काठमाडौं– फ्रान्सेली स्टार केलियन एम्बाप्पे विश्वकै मूल्यवान फुटबल खेलाडी भएका छन्।
सीआईईएस फुटबल अब्जरभेटरीले गरेको अनुसन्धानअनुसार पेरिस सेन्ट जर्मन (पीएसजी)बाट व्यवसायिक फुटबल खेल्दै आएका २३ वर्षीय एम्बाप्पे शीर्ष स्थानमा रहेका हुन्।
उनको अनुमानित ट्रान्सफर मूल्य २०५.६ मिलियन युरो (१७५.७ मिलियन पाउण्ड) रहेको बताइन्छ।
यता ब्राजिल तथा स्पेनिस क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियर दोस्रो स्थानमा छन्। उनको ट्रान्सफर मूल्य १५८.३ मिलियन पाउण्ड रहेको बताइएको छ।
यता, म्यानचेस्टर सिटीमा अनुबन्ध भएका अर्लिङ हालाण्डको मूल्य १३०.४ मिलियन पाउण्ड छ।
बार्सिलोना तथा स्पेनिस मिडफिल्डर पेड्री चौथो स्थानमा छन्। उनको ट्रान्सफल मूल्य ११५.४ मिलियन पाउण्ड रहेको अनुसन्धानमा उल्लेख छ।
बोरुिया डर्टमण्डका इङ्ग्लिस मिडफिल्डर जुड बेलिङघम ११४.१ मिलियन पाउण्ड मूल्यसहित सूचीको चौथो स्थानमा छन्।
म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनको अनुमानित मूल्य १०५.९ मिलियन पाउण्ड छ। उनी पाँचौं स्थानमा रहेका छन्।
अनुसन्धानमा समावेश शीर्ष १०० खेलाडीमध्ये ४१ जना प्रिमियर लिग खेलिरहेको बताइन्छन्। यस सूचीको शीर्ष १० मा भने अर्जेन्टिनी स्टार लिओनल मेसी र पोर्चुगीच स्टार क्रिस्ट्रियानो रोनाल्डो अटाएका छैनन्।
सीआईईएसले खेलाडीको उमेर, प्रदर्शन, आर्थिक मूल्य र मुद्रास्फितीसहितलाई ध्यानमा राखेर अनुमानित मूल्य निकालेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।