• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वाम गठबन्धनको चर्चा : रणनीतिक अस्त्रमात्रै कि सम्भावना पनि? 

64x64
बीपी अनमोल बिहीबार, जेठ १९, २०७९  २१:५५
1140x725

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार कांग्रेसलाई ठेगान लगाउने चेतावनी दिए। उनले भने, ‘कांग्रेसमा एमालेजस्तै दम्भ र अहंकार आयो भने त्यसका लागि फेरि पनि विद्रोह गर्ने दिन आउनेछ।’

पार्टीको एक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धनको बैठकमा पनि यो विषयलाई गम्भीर रूपले उठाइएको बताए। प्रचण्डको यो अभिव्यक्तिमा पाँच दलीय गठबन्धनका संयोजक रामचन्द्र पौडेलले ‘कांग्रेसले आफू हारेर पनि देश र जनतालाई जोगाउने गरेको’ जवाफ फर्काए। 

गठबन्धनको बैठक भोलिपल्ट सार्वजनिक रुपमा भएका यी क्रिया–प्रतिक्रियाले धेरैलाई गठबन्धनको समिकरण परिवर्तन हुन सक्ने आशंका पैदा भयो। यसैमा अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुलाई प्रधानमन्त्रीको अफर आइरहेको दाबी गरे। अफरको स्रोत नखुलाए पनि सम्भावित स्रोतका रुपमा धेरैले नेकपा एमालेलाई बुझे। 

बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट पहिलोबाट दोस्रो दलको हैसियतमा पुगेको एमालेले फेरि वाम गठबन्धनको प्रयास गरेको हुनसक्ने धेरैको अनुमान छ।  यस विषयमा एमालेका नेताहरु भने अनभिज्ञ देखिएका छन्।  

एमालेले सत्ता गठबन्धन तोड्नकै लागि प्रधानमन्त्रीको अफर गरेको भन्ने विषयमा समेत सत्यता नभएको नेकपा एमालेका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङ बताउँछन्।

‘प्रधानमन्त्रीकै प्रस्ताव गरिसकेको भन्ने मलाई लाग्दैन। ओली, प्रचण्ड र नेपालबीच भेट भएको छैन,’उनले भने, ‘कुनै तहबाट नेताहरुबीच केही कुराकानी भएर ती विषय बाहिरिएका होलान्।’ उनले विगतमा पनि यी विषयमा चर्चा हुँदै आएको तर कहिल्यै पुष्टि हुन नसकेको बताए। 

नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेल अबको राजनीतिक कोर्स विषयमा दलहरुबीच सामान्य अनौपचारिक छलफल भएको तर गठबन्धनकै धार फेरिने तहमा कुरा नभएको बताउँछन्।  ‘तुरुन्तै वाम गठबन्धन हुने सम्भावना देखिन्न। तर, निषेध गर्ने भन्ने कुरा पनि हुँदैन,’ उनले भने, ‘वामगठबन्धन मात्रै होइन वाम एकता गरेरै जानुपर्छ भनेर नेकपा बनेको नै हो। फेरि पनि आफूहरु त एकताकै पक्षमा छौं।’

अन्तर्घातमा अलमलिएको एमाले

nimb
nimb
Ncell 2
Ncell 2

२०७४ को स्थानीय तहको निर्वाचनबाट २६६ स्थानीयतहमा मात्रै प्रमुख÷अध्यक्ष जितेको नेपाली कांग्रेसले ७५२ स्थानीय तहमा ३२९ तहमा प्रमुख÷अध्यक्ष जितेको छ। २०७४ को स्थानीय तहको निर्वाचनमा २९४ पालिकाको नेतृत्व गरेको दल नेकपा एमाले भने अहिले २०५ मा समेटिएको छ। नेकपा माओवादी केन्द्रले १०६ वाट १५ सिट बढाएर १२१ पु¥याएको छ। नेकपा एकीकृत समाजवादीले ३३ तहमा प्रमुख÷अध्यक्ष जितेको छ। 

