हेटौंडा– स्टार खेलाडीले भरिएको मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै विभागीय नेपाल पुलिस क्लब मकवानपुरमा जारी स्थानीय तह सहिद स्मृति चौंथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
मकवानपुरस्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार भएको दोस्रो क्वार्टरफाइनलमा मनाङलाई १–० ले स्तब्ध पार्दै पुलिस अन्तिम चारमा पुगेको हो।
पुलिसको जितमा पहिलो हाफमा भरत साहले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ३५औं मिनेटमा गोल गर्न सफल भएका थिए।
मनाङले ४०औं मिनेटमा बराबरीको सुवर्ण मौका खेर फालेको थियो। विमल घर्ती मगरलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा अन्जन विष्टको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघनकुमार चौधरीले बचाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।