काठमाडौं– एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग पराजित भएको छ। कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २–० गोल अन्तरले पराजित भएको हो।
ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले १/१ गोल गरे। नेपालले तेस्रो अभ्यास खेलमा ओमानसँग खेलेको हो।
यसअघि नेपालले मैत्रीपूर्ण भ्यास खेलमा इस्ट टिमोरको यू-२३ टोलीसँग २–२ गोलको नतिजा निकालेको थियो। यस्तै, श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो।
नेपाली टोली कतार थप तयारी गरेर छनोटका लागि कुवेत जाने छन्। एसिया कप तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन्।
नेपालले पहिलो खेल जुन ८ मा जोर्डनविरुद्ध खेल्ने छ। यस्तै, नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।