काठमाडौं– वेल्स ६४ वर्षपछि पहिलोपटक विश्वकपमा छनोट भएको छ।
यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्लेअफ फाइनलमा युक्रेनलाई १-० गोल अन्तरले हराउँदै वेल्स कतारमा हुने फिफा विश्वकप २०२२ का लागि छनोट भएको हो।
कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो। खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरे।
सन् १९५८ पछि पहिलोपटक वेल्स विश्वकपमा छनोट भएको हो। सन् १९७७, १९८५ देखि १९९३ सम्म वेल्स विश्वकप छनोट नजिक पुगेर पनि अन्तिम चुनौतीमा असफल भएको थियो ।
अब वेल्सले समूह 'बी'मा रहेर विश्वकप खेल्नेछ। यस समूहमा इंग्ल्यान्ड, अमेरिका र इरान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।