• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
बाँदरमुढे घटनाका १७ वर्ष

सत्ताको केन्द्रमा माओवादी, पीडित भन्छन्– न्यायको आशा छैन, तर बोल्न छाड्दैनौँ

64x64
दुर्गा दुलाल सोमबार, जेठ २३, २०७९  ०९:१५
1140x725

काठमाडौं– चितवनको बाँदरमुढेका कृष्ण अधिकारीले २०६२ जेठ २३ गतेको घटना सम्झँदै आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘माडी, बाँदरमुढे घटनाको १७ वर्ष पुगिसक्यो, कहिले पाउने हामी पीडितहरुले न्याय?’

उनी हरेक वर्ष यसैगरी उक्त दिनको सम्झना गर्न सामाजिक सञ्जालमा ‘स्टयाटस’ लेख्छन्। उनको स्टयाटसमा आक्रोश र दुःख दुबै हुन्छ।

अधिकारी बाँदरमुढे पीडित संघर्ष समितिका पूर्वउपाध्यक्ष हुन्। पीडितहरु विभिन्न पक्षमा विभाजन भएपछि उनी अहिले यो अभियानमा निष्क्रिय छन्। ‘हामी उक्त दिनको घटना कसरी भुल्न सक्छौँ?’ अधिकारीले नेपाल लाइभसँग भने, ‘पीडकहरु हरेक सरकारमा छन्, तर हामी न्याय न्याय भनिरहेका छौँ। आशा त छैन, तर त्यसो भनेर न्याय माग्न छोड्नु भएन नि!’ 

२०६२ जेठ २३ गते चितवनको गोविन्दबस्ती बगई (माडी)बाट भरतपुरका लागि छुटेको यात्रुबाहक बसमा तत्कालीन विद्रोही नेकपा (माओवादी) ले बाँदरमुढेमा बम विस्फोट गराउँदा ३८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटनामा घाइते भएका ७२ मध्ये चार जनाको उपचारका क्रममा निधन भएको थियो।

घटना गराउने नेकपा (माओवादी) शान्ति प्रक्रियामा सामेल हुँदै मूलधारको राजनीतिमा आएर सरकारमा पटकपटक सहभागी छ। अहिले पनि माओवादी सत्ता साझेदार दल हो। तर, घटनाको १७ वर्ष बितिसक्दा सत्य–तथ्य छानबिन भई दोषीले सजाय पाएका छैनन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०७४ को निर्वाचनअघि यो घटनाका लागि माडीबासीसँग माफी माग्दै न्याय दिन सहमति पनि गरेका थिए।

निर्वाचनको समयमा बाँदरमुढे घटना ‘जनयुद्ध’मा भएको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार गरेर उनले माफी मागे। घटनास्थलमा बनाइएको स्मारकमै पुगी आफ्नो सरकार बनेलगत्तै बाँदरमुढे घटनाका पीडित परिवारलाई सम्मान हुनेगरी सम्बोधन गर्ने घोषणा पनि गरे। उनले आफ्ना पार्टी निकट मृतकका परिवार, घाइते तथा कार्यकर्ताको भेला डाकी सहमति गरे। 

२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेससँग गठबन्धन गरेको थियो। कांग्रेसको सहयोगमा माओवादी केन्द्रकी नेतृ तथा प्रचण्डपुत्री रेनु दाहाल भरतपुर महानगरको मेयरमा निर्वाचित भइन्। २०७४ मंसिरमा भएको संघीय संसदको निर्वाचनमा प्रचण्ड नेकपा एमालेसँग वाम गठबन्धन बनाउँदै चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार भएर जित हासिल गरे। 

