• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १२, २०८२ Thu, Jun 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
मिरुना प्रकरण : धर्मको छायाँमा छिप्दै त छैन अपराध?
64x64
युवराज भट्टराई बिहीबार, जेठ १९, २०७९  २०:२०
1140x725

काठमाडौं– मनोरञ्जन क्षेत्रमा बहस सुरु भएको छ। जसको सुरुवात गर्ने प्रसंग छ, हाल प्रदर्शनरत फिल्म ‘कबड्डी–४ः द फाइनल म्याच’की अमिनेत्री मिरुना मगरले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै एक दर्शकलाई ‘झापड’ हानेको घटना ।

घटना आइतबार साँझको हो। सोही घटना बाहिरिएसँगै माहोल तात्न थाल्यो। सोमबार दिनभरजसो सामाजिक सञ्जालमा त्यही घटनाबारे नै चर्चा भयाे। मंगलबार बिहानै चाबहिलस्थित केएल टावरमा रहेको ‘एफक्युब मल्टिप्लेक्स’अगाडि प्रदर्शन सुरु भयो। 

फिल्मको पोस्टर जलाउनेदेखि प्रदर्शन बन्द गर्नेसम्मका नारा लागे। प्रदर्शन गर्नेहरूले मिरुनाले झापड हानेर प्रहरीको जिम्मा लगाएका फूर्पा तामाङ भन्ने व्यक्ति ‘भिक्षु’ भएको र उनीमाथि लागेको आरोपजस्तो ‘क्रियाकलाप’ गर्न नसक्ने दाबी गरे। 

सोही दिन फिल्मकी अभिनेत्रीले आरोपितसँग माफी नमागेमा फिल्मलाई प्रदर्शन हुन नदिने भन्दै चलचित्र विकास बोर्डमा ध्यानाकर्षण पत्रसमेत बुझाइयो।

माहोल झन् तात्दै गएपछि फिल्म निर्माण पक्षले आरोप लागेका तामाङ पक्षबीच छलफल गर्‍यो। मिरुना र तामाङ दुवैले एकअर्कासँग माफी पनि मागे। सबै कुरा साम्य भएजस्तो पनि देखियो। दुवैले लिखित रूपमा समझदारी गरेको पत्रमा अब यो विषयमा कसैलाई पनि आरोप–प्रत्यारोप नगर्ने भन्ने लेखिएको छ।

तातेको माहोल साम्य भएजस्तो महसुस भए पनि मिरुना प्रकरण अझैं शान्त भएको छैन। सामाजिक सञ्जालमा मिरुनामाथि अनेक टिकाटिप्पणी भइरहेका छन्। ‘बौद्धधर्म विरोधी’देखि ‘निर्दोषमाथि हिंसा गर्ने’ भन्ने जस्ता आरोपहरूले सामाजिक सञ्जाल भरिएको छ। सामाजिक सञ्जालमा फिल्मका अन्य निर्माण पक्षका व्यक्तिहरूमाथि पनि आलोचना भइरहेको छ।

सबैले ‘मिरुनालाई बहिष्कार गर्नुपर्छ’ भन्ने कुरा उठाइरहेका छन्। विरोधमात्रै नभई मिरुनाले लामामाथि गरेको झापड प्रहारको समर्थन गर्ने पनि उत्तिकै थिए। मिरुना मगरले दर्शकमाथि ‘झापड’ हानेको प्रकरण सुरुवातमा ‘एक महिलाको बोल्ड कदम’ भन्ने रूपमा सामाजिक सञ्जालमा चर्चा भइरहेको थियो। मगरले दाबी गरेजस्तै ‘सार्वजनिक स्थलमा आफूमाथि भएको ब्याड टचको विपक्षमा उनले चालेको कदम’को प्रशंसा भइरहेको थियो। 

तर, यो सबैले फरक मोड तब लियो, जब मिरुनाले थप्पड हानेका व्यक्ति ‘बौद्ध धर्मसँग सम्बन्धित भएको’ र ‘भिक्षु’ रहेको सार्वजनिक भयो।

Ncell 2
Ncell 2

धेरैले ‘बौद्ध धर्मालम्वीले यस्तो गर्न नसक्ने’ तर्क गर्न थाले। कतिपयले मिरुनाको कदमले ‘बौद्ध धर्मको अपमान’ गरेको तर्क अघि सारे त कतिले मिरुनाले ‘भिक्षुमाथि हात उठाउन नहुने’ भन्ने प्रसंग ल्याए। तर, सत्यतथ्यको खोजी गर्ने पक्षमा भने कोही देखिएनन्। 

