• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कहिले हुन्छ संसदीय निर्वाचन ? संविधानविद् भन्छन्–मिति घोषणा गर्न ढिला भइसक्यो

64x64
बीपी अनमोल आइतबार, जेठ २२, २०७९  १९:०२
1140x725

काठमाडौं–स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै सत्तारुढ पाँच दलीय गठबन्धनभित्र संसदीय निर्वाचन गर्ने बारेमा छलफल सुरू भइसकेको छ।

यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूसँग संवाद अघि बढाइरहेका छन्। यद्यपि, गठबन्धन दलभित्र यस विषयमा अझै निर्णय भइसकेको छैन।

कुन मितिलाई प्रतिनिधिसभाको कार्यकाल सकिएको मान्ने भन्ने विषयमा पनि द्विविधा देखिएको छ। स्थानीय तहको निर्वाचनमा पनि त्यस्तै भएको थियो। यद्यपि निर्वाचन आयोगले भन्दै आएको मितिमा नै निर्वाचन गराउने निर्णय सरकारले गरेको थियो।

अहिले संसदीय निर्वाचनको विषयमा राजनीतिक वृत्तमा चर्चा भइरहेका बेला निर्वाचन आयोगले पनि यसको आन्तरिक तयारी थालिसकेको छ।

अहिलेसम्म आयोगसँग छलफल गरिनसके पनि सरकार निर्वाचन आयोगसँग छलफल गरेरै मिति घोषणा गर्ने तयारीमा छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया मंसिर १५ अगाडि संघ र प्रदेशको निर्वाचन गर्ने गरी आयोग तयारीमा जुटिसकेको बताउँछन्। उनले आयोगलाई चाहिने १२० दिनको समयसीमा अनुसार नै निर्वाचन गराउनका लागि सरकारलाई सिफारिस गर्ने बताए। ‘हामीलाई चाहिने १२० दिन हो। त्यसैअनुसार सरकारसँग परार्मश गर्छौं। सर्वदलीय बैठक राख्छौं र निर्वाचन प्रकृया अगाडि बढाउँछौं,’ थपलियाले भने।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल संसदीय निर्वाचनका लागि राष्ट्रिय सहमतिको विषय भएको भन्दै सबैसँग छलफल गरेर सरकारले निर्णय गर्ने बताउँछन्।

‘सबै दलसँग छलफल र सहमति गरेर निर्वाचन गराउनुपर्छ,’उनले भने,‘मंसीर २२ अगावै निर्वाचन भइसक्नुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

२०७४ मा भएको संसदीय निर्वाचन पनि दुई चरणमा भएको थियो। आगामी निर्वाचन पनि दुई चरणमा गर्ने आयोगको तयारी छ। यसअघि मंसीर १० र २१ गते निर्वाचन भएकाले पहिलो चरणमा भएको मितिलाई नै मानेर त्यसअघि नै निर्वाचन भइसक्नुपर्ने आयोगले बताएको छ। आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको बताउँदै आएको छ।

संविधान अनुसार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको मितिले ५ वर्षभित्र संसदीय निर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ। २०७४ मा हिमाली र उच्च पहाडी जिल्लामा मंसिर १० र पहाड तथा तराईंका जिल्लामा मंसिर २१ गते निर्वाचन भएको थियो।

संविधानविद् भन्छन्–‘निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भइसक्यो’
२०७४ मा मंसिर १० र २१ गते दुई चरणमा भएको निर्वाचन अनुसार प्रतिनिधिसभाको कार्यकाल त्यहीबाट सुरु हुने संविधानविद्हरू बताउँछन्।

निर्वाचन आयोगलाई पनि निर्वाचनको तयारीदेखि सम्पन्न गर्नका लागि १२० दिन अर्थात् चार महिना समय आवश्यक पर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संविधानविद् चन्द्रकान्त ज्ञवाली प्रतिनिधिसभाको कार्यकाल सकिनुभन्दा ६ महिनाभित्रमा मिति तोक्नुपर्ने संविधानले नै प्रष्ट व्यवस्था गरेको बताउँछन्।

‘अब अर्लि इलेक्सन हुने अवस्था रहेन, आवधिक निर्वाचन नै हो। पहिलो चरणमा भएको मितिबाट नै कार्यकाल सुरु भएको मानिन्छ,’ उनले भने,‘त्यस अनुसार नै आधार मानेर निर्वाचन हुनुपर्छ।’

