काठमाडौं– युईएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा युरोकप उपविजेता इङ्ग्ल्यान्ड घरेलु टोली हंगेरीसँग स्तब्ध बनेको छ। बुढापेस्टमा शनिबार राति भएको खेलमा इङ्ग्ल्यान्ड हंगेरीसँग १–० ले पराजित भएको हो।
घरेलु टोलीका डोमिनिक सोबोस्लाईले दोस्रो हाफमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बन्यो। ६६औं मिनेटमा डोमिनिक सोबोस्लाईले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।
रिस जेम्सले जिसोल्ट नागीलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गरेका थिए। प्राप्त पेनाल्टीमा डोमिनिक सोबोस्लाई चुकेनन्। एक गोलले पछि परेको इङ्ग्ल्यान्डले त्यसपछि लगातार आक्रमण बुनेपनि सफलता हात पार्न नसक्दा स्तब्ध बन्न पुग्यो।
यो जितसँगै हंगेरी लिग ए ग्रुप ३ मा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। पराजित इङ्ग्ल्यान्ड चौंथो स्थानमा रहेको छ। समान एक अंक जोडेर जर्मनी र इटाली दोस्रो र तेस्रो स्थानमा रहेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।