काठमाडाैं-लण्डन क्लब चेल्सी तथा जर्मन डिफेन्डर एन्टेनियो रुडिगर स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन्।
२९ वर्षीय सेन्टर ब्याक रुडिगर फ्रि ट्रान्सफरमा रियल भित्रिएका हुन्। स्पेनी सञ्चारमाध्यमका अनुसार उनी सन् २०२६ सम्म सान्टियागो बर्नबेउमा रहनेछन्। रियलले रुडिगरलाई जुन २० मा सार्वजनिक गर्ने बताएको छ।
चेल्सीमा रुडिगरको सम्झौता यही जुनको ३० मा सकिँदैछ। उनले चेल्सीमा ५ वर्षको बसाईलाई बिट मार्दै रियल रोजेका हुन्।
सन् २०११ म १८ वर्षको उमेरमा जर्मन क्लब स्टुटगार्टबाट व्यावसायिक खेल करिअर सुरु गरेका रुडिगर त्यसपछि २०१५ मा इटालियन क्लब रोमा पुगेका थिए। रोमामा दुई वर्ष बिताएपछि उनी सन् २०१७ मा चेल्सी आएका थिए।
उनले चेल्सीबाट च्याम्पियन्स लिग, क्लब विश्वकप, युरोपा लिग, युइएफए सुपर कप र एफए कप जितेका छन् जर्मनीबाट कन्फेडेरेसन कप जितेका छन्। उनी २०२१ र २०२२ मा च्याम्पियन्स लिगको टिम अफ दि सिजनको टोलीमा समेत परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।