• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णयले सत्ता साझेदार अन्य दलमा पनि दबाब

64x64
बीपी अनमोल बुधबार, जेठ २५, २०७९  १९:२०
1140x725

काठमाडौं– आइतबार बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गर्‍यो। यसको जानकारी आइतबार नै नेताहरूले प्रधानमन्त्रीलाई बुझाइसकेका थिए। तर, प्रधानमन्त्रीले शपथ गराएनन्। मन्त्रीहरूले नै दबाब दिएपछि शपथ रोकिएको चर्चा छ।
 
पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि समाजवादीका नेताहरू रुष्ट बने। सोमबार बालुवाटारमा नै शीर्ष नेताहरूबीचको छलफलबाट तत्काल मन्त्री फेर्ने निर्णय थमौती भयो। संसद्मा बजेटमाथि मन्त्रालयगत छलफल चलिरहेकाले बजेट पास गरेर मात्रै मन्त्री हेरफेर गर्नेमा नेताहरूबीच भएको सहमतिले सहज भयो। 

बुधबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीहरू इमानदार भएको भन्दै पार्टीको निर्णय कार्यान्वयन हुने बताए। ‘सबै इमानदार हुनुहुन्छ। पार्टीको आदेश पालना गर्नुहुन्छ। आदेश पालना गरेर राम्रो कार्यकर्ताको रूपमा आफूलाई प्रस्तुत गर्नुहुन्छ भन्ने हामीलाई पूरै विश्वास छ’, उनले भने।

अध्यक्ष नेपालले पार्टीले निर्णय गरिसकेपछि लागू नभएको विषयमा प्रश्न उठिरहेको कुरामा आफ्नो पार्टीले निर्णय गर्दा अन्यत्र भूकम्प गएको बताए। 

‘हाम्रो पार्टीले निर्णय गर्यो, अरु पार्टीमा पनि भूकम्प चल्यो होला। हाम्रोमा पनि गर्नुपर्यो भन्ने भएको होला। अरु पार्टीले हामीलाई पनि एक–दुई दिन सोच्नका लागि समय दिनुस् न त भनेका पनि होलान्’, उनले भने। 

समाजवादीका अध्यक्ष नेपालले भने जस्तै नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि त्यसको पराकम्पन अन्य दलमा पनि देखिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाभित्र मन्त्री फेर्न दबाब बढेको नेताहरू नै बताउँछन्। यसको सबैभन्दा धेरै आन्तरिक दबाब नेकपा माओवादी भित्र देखिएको छ।
 
उसो त नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका जनार्दन शर्मालाई हटाउनुपर्ने दबाब बढेको थियो। अर्थतन्त्रको सुधार गर्न नसकेको भन्दै उनलाई हटाउनुपर्ने माग भएको थियो। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र कतिपय नेताहरूले अर्थमन्त्री फेर्नुपर्ने दबाब बढाएका थिए। तर, गठबन्धनको सरकार भएकाले त्यसमा प्रधानमन्त्री एक्लैले निर्णय गर्न सकेनन्।

अहिले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेर आगामी निर्वाचनको तयारी भइरहँदा दलभित्र मन्त्री हेरफेर हुनुपर्ने दबाब बढेको हो। अहिले मन्त्री भएर अबको निर्वाचनमा जान सकियो भने त्यसबाट आफ्नो जितका लागि सहज हुने नेताहरूको बुझाइले पनि पार्टीहरूभित्र मन्त्री हेरफेरको दबाब बढेको बताइएको छ।

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुन पार्टीभित्र मन्त्री फेर्ने आवाजहरू उठिरहेको बताउँछन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताए।

‘नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दबाब परेको छ,’ उनले भने, ‘तर, यसबारे पार्टीभित्र भने कुनै छलफल भइसकेको छैन। समाजवादीका साथीहरूले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ। कांग्रेसमा पनि दबाब छ । जसपामा दबाब छ। यो दबाबलाई नेताहरूले कति थेग्नुहुन्छ थाहा छैन।’

Ncell 2
Ncell 2

माओवादी केन्द्रभित्र यसअघि सरकारमा सहभागी हुनबाट रोकिएका नेताहरू अहिले मन्त्रीका लागि प्रतिस्पर्धामा देखिएका छन्। मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रपाणी खनाल, जयपुरी घर्ती, दुर्गाकुमारी विश्वकर्मा, धर्मशिला चापागाईं, अन्जना विशंखे लगायतका सांसदहरू मन्त्रीको प्रतिस्पर्धामा देखिएका हुन्। 