भीडमा बढिरहेको आक्रोशका कारण प्रदर्शनरत फिल्ममाथि असर पर्ने जोखिमले निर्माण पक्ष छलफलमार्फत् यो विषयलाई अन्त्य गर्नतर्फ लाग्यो। 

मिरुना आफूले सामाजिक सञ्जालमा लेखेको एक विज्ञप्तिमा भनेकी छिन्, ‘फुर्पा तामाङले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको त्यो दुर्व्यवहारको लागि निःस्वार्थ रूपमा माफी मागेकोले मैले उहाँको माफी स्वीकार गरेको छु।’

मिरुनाले यो विषय जेठ १५ मा आफूमाथि भएको ‘ब्याड टच’को विरुद्धमा चालेको कदम कुनै धर्म र समाजको विरुद्धमा नभई व्यक्तिविरुद्ध भएको बताएकी छिन्। 

तर, सामाजिक सञ्जाल र सडकमा देखिएको भीडले भने मिरुनाको यो कदमलाई धर्म तथा समूदायसँग जोडेर उनीमाथि विभिन्न टिप्पणी गरिरहेको छ।

०००

कलाकारिता क्षेत्रमा चर्चित रहेका व्यक्तिहरूमाथि निकट हुने चाहना राख्नु र सो घटनाका कारण विवाद उत्पन्न हुनु नौलो कुरा होइन। तर, निकट हुन चाहने दर्शक वा स्रोताको कदमले स्वयं कलाकारले कस्तो महसुस गरिरहेका हुन्छन् भन्ने प्रश्न महत्वपूर्ण छ। विश्वव्यापी रूपमा निकै चर्चित कलाकार बियोन्सीमाथि एक कन्सर्टमा उनका प्रशंसकले अंगालो हालेर दर्शकदीर्घामा तानेको प्रसंग यो विषयमा निकै चर्चित घटना पनि हो। 

मिरुनाको हकमा भने मिरुना आफूले आफूमाथि दर्शकले गरेको व्यवहारलाई दुर्व्यवहारको रुपमा महसुस गर्नु नै सबैभन्दा महत्वपूर्ण कडी हो। जब कुनै व्यक्तिले आफूमाथि भएको छुवाई वा अरु कुनै किसिमका पनि निकटताबाट असहज र आफूमाथि दुर्व्यवहार भएको महसुस गर्छ भने त्यसविरुद्धमा कदम चाल्न पाउँछ। मिरुनाले त्यही गरिन्। तर, उनको यो कदमलाई धर्मसँग जोडिँदा भने यो घटना बृहत संकेत गरेको छ।

छिमेकी देश भारतको तुलनामा नेपालमा सिनेमामा प्रस्तृत धार्मिक विषयमा बहस भएको छ, तर अवस्था हिंसात्मक बन्न पाएको अवस्था खासै छैन। तर, मिरुना प्रकरणमा जब सडक र सञ्जालमा धर्मकेन्द्रित भीड जम्मा हुन थाल्यो, अब भने सिनेमाको विषयमा र अभिव्यक्ति स्वतन्त्रताको प्रयोगस्वरुप भएका सिर्जनाहरूको विषयमा पनि सडक तात्ने संकेत पाउन सकिन्छ। 

कुनै धर्म विशेष रहेर वा कुनै धर्म पालना गरिरहेको पात्रको चरित्रकै विषयमा पनि सडक तात्नसक्ने संकेत मिरुना प्रकरणमा देखिन्छ। दुर्व्यवहार महसुस गर्ने अभिनेत्रीको कुरा सुन्नुको सट्टा ‘पिडक’ व्यक्तिको धर्मलाई लिएर उमाथि ‘विश्वास’को वर्षा गराउने सञ्जालले निकटतम भविष्यमा फेरि कुनै फिल्मभित्र वा अन्य कलात्मक तथा सिर्जनशील क्षेत्रमा धर्म विशेष रहेर देखाइएका वा प्रस्तुत भएका घटनाले ‘मन बिझाएमा’ त्यसले बृहत स्वरुप लिने र दुर्घटना नै हुनसक्नेतर्फ संकेत मिरुना प्रकरणले गरेको छ।