त्यसलगत्तै एमाले र माओवादी एकीकरण भइ नेकपा बन्यो। तत्कालीन नेकपाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तीन वर्षसम्म सरकार चलाए। प्रचण्ड नेकपाको अर्का अध्यक्ष थिए। नेकपालाई सर्वोच्च अदालतले विघटन गरेर पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्काएपछि अहिले कांग्रेस नेतृत्वको पाँच दलको सरकार छ। यो सरकारमा पनि माओवादी केन्द्र सहभागी छ। यसरी पटक पटक सरकारमा गए पनि प्रचण्डले आफूहरूको न्यायका लागि कुनै काम नगरेको माडीबासीको गुनासो छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘१२ वर्षमा खोला फर्किन्छ रे, तर सम्पूर्ण माडिबासी र घटनाका घाइते तथा मृतक परिवारले १७ वर्षसम्म पनि न्याय पाउन सकेनौँ,’ घटनाका घाइते अधिकारीले भने, ‘न त घटनाको दोषीहरूलाई सरकार र अदालतले  कारबाही नै गर्न सकेको छ? किन पीडितहरुलाई झन् झन् पीडा दिने र पीडकलाई खुलेआम हिँड्न दिइएको छ?’ न्याय दिनुको साटो पीडित तथा उनीहरुको परिवारलाई माओवादी र विभिन्न समूहले बारम्बार धम्काउने, तर्साउने, लोभ–लालच दिई घटनालाई पन्छाउन खोज्ने प्रयास मात्रै भइरहेको उनको आरोप छ। 

मानव अधिकार आयोगलगायत सार्वजनिक सञ्चारमाध्यमले न्यायका लागि दिने हौसलाले गर्दा नै आफूहरूले १७ वर्षदेखि आवाज उठाउन सकेको उनी बताउँछन्। आफूहरूले न्याय नपाएसम्म आवाज उठाउन नछाड्ने उनी बताउँछन्। माडीबासीले त्यस दिनको सम्झनामा बिहान ८ बजे घटनास्थलमा शोकसभा गरेका छन्। ‘न्यायको खबरदारी मरेको छैन। हामी अझै न्याय माग्दैछौँ भनेर सन्देश दिन शोकसभा गरेका छौँ,’ उनले भने।

अर्का पीडित राधेश्याम भण्डारी अहिले पनि शारीरिक र मानसिक रूपमा ठीक हुन नसकेको बताउँछन्। बसमै सवार उनी विष्फोटपछि घाइते भएका थिए। ‘अहिले पनि ढाड दुखेर हिँड्न हुँदैन। शरीरमा अन्य समस्या पनि देखिन थालेको छ’ उनले भने ‘छोरी मिनाको सम्झनाले हामी सधैँ मानसिक तनावमा छौँ।’ उक्त विष्फोटमा परी १५ वर्षीया छोरी मिनाकुमारीको ज्यान गएको थियो।

भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धोका दिएको बताए। ‘२०७४ सालको निर्वाचनमा हामीलाई धेरै आशा देखाइयो। तर, कुनै पनि पूरा भएन,’ उनले भने ‘तत्कालीन समयमा ६० लाखसम्मको योजना देखाइयो। हामी पीडितलाई विभाजनसमेत गरियो। अहिले ती वाचा पूरा हुने छाँटकाँट छैन।’ 

आफूहरूले स्मारक बनाउन खोजेको स्थान मास्न माओवादीहरूले नै प्रयास गरेको उनी बताउँछन्। उनले  भने, ‘अहिले पीडितहरू एक भएका छौँ। तर, दुखको कुरा जो मर्‍यो मर्‍यो हुने रहेछ। सरकारले पनि यही भनोस् भन्ने हामी चाहान्छौँ।’ 

अर्की पीडित निर्मल सापकोटाले आफूहरुलाई पटक पटक झुक्काइएको टिप्पणी गरे। ‘हामीहरुको मुख्य माग भनेको तत्काल घटना कसरी भयो र यसको दोषी को हो अनुसन्धान गरेर सार्वजनिक रुपमा जानकारी दिनपर्छ भन्ने हो,’ उनले भने, ‘दोषीमाथि कारबाही गर्नुपर्छ र पीडितहरुको मागको उचित सम्बोधन हुनुपर्छ।’ उक्त घटना निकै दर्दनाक भएकाले आफूहरुले बिर्सन नसकेको उनको भनाइ छ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष दाहालले निर्वाचन जित्न आफूहरुसँग सहमति गरेको, तर कार्यान्वयन नगरेर झुक्काएको उनले बताए। बाँदरमुढेमा मृत्यु भएका ३८ जनालाई सोही साल माघमा सरकारले सहिद घोषणा गरेको थियो। ‘तत्कालीन समयमा हामीसँग तीन बुदेँ सहमति भएको थियो। मैले पनि उक्त कुरामा सर्मथन जनाएको थिएँ,’ उनले भने, ‘वहाँले गरेको वाचा कुनै पनि पूरा भएनन्। दोषी भएकाले कारबाही गर्नुपर्ने भनेर पीडितले औँल्याएका घनश्याम दाहाल अहिले बागमती प्रदेशको श्रम तथा यातायात मन्त्री छन्। सरकारले ढाँट्ने र अलमल्याउने काम मात्र गरेको छ।’ 