‘गठबन्धनमा रहेको एउटा दलले पूरै टीम नयाँ पठाउँदै गर्दा हाम्रो पार्टीले पनि नयाँ अनुहारलाई काम गर्ने अवसर प्रदान गर्नुपर्छ,’ मन्त्रीका एक आकांक्षीले भने, ‘पार्टीमा कसैले धेरै अवसर पाउने र कसैले नपाउने हुनु हुँदैन।’

तर, माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल संसद्मा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताउँछन्। ‘सरकारमा फेरबदल नै गर्नुपर्ने भए पनि, पहिलो त संयुक्त सरकार हो यो। संयन्त्र छ। आचारसंहिताहरू छन्। मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरू बदल्छु भनेर कहीँ मिल्छ त्यो? त्यो संयुक्त सरकारको सोचसँग मेल खाएन’, उनले भने। 

तर, नेकपा माओवादी केन्द्रमा मन्त्रीका लागि आकांक्षी भएकाले जति दबाब दिए पनि अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नचाहेसम्म कुनै हेरफेर हुने स्थिति देखिँदैन। माओवादी केन्द्रकै एक पूर्व स्थायी कमिटी सदस्य पनि यो कुरालाई स्वीकार गर्छन्। 

‘अर्को पार्टीले हेरफेर गर्यो, हाम्रो पनि गर्नुपर्छ भन्ने त होला। तर, अध्यक्ष प्रचण्डले चाहे मात्रै हो परिवर्तन हुने, नत्र हुन सक्दैन,’ उनले भने, ‘उहाँलाई मन परेको मान्छे फेरिने कुरो हुँदैन। जो मन परेको छैन त्यही फेर्नु हुन्छ, त्यो उहाँले चाहे अनुसार हुने हो।’ उनी यसअघि मन्त्री हुन आकांक्षा राखेका केही नेताहरूले अध्यक्षलाई दबाब दिइरहेको बताउँछन्।

पूर्व स्थायी कमिटी सदस्य गणेश शाह अहिलेसम्म मन्त्री फेर्ने विषयमा पार्टीभित्र अनौपचारिक र औपचारिक रूपमा कुनै छलफल नभएको बताउँछन्। ‘अरु पार्टीले फेर्ने निर्णय गर्दा हाम्रो पार्टीमा पनि फेरिए हुन्थ्यो भन्ने कसैलाई लागेको होला,’ उनले भने, ‘त्यसबारे पार्टीभित्र छलफल चलेको छैन।’

जनता समाजवादी पार्टीभित्र पनि अहिले सरकारमा सहभागी भएका नेताहरूलाई फिर्ता बोलाएर नयाँ पठाउन दबाब बढेको छ। एकीकृत समाजवादीको निर्णयपछि मन्त्री बन्ने आकांक्षीहरूले छुट्टै भेला नै गरेर दबाब बढाएका थिए। यसअघि पनि सरकारमा मन्त्रीहरू पठाउन निकै सकस बेहोरेको जसपाभित्र अहिले हेरफेर गर्ने विषयले झनै दबाब बढाएको छ। 

नेपाली कांग्रेसका एक सांसद पनि सत्ता साझेदार दलले मन्त्री हेरफेर गरेमा कांग्रेसले पनि नयाँ अनुहार पठाउनुपर्ने बताउँछन्। ‘हाम्रो पार्टीभित्र अहिले नै मन्त्री फेर्न विषयमा कुराकानी त भइसकेको छैन,’ उनले भने, ‘तर, सरकारमा सहभागी रहेका अन्य दलबाट मन्त्री हेरफेर गर्दैगर्दा हाम्रोमा पनि त्यो दबाब बढ्छ नै त्यसमा नेतृत्वले ध्यान दिन्छ होला।’

तर, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत भने अहिले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरू हेरफेरको कुनै विषय नै नउठेको बताउँछन्। ‘अन्य पार्टीले हेरफेर गर्यो भनेर हाम्रो पनि गर्नुपर्छ भन्ने होइन,’ उनले भने, ‘अहिले यो विषयमा न कुनै छलफल भएको छ न केही।’

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-५ बाट काँग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले खुला रूपमा सुझाव प्रस्तुत गर्न आग्रह गरेका हुन... शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले प्रधानमन्त... शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी उनले भक्तपुरका नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्न... शनिबार, माघ १७, २०८२
ताजा समाचारसबै
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि शनिबार, माघ १७, २०८२
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्