निर्वाचन अघिसम्म नेकपा एमालेले आफ्नो पार्टीले नै बहुमत ल्याउने र पहिलो हुने दाबी गरेको थियो। तर, निर्वाचनको परिणाम अपेक्षित हुन गएन। ‘लोकप्रिय मत’ आफूले नै पाएको दाबी गरेर चित्त बुझाएको एमालेले बाह्य रुपमा गठबन्धनको शक्ति स्वीकार्न आनाकानी गरिरहेको छ। बरु सत्ता गठबन्धनले निर्वाचनमा राज्यसत्ताको दुरूपयोग गरेको तथा धम्की दिएको आरोप अध्यक्ष ओलीले लगाएका छन्। हारको महत्पूर्ण कारण भने अन्तर्घात रहेको बताउन थालेका छन्। पार्टी संसदीय दलको बैठकमा भोट क्रस गर्ने ‘खराब ट्रेन्ड’ देखिएको बताएका उनले बिहीबार आफ्नै नेताबाट चुनौती रहेको बताएका छन्। 

स्थानीय तहको निर्वाचनको समीक्षा नसकिदै संघीय निर्वाचनको तयारी थालिसकेको छ सत्ता गठबन्धनले। राजनीतकि कोर्स स्थिर नभएकाले सकेसम्म चाँडो गठबन्धनको लाभ लिइहाल्ने लयमा कांग्रेस लागेको छ। सत्ता गठबन्धनको बैठकमा मंसिरभित्र चुनाव गरिसक्नुपर्ने विषयले प्रवेश पाउनु त्यसैको एउटा उदाहरण हो। 

आ–आफ्नै रणनीतिक अभ्यास
स्थानीय निर्वाचनको मत परिणामले एमालेलाई झस्काएको छ। आफ्नो साइज घटेको दुःखलाई नेकपा एकीकृत समाजवादीको ‘साइज’को मल्हम लगाइरहेको देखिन्छ। एमालेका नेताहरु पार्टी फुटेको नभइ चोइटिएको यसले प्रमाणित गरेको बताउँछन्। यो निर्वाचनले भूइँ, धरातल र हैसियत देखाएको दाबी गर्छन्। 

एमालेले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्र गडबडी ल्याउने कोशिस गरेको हो। केही स्थानीय तहमा सफलता हासिलसमेत भएको छ। अहिले जिल्ला समन्वय समिति गठनमा समेत त्यसरी नै खेलिरहेको छ। 

यसरी हेर्दा एमाले सत्ता गठबन्धन तोड्नमा सक्रिय छ। तर जोड्नमा भने अझै रुचि नदेखाएको संकेत एमाले नेताहरुका अभिव्यक्तिहरुले दिइरहेका छन्।  ओली आफैंले गठबन्धनलाई ‘वैशाखी’को संज्ञा दिइरहेका छन्। उनले केही दिनअघि सत्ता गठबन्धनलाई कटाक्ष गर्दै भने, ‘यो म्याराथनमा एमाले वैशाखी टेकेर होइन, आफ्नै खुट्टाले दौडिएर आएको हो। यो पार्टीलाई सिध्याउँछु, समाप्त पारिदिन्छु र गायब पार्छु भन्ने?’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीको अध्यक्ष नेपाल आफूहरुलाई प्रधानमन्त्रीको अफर आइरहेको बताउँछन्। उनीहरुले गठबन्धनका लागि भन्दा पनि वर्तमान सत्ता गठबन्धनलाई तोड्ने प्रयासका रुपमा यसलाई लिएको बताउँछन्। 

अहंकारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरु फैलाइरहेको भन्दै उनले प्रधानमन्त्रीको समेत प्रस्ताव आइरहेको प्रष्ट्याएका थिए। ‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ,’ उनले भने, ‘यो कार्ड मान्छेलाई मुर्ख बनाउने तरिका हो । म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन।’