२०७४ सालको निर्वाचनको बेला प्रचण्डसँग सहमति गर्नेमध्येका पीडित सुदीप निउरेले पनि सहमति पालना नगरी आफूहरुलाई धोका दिइएको बताए। उक्त घटनामा उनकी दिदी डिला निउरे र भाञ्जा निश्चल सापकोटाले ज्यान गुमाएका थिए। निर्वाचनको समयमा सहमति गराउने प्रयास गरेकोमा आफूलाई पछुतो भएको उनले बताए। 

कसरी भएको थियो घटना?
२०६२ जेठ २३ को बिहान भिख्नाठोरीबाट छुटेको शालीग्राम ट्राभल्सको बसमा बगई गाउँ पुग्दासम्म करिब १२० यात्रु चढिसकेका थिए। महिला, बच्चा र वृद्ध बसभित्र थिए भने करिब ५०/६० यात्रु छतमा थिए। २१ वर्षीय विक्रम महतोले चलाएको उक्त बस भत्किएको बाँदरमुढे पुललाई एकापट्टि पारेर खोलाको सुक्खा तटमा ओर्लिनासाथ विद्युतीय धरापमा परेको थियो।

गाडीको छतमा तीन जना बर्दीधारी सैनिक थिए। बाँकी सबै सर्वसाधारण थिए। त्यतिबेला तत्कालीन माओवादी चितवनका जिल्ला इन्चार्ज अविनाश (घनश्याम दाहाल) र सेक्रेटरी इन्द्रजित (यमबहादुर परियार) ले गलत आँकलन गरी विस्फोट गराएको उनीहरूकै पार्टीले समेत स्वीकार गर्दै आएको छ।

घटनास्थलमा निर्माण गरिएको स्मारक।

गुडिरहेको गाडीमा विस्फोट गराएर एक दुई जनाको मात्र सफाया गर्ने र बाँकी सकुशल रहने प्रविधिको विकास संसारमा कहीँ नभएकाले त्यसलाई स्वीकार गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माओवादीले सहयोग गर्नुपर्ने तर्क मानवअधिकारवादीले गर्दै आएका छन्। हतियार बोकेकै भए पनि दोहोरो भिडन्तमा नरहेका व्यक्तिलाई हत्या गर्न नपाइने अन्तर्राष्ट्रिय कानुनविपरीत माडीमा बम विस्फोट गराइएकाले दोषीले उन्मुक्ति पाउन नहुने अधिकारकर्मीहरुको तर्क छ। आयोगमा सर्वसाधारण चढेको बसमा बम विस्फोट गराई हत्या गर्ने माओवादी कार्यकर्ता र आदेश दिने माओवादी नेतालाई समेत कारबाही माग गर्दै बाँदरमुढे पीडित संघर्ष समितिले ५७ वटा उजुरी दर्ता गराएका थिए।

पीडितको उजुरीमा माओवादीका तत्कालीन अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री शक्ति बस्नेतलगायत तत्कालीन नेतृत्व र चितवनका नेतालाई कारबाही माग गरिएको छ। उजुरी दर्ता भएकै अवस्थामा सरकारले गठन गरेको शान्ति समितिमा बम विस्फोटमा संलग्न भएको आरोप लागेका अनक मगर र चितवन जिल्ला इन्चार्ज रहेका घनश्याम दाहाल ‘अविनाश’ शान्ति समिति सदस्य भएपछि विवाद भयो। उक्त समितिमा अन्य दलका मानिस र पीडितहरुले बस्न अस्वीकार गरेपछि उनीहरुले राजीनामा दिएका थिए। दाहाल चितवन क्षेत्र नम्बर २ ‘क’ मा वाम गठबन्धनबाट विजयी हुँदै हाल प्रदेशसभा सदस्य र मन्त्री छन्।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्