काठमाडौं– विश्व विजेता फ्रान्स र उपविजेता क्रोएसियाले युईएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डको खेलमा लज्जास्पद हार बेहोरेका छन्। पेरिसमा शुक्रबार राति भएको खेलमा फ्रान्स घरेलु मैदानमा डेनमार्कसँग २–१ ले पराजित भयो। यस्तै, क्रोसियाले अस्ट्रियासँग ३–० को लज्जास्पद हार बेहोर्यो।
डेनमार्कको जितमा एन्ड्रिएस कोर्निलिअसले दुई गोल गरे। करिम बेन्जेमाको गोल सान्त्वना बन्यो। प्रतिस्पर्धात्मक बनेको खेलको ५१औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए। ६८औं मिनेटमा एन्ड्रिएस कोर्निलिअसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
त्यसपछि निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा एन्ड्रिएस कोर्निलिअसले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै घरेलु टोली फ्रान्सलाई २–१ को हार चखाए।
योसँगै फ्रान्सको २० खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ। फ्रान्स ११ नोभेम्बर २०२० मा फिनल्यान्डसँग २–० ले पराजित भएयता २० खेलमा अपराजित रहेको थियो। त्यसअघि फ्रान्स २८ जुन २०२१ मा स्वीट्जरल्यान्डसँग टाइब्रेकरमा पराजित भएको थियो।
शुक्रबार राति नै भएको अर्को खेलमा क्रोएसियाले घरेलु मैदानमा अस्ट्रियासँग ३–० को लज्जास्पद हार बेहोरेको हो।
अस्ट्रियाको जितमा मार्को एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले १/१ गोल गरे। ४१औं मिनेटमा मार्कोले करिम ओनिसिओले पासमा गोल गर्दै अस्ट्रियालाई सुरुआती अग्रता दिलाए। ५४औं मिनेटमा माइकल ग्रेगोरेट्सले गोल गर्दै अग्रता दोब्बर पारे।
५७औं मिनेटमा मार्सेलले गोल गरेपछि अस्ट्रिया ३–० ले अघि बढ्यो। त्यसपछि थप गोल निस्किँदा नसक्दा क्रोएसिया ३–० ले पराजित हुन पुग्य। यही समूहको अर्को खेलमा विश्वविजेता फ्रान्सले घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा डेनमार्कसँग २–१ ले पराजित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।