ढिला भइसकेकाले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने ज्ञवाली बताउँछन्। ‘६ महिना भित्रमा मिति तोक्नुपर्ने भनिएको छ। कार्यकाल सकिन ५ महिना १६ दिन बाँकी छ। ढिलाइ भइसकेको छ। त्यसैले छिटो गर्नुपर्छ भन्ने हो,’ उनले भने,‘ढिलो गर्दा चुनावको तयारीमा समस्या हुन्छ। १२० दिन आयोगलाई नै चाहिन्छ। २ महिनाजति त राजनीतिक दललाई पनि जनतामा जान समय चाहिन्छ।’

संघीय प्रतिनिधिसभा र प्रदेशसभाको दुई चरणमा निर्वाचन सम्पन्न भएको हिसाबले दुई सभाको कार्यकाल विघटन भएमा बाहेक निर्वाचन भएको मितिले कार्यकाल ५ वर्षको हुने संवैधानिक व्यवस्था रहेको उनी बताउँछन्।

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य सपथ ग्रहण गरेबाट नै कार्यकाल सुरु हुने बताउँछन्।  ‘निर्वाचन भएको मिति भनेर गणना हुँदैन,’उनी भन्छन्,‘पदभार सम्हालेको हिसाबले हेर्नुपर्छ।’

अधिवक्ता टीकाराम भट्टराई निर्वाचनको मिति घोषणा गर्नका लागि पर्याप्त समय भएको दाबी गर्छन्। ‘निर्वाचन भएको मितिलाई गणना गर्ने हो भने पनि समय छ। कार्यकाल सुरु भएको अवस्थालाई पनि हेर्ने हो भने समय बाँकी छ,’ उनले भने, ‘संविधानमा काम गर्नुअघि सपथ लिनुपर्ने भनिएको छ। सपथ खाएपछि मात्रै कार्यकाल सुरु हुने हो। तर, अहिले निर्वाचन आयोगले निर्वाचन भएको मितिबाट नै भनेको अवस्था छ।’

उनले निर्वाचनको मितिलाई हेर्ने हो भने मंसिरमा र सपथ खाएर कार्यकाल हेर्ने हो भने फागुन २१ पछि प्रतिनिधिसभा रिक्त हुने बताए।
संविधानविद् डा. विपीन अधिकारी प्रतिनिधिसभाको कार्यकाल सकिने अन्तिम दिन पर्खिन नपर्ने भन्दै त्यसअघि नै निर्वाचन गरेर सपथ ग्रहण गराइसक्नुपर्ने बताउँछन्।

‘निर्वाचन आयोगले मंसिरलाई चुनावको महिनाका रुपमा हेर्न चाहिरहेको छ। त्यसैले उसले मंसिरभित्र गर्ने भनेर प्रष्ट भनिसकेको छ,’उनले भने,‘त्यो भएन भने एउटा संसद् र अर्को संसद्काबीचमा ग्याप हुने स्थिति हुन्छ। कार्यकाल सुरु भएको मानियो भने।’
निर्वाचन भनेको जनताको म्यान्डेट लिनका लागि भएको भन्दै उनले पहिलो चरणमा भएको निर्वाचनका मितिबाट नै कार्यकाल सुरु हुने बताए।

‘५ वर्षको अवधि जुनबाट छान्नुस्, भविष्यका लागि त्यही पहिलो मिति हुन्छ,’उनले भने,‘कात्तिकमा भए पनि अर्लि हुँदैन। अहिलेको सरकारले आँट नगरेको हो।’

अधिकारीले अहिलेको सरकार धारा ७६ को ५ अन्तर्गत बनेको भन्दै अब यो परिवर्तन भएर उपधारा १,२ वा ३ मा नजाने बताए।

‘निर्वाचन आयोगलाई नै १२० दिनको तयारीको समय चाहिन्छ। निर्वाचनको अन्तिम मिति कुर्नु जरुरी छैन। निर्वाचन वर्ष लागेपछि उपयुक्त समयमा जहिले पनि निर्वाचन गराउन सकिन्छ,’उनले भने।

उनले पनि निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भइसकेको बताए। ‘सत्ता पक्षको सुविधाका लाग मात्रै होइन, जनतामा जाने हो। थुप्रै दलहरु छन्। दृष्टिकोण बनाएर तुरुन्तै मिति घोषणा गर्नुपर्छ,’ उनले भने, ‘सरकारमा भएकाले सुविधा पाउने र बाहिर भएकाले नपाउने भन्ने हुँदैन। अन्तिम दिन जानु हुँदैन। ५ वर्षभित्रमा संसद फेरिनुपर्छ।’

उनले केही गरी कार्यकाल सकिनुअगावै निर्वाचन भएन भने संवैधानिक संकट उत्पन्न हुने बताए। ।

 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्