काठमाडौं– सरकारले आवसीय क्षेत्रको जग्गा कित्ताकाटमा कडाइ गर्ने नीति लिएको छ। जेठ २३ गते राजपत्रमा प्रकाशित भू–उपयोग नियमावली २०७९ मा उक्त व्यवस्था गरेको हो।
नियमावलीको परिच्छेद ४ को नियम १२ को उपनियम २ मा व्यवस्था गरे बमोजिम जग्गाको कित्ताकाट गर्नुपर्ने हुन्छ। उक्त उपनियमअनुसार अब न्यूनतम एकसय ३० वर्गमिटरभन्दा कम क्षेत्रफल हुनेगरी कित्ताकाट गर्न पाइने छैन।
साथै पाँचसय वर्गमिटरभन्दा सानो कित्ताकाटको हकमा पनि चौडाइभन्दा लम्बाई चार गुणा बढी हुनुपर्ने उल्लेख गरिएको छ। यद्यपि कित्ताको आकार र क्षेत्रफल अमिल्दो भए अर्को कित्ताबाट निश्चित क्षेत्रफल समावेश गरी कित्ताकाट गर्नमिल्ने व्यवस्था गरिएको छ।
एकसय ३० वर्गमिर तराईको हकमा करिब ८ धूर र पहाडको हकमा चार आना हुन आउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।