मुग्लिन– चितवनमा कार, मोटरसाइकल र ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौंबाट मुग्लिनतर्फ छुटेको प्रदेश ३–०१–०२३च ५०७४ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा कारको पछाडिपट्टिको साइडलाइटमा ठक्कर खाएको थियो।
त्यसपपछि विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नम्बरको तेल ट्यांकरमा ठक्कर खाँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का अन्दाजी २२/२३ वर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ठक्कर दिने ट्यांकर, ट्यांकर चालक, कार र कारचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
शवलाई परीक्षणका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रवक्ता अधिकरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।