काठमाडौं– भारत र कम्बोडियाबीच हुने एसियन कप छनोट चरणको खेलको टिकट १० मिनेटमै सकिएको छ। जुन ८ मा कोलकातास्थित साल्टलेक स्टेडियममा हुने यस क्वालिफायर खेलका लागि १२ हजार टिकट वितरण गरिएको छ।
अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले सबै टिकटहरू नि:शुल्क वितरण गरेको थियो। पश्चिम बंगाल सरकारले ७० हजार दर्शक क्षमता भएको साल्ट लेक स्टेडियममा कोरोना प्रोटोकल पालना गराउन १२ हजार दर्शकलाई राखेर खेल खेलाउने निर्णय गरेको थियो।
भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले राज्य सरकारलाई थप दर्शकलाई अनुमति दिन आग्रह गरेका छन्। कप्तान क्षेत्रीले भने, ‘रंगशालामा दर्शक छन् भन्ने कुरा प्रतिद्वन्द्वी टोलीले बुझ्नुपर्छ। ९० हजार क्षमताको स्टेडियम र दर्शक १० देखि १५ हजार मात्रै रहने हो भने घरेलु अवस्थाबाट के फाइदा हुन्छ?’
क्षेत्रीको असन्तुष्टि पछि शनिबार बिहान प्रदेश सरकार र एआईएफएफको बैठक बसेको थियो। बैठकमा स्टेडियमको क्षमताअनुसार दर्शकलाई प्रवेश दिने निर्णय भएको थियो। सो बैठकमा सदस्यले जसले १२ हजारको सीमा तोके त्यो निर्णय गलत रहेको बताए।
पश्चिम बंगाल सरकारले कुनै प्रतिबन्ध नलगाउने जनाएको छ। तर, कोरोना महामारीलाई ध्यानमा राख्दै एआईएफएफले २० हजार टिकट मात्रै वितरण गर्ने निर्णय गरेको छ। प्रत्येक टिकटको मूल्य ५ रुपैयाँ र नि:शुल्क छ। यसका लागि एआईएफएफले घाटा बेहोर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।