाबलाई नेताहरूले कति थेग्नुहुन्छ थाहा छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी केन्द्रभित्र यसअघि सरकारमा सहभागी हुनबाट रोकिएका नेताहरू अहिले मन्त्रीका लागि प्रतिस्पर्धामा देखिएका छन्। मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रपाणी खनाल, जयपुरी घर्ती, दुर्गाकुमारी विश्वकर्मा, धर्मशिला चापागाईं, अन्जना विशंखे लगायतका सांसदहरू मन्त्रीको प्रतिस्पर्धामा देखिएका हुन्। 

‘गठबन्धनमा रहेको एउटा दलले पूरै टीम नयाँ पठाउँदै गर्दा हाम्रो पार्टीले पनि नयाँ अनुहारलाई काम गर्ने अवसर प्रदान गर्नुपर्छ,’ मन्त्रीका एक आकांक्षीले भने, ‘पार्टीमा कसैले धेरै अवसर पाउने र कसैले नपाउने हुनु हुँदैन।’

तर, माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल संसद्मा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताउँछन्। ‘सरकारमा फेरबदल नै गर्नुपर्ने भए पनि, पहिलो त संयुक्त सरकार हो यो। संयन्त्र छ। आचारसंहिताहरू छन्। मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरू बदल्छु भनेर कहीँ मिल्छ त्यो? त्यो संयुक्त सरकारको सोचसँग मेल खाएन’, उनले भने। 

तर, नेकपा माओवादी केन्द्रमा मन्त्रीका लागि आकांक्षी भएकाले जति दबाब दिए पनि अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नचाहेसम्म कुनै हेरफेर हुने स्थिति देखिँदैन। माओवादी केन्द्रकै एक पूर्व स्थायी कमिटी सदस्य पनि यो कुरालाई स्वीकार गर्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अर्को पार्टीले हेरफेर गर्यो, हाम्रो पनि गर्नुपर्छ भन्ने त होला। तर, अध्यक्ष प्रचण्डले चाहे मात्रै हो परिवर्तन हुने, नत्र हुन सक्दैन,’ उनले भने, ‘उहाँलाई मन परेको मान्छे फेरिने कुरो हुँदैन। जो मन परेको छैन त्यही फेर्नु हुन्छ, त्यो उहाँले चाहे अनुसार हुने हो।’ उनी यसअघि मन्त्री हुन आकांक्षा राखेका केही नेताहरूले अध्यक्षलाई दबाब दिइरहेको बताउँछन्।

पूर्व स्थायी कमिटी सदस्य गणेश शाह अहिलेसम्म मन्त्री फेर्ने विषयमा पार्टीभित्र अनौपचारिक र औपचारिक रूपमा कुनै छलफल नभएको बताउँछन्। ‘अरु पार्टीले फेर्ने निर्णय गर्दा हाम्रो पार्टीमा पनि फेरिए हुन्थ्यो भन्ने कसैलाई लागेको होला,’ उनले भने, ‘त्यसबारे पार्टीभित्र छलफल चलेको छैन।’

जनता समाजवादी पार्टीभित्र पनि अहिले सरकारमा सहभागी भएका नेताहरूलाई फिर्ता बोलाएर नयाँ पठाउन दबाब बढेको छ। एकीकृत समाजवादीको निर्णयपछि मन्त्री बन्ने आकांक्षीहरूले छुट्टै भेला नै गरेर दबाब बढाएका थिए। यसअघि पनि सरकारमा मन्त्रीहरू पठाउन निकै सकस बेहोरेको जसपाभित्र अहिले हेरफेर गर्ने विषयले झनै दबाब बढाएको छ। 

नेपाली कांग्रेसका एक सांसद पनि सत्ता साझेदार दलले मन्त्री हेरफेर गरेमा कांग्रेसले पनि नयाँ अनुहार पठाउनुपर्ने बताउँछन्। ‘हाम्रो पार्टीभित्र अहिले नै मन्त्री फेर्न विषयमा कुराकानी त भइसकेको छैन,’ उनले भने, ‘तर, सरकारमा सहभागी रहेका अन्य दलबाट मन्त्री हेरफेर गर्दैगर्दा हाम्रोमा पनि त्यो दबाब बढ्छ नै त्यसमा नेतृत्वले ध्यान दिन्छ होला।’

तर, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत भने अहिले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरू हेरफेरको कुनै विषय नै नउठेको बताउँछन्। ‘अन्य पार्टीले हेरफेर गर्यो भनेर हाम्रो पनि गर्नुपर्छ भन्ने होइन,’ उनले भने, ‘अहिले यो विषयमा न कुनै छलफल भएको छ न केही।’

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्