काठमाडौं– मिडफिल्डर जुआन माटाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन्। युनाइटेडमा सम्झौता सकिएसँगै ३४ वर्षीय माटाले क्लब छाड्न लागेका हुन्।
माटाको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको छ। सिजनको अन्त्यसँगै उनी फ्री–एजेन्ट हुनेछन्। स्पेनलाई २०१० को विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका माटा सन् २०१४ मा चेल्सीबाट कीर्तिमानी ३७.१ मिलियन पाउन्डमा युनाइटेड पुगेका थिए।
माटाले युनाइटेडका लागि २८५ खेलमा ५१ गोल गरेका छन्। उनले यो सिजन युनाइटेडबाट ७ खेल मात्रै खेलेका छन्।
गत जुलाईमा युनाइटेडसँग एक वर्षको सम्झौता विस्तार गर्न सहमत भएका माटाले २०१६ मा एफए कप र २०१६–१७ मा कम्युनिटी शिल्ड, लिग कप र युरोपा लिगसहित क्लबसँग चार ट्रफीहरू जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।