थोरै विषयान्तर गरेर भारतको अवस्था हेरौं। मिरुना मगरकै जस्तो प्रकरण भारतमा भएको भए के हुन्थ्यो? भारतको धर्मसँग सिर्जनालाई वा कलाकारले चाल्ने कदमलाई जोडेर विभिन्न घटना भएका छन्। २०२१ मा अमेजन प्राइममा आएको वेब सिरिज ‘ताण्डव’मा एक मुस्लिम कलाकारले सिरिजभित्र ‘शिव’ नामक पात्रको भूमिका निभाएका हुन्छन्। मोहम्मद जिशान अय्यबलमाथि सिरिजमा गरेको अभिनय र भूमिकालाई लिएर निरन्तर धम्की आएको थियो। जबकी त्यो घटना सिर्जनाभित्र थियो, यथार्थमा थिएन।

मिरुना प्रकरणले नेपाली सिनेक्षेत्रमाथि भोलि धार्मिक विषयको आडमा रहेर हुनसक्ने प्रहारको संकेत गरेको छ। ‘सिनेमामा कुनै धर्मलाई कमजोर देखाएको छ, विरोध गरौं’, ‘सिनेमाको खलनायकलाई कुनै धर्मको बनाइएको छ, विरोध गरौं’ आदि इत्यादिको अवस्था आउन सक्ने सम्भावना उत्तिकै छ।

                        ०००

विषय सिर्जनाको मात्रै होइन, विषय व्यक्तिको पनि हो। मिरुना मगरले आफूमाथि भएको ‘दुर्व्यवहार’ विरुद्धमा बोल्नु एउटा ठूलो कदम हो। मनोरञ्जन क्षेत्रभित्रका अनेक प्रसंगहरू देखिएको छ। आफूमाथि भएको कुनै घटनाबारे बोल्दा कलाकार विस्थापित हुनुु परेको छ। अर्कातिर, केही कलाकार ‘बलात्कार हुँदा चिच्याएको छ भने मात्रै हुन्छ’ जस्ता असंवेदनशील अभिव्यक्ति दिएर अन्तर्वार्तामा प्रस्तुत भएका छन्। केही समयअघि पल शाह प्रकरणको विषयमा अभिनेता रमेश उप्रेतीले माथि उल्लेख गरिएको वाक्यांश बोलेका थिए।

सिनेमा क्षेत्र आम दर्शकको लागि जुन ‘ग्ल्यामर’को क्षेत्रको रूपमा रहेको छ, त्यसभित्रका पनि अनेक समस्याहरू छन्। ती समस्याबारे बोल्नेहरू सिनेक्षेत्रबाट असहयोगका शिकार भएका छन्। केही समयअघि आफूमाथि कलाकारिता क्षेत्रकै चर्चित अभिनेता तथा निर्माताले दुर्व्यवहार गरेको भन्दै आवाज उठाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह एक्लै भएकी थिइन्। 

केही समय उनको हातमा फिल्मको कामसम्म परेन। न उनको आवाजमा आवाज थप्न कोही कलाकार नै अघि सरे। 

कालान्तरमा केही हदसम्म यो अवस्था फरक त भएको छ। तर, पूर्ण रुपमा कलाकारले बोल्दा साथ पाउने अवस्था बनिसकेको छैन। सप्रमाण बोल्न चाहे पनि कुनै कलाकार आफू रहेको क्षेत्रबाटै असहयोगको शिकार भइने पो हो कि भन्ने अवस्थासँग त्रसित हुनुपरेको छ। 

कलाकारिता क्षेत्रमै असहयोगको शिकार भएकाहरू दर्शकस्रोताबाट पनि असहयोग पाउने अवस्था आयो भने के होला? मिरुना प्रकरणमा मिरुनाको कदमलाई कलाकारिता तथा केही हदसम्म सामाजिक तथा सार्वजनिक व्यक्तित्वहरूले साथ दिएका छन्।

तर, दर्शकसँग जोडिएको मुद्दा र धर्मलाई गिजोलेर झन् कठिन बनाउन थालिएकाले भने उनलाई भविष्यमा सहजै तिनै दर्शकले स्वीकार गर्छन् कि गर्दैनन् प्रश्न खडा भएको छ। यो घटनामा मिरुनाले चालेको कदमसँगै सामाजिक सञ्जालमा ‘मिरुनालाई बहिष्कार गरौं’ भन्दै धर्म केन्द्रित रहेर चलाइएका ह्यासट्याग र हालिएका पोस्टहरूले पनि सिनेमा क्षेत्रभित्र धर्मको आडमा विवाद सुरु भएमा आउनसक्ने जोखिमको आंकलन गर्न सकिन्छ। 

जतिले आज मिरुनाले चालेको कदमलाई धर्मसँग जोड्दै ‘सोझो भिक्षुमाथि अपराध/दुर्व्यवहार भयो’ भनिरहेका छन्, भोलि यहि किसिमले सिर्जनाभित्रको पात्र र कथामाथि पनि धर्मकेन्द्रित विवादको सिर्जना हुनसक्ने र मुख्य विषय ओझेलमा पर्ने अवस्था आउने देखिन्छ। 