‘प्रधानमन्त्रीको अफर’को स्रोत नखुले पनि यसलाई एमालेको रणनीतिका रुपमा बुझ्न सकिन्छ। साथै स्रोतविहीन प्रधानमन्त्रीको अफरका विषयमा प्रचण्ड–नेपालले दिइरहेका अभिव्यक्ति पनि रणनीतिकै अंश हुन्। स्थानीय तहको निर्वाचनमा कांग्रेसकै अनुपातमा गठबन्धनका लाभ लिन नसकेका उनीहरु संघीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई गठबन्धनप्रति प्रतिबद्ध बनाउन चाहन्छन्। 

त्यही रणनीतिअन्तर्गत प्रचण्डले बुधबार कांग्रेसलाई एकसरो धम्की दिएका हुन्। आफूहरुले मिहिनेत गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए पनि अहिले कांग्रेसमा देखिएको अहंकारले चिन्तित बनाएको प्रचण्डले उल्लेख गरे। यो लाइनबाट पुरानो गुन स्मरण गराएका प्रचण्डले ‘एमालेलाई जस्तै ठेगान लगाउने’ भनेर भविष्यका लागि झस्काइदिए।

एमाले उपमहासचिव गुरूङ पनि कम्युनिष्ट पार्टीहरूले एककदम अगाडि र दुई कदम पछाडि गएर पनि सोच्नुपर्ने बताउँछन्। ‘राजनीतिलाई अग्रगमनको बाटोमा अगाडि लैजान गठबन्धन गर्नुपर्छ,’ उनी भन्छन्, ‘हिजो एक भइसकेको पार्टी शीर्ष नेताहरुलाई विभिन्न शक्तिहरुले तोड्ने प्रयास गरेपछि यस्तो भएको हो।’ उनले आफूले पुनः वाम एकताको लागि पहल अघि बढाउने बताए।

वाम गठबन्धन वा चुनावी तालमेलका लागि एमाले अध्यक्ष ओलीले गरेको प्रतिनिधि सभा विघटनको विषय सबैभन्दा अगाडि आइपुग्छ। माओवादी केन्द्र र एकीकृत समाजवादीले ‘आत्मालोचना’ खोज्नेछन्। माओवादी केन्द्रका नेता लिलामणि पोखरेल भन्छन्, ‘सैद्धान्तिक रुपमा निषेध गरेका छैनौं। तर, व्यावहारिक रुपमा आत्मालोचना त हुनुप¥यो नि। उनीहरुले पार्टीभित्र कम्तिमा मूल्यांकन गर्न सके नयाँ हिसाबले जान सकिन्छ।’ संविधान र संसद्को रक्षाका लागि मात्रै नेपाली कांग्रेससँग गठबन्धन भएको भन्दै उनले उसँग वामशक्तिको दृष्टिकोण र विचार नै नमिल्ने बताए।

 तर, एमाले अध्यक्ष ओली भने आफ्नो उक्त कदममा अडिग छन्। ‘सकिने तर सम्झौता नगर्ने’ उनको वर्तमान स्वभावले वाम गठबन्धनको पुनरावृत्तिको सम्भावना बलियो देखिदैन। 
 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
आरेन राईले भने– एन्फामाथिको निलम्बन फुकाउन सरकारले तत्काल पहल गरोस् आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरूको भविष्य सुरक्षित गर्न सरकारले फिफाले तोकेका सबै स... आइतबार, असार १४, २०८३
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रीङ) निवारण (तेस्रो संशोधन)... आइतबार, असार १४, २०८३
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे आइतबारको प्रतिनिधिसभा बैठकमा उनले पार्टी उपाध्यक्ष पौडेललाई प्रतिशोधको कारण पक्राउ गरिएको बताए । आइतबार, असार १४, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८३ स्वीकृत आइतबार, असार १४, २०८३
आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्चमा सुधार ल्याइने अर्थमन्त्रीको प्रतिबद्धता आइतबार, असार १४, २०८३
आरेन राईले भने– एन्फामाथिको निलम्बन फुकाउन सरकारले तत्काल पहल गरोस् आइतबार, असार १४, २०८३
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस आइतबार, असार १४, २०८३
सुनचाँदीको मूल्य बढ्यो आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्