अन्त्यमा, कबड्डी फिल्म सिरिजका लेखक उपेन्द्र सुब्बाले बुधबार साँझ सामाजिक सञ्जालमा लेखेझैं समाज संकीर्ण र साम्प्रदायिक भइसकेको छ। मुख्य त वर्षौं संघर्ष गरेर बल्ल सिनेमा क्षेत्रमा स्थापित भइरहेका ‘मंगोलियन’ अनुहारहरूले आफ्नो पहिचान पाइरहेको अवस्थामा समाज र समुदायमा देखिएको यो किसिमको प्रवृत्ति जोखिमयुक्त छ। 

पहिचानको विषयमा भएका आन्दोलनदेखि पहिचान पाउनका लागि भएको संघर्षले बनाएको अहिलेको अवस्थालाई धर्मसँग जोडेर उत्पादित एक भ्रमपूर्ण अवस्थाले कुन स्तरमा पुर्‍याउँछ भन्ने सोच्न सकिन्छ।

‘पहिचानको पक्षमा २० वर्षयता निरन्तर लेख्दै, बोल्दै आएको म एउटा सानो लेखक’, सुब्बाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, मलाई पत्तै भएन हाम्रो समाज यति संकीर्ण र साम्प्रदायिक भइसकेछ। पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौं। यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइसकेछौं। होइन भने जो–जो मिरुना मगरलाई तथानाम गाली गर्दै हुनुहुन्छ, फुर्पा भाइको ठाउँमा अरु कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसरी नै गाली गर्नुहुन्थ्यो होला?’

धर्मकेन्द्रित अवस्थाले सिर्जना गरेको विवाद र त्यो विवादमा आफूले महशुस गरेको दुर्व्यवहारको विरुद्धमा बोलेकी एक अभिनेत्रीको बाँधिएको स्वर। मूल विषयभन्दा बाहिर गएर सिर्जना, व्यक्तिमाथि धर्मको ‘अपमान’ गरेको भन्दै भइरहेको अहिलेको आलोचनाले समाजको अवस्था मात्रै होइन, दर्शक कुन स्तरमा छन् भन्ने पनि देखाउँछ।

भोलि नेपाली सिनेमामा पनि कुनै धर्मको पक्ष र कुनै धर्मको विपक्ष वा पात्र कुनै धर्मको भएको अवस्थामा भारतमा जस्तै सडकदेखि सदनसम्म विरोधमा आवाज उठ्न थाले नौलो मान्नु पर्दैन। यो सबैको सुरुवात दर्शकदीर्घाबाट भएको छ, जसले सिर्जना र व्यक्तिमाथि भएको एक घटनालाई समुदाय र धर्मसँग जोडेर हेरिसकेका छन्। 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘लालीबजार’ मा स्वस्तिमा निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको हो। मंगलबार, असार १०, २०८२
हाउसफुल ५ को कलेक्सन २ सय ४४ करोड नाघ्यो निर्माताहरूले साझा गरेको जानकारी अनुसार फिल्मले भारतीय बक्स अफिसमा १९१.८२ करोड भारतीय रुपैयाँ कमाएको छ। साथै, विश्वव्यापी कमाई पनि २... मंगलबार, असार ३, २०८२
‘मोहर’को टिजर सार्वजनिक निर्माण पक्षले मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलबाट चलचित्रको १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो। मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ८० जनाको मृत्यु, ४ सय बढि घाइते बिहीबार, असार १२, २०८२
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची बिहीबार, असार १२, २०८२
मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता आजदेखि हुँदै बिहीबार, असार १२, २०८२
महोत्तरीका १४ स्थानीय तहले ल्याय साढे नौ अर्ब बराबरको बजेट बिहीबार, असार १२, २०८२
विष्णुमति खोलाले बगायो कार, एक महिलाको सकुशल उद्धार बिहीबार, असार १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइसीसी टि २० आई वरियतामा सन्दीप र ललितको छलाङ बुधबार, असार ११, २०८२
दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा बुधबार, असार ११, २०८२
पतञ्जलिको निर्णय नीतिगत रहेकाले अख्तियारको क्षेत्राधिकारमा नपर्ने माधव नेपालको बयान बुधबार, असार ११, २०८२
यि हुन् मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय बुधबार, असार ११, २०८२
माधव नेपालको बयान सकियो बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्