• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

मिरुना प्रकरण : धर्मको छायाँमा छिप्दै त छैन अपराध?

64x64
युवराज भट्टराई बिहीबार, जेठ १९, २०७९  २०:२०
1140x725

काठमाडौं– मनोरञ्जन क्षेत्रमा बहस सुरु भएको छ। जसको सुरुवात गर्ने प्रसंग छ, हाल प्रदर्शनरत फिल्म ‘कबड्डी–४ः द फाइनल म्याच’की अमिनेत्री मिरुना मगरले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै एक दर्शकलाई ‘झापड’ हानेको घटना ।

घटना आइतबार साँझको हो। सोही घटना बाहिरिएसँगै माहोल तात्न थाल्यो। सोमबार दिनभरजसो सामाजिक सञ्जालमा त्यही घटनाबारे नै चर्चा भयाे। मंगलबार बिहानै चाबहिलस्थित केएल टावरमा रहेको ‘एफक्युब मल्टिप्लेक्स’अगाडि प्रदर्शन सुरु भयो। 

फिल्मको पोस्टर जलाउनेदेखि प्रदर्शन बन्द गर्नेसम्मका नारा लागे। प्रदर्शन गर्नेहरूले मिरुनाले झापड हानेर प्रहरीको जिम्मा लगाएका फूर्पा तामाङ भन्ने व्यक्ति ‘भिक्षु’ भएको र उनीमाथि लागेको आरोपजस्तो ‘क्रियाकलाप’ गर्न नसक्ने दाबी गरे। 

सोही दिन फिल्मकी अभिनेत्रीले आरोपितसँग माफी नमागेमा फिल्मलाई प्रदर्शन हुन नदिने भन्दै चलचित्र विकास बोर्डमा ध्यानाकर्षण पत्रसमेत बुझाइयो।

माहोल झन् तात्दै गएपछि फिल्म निर्माण पक्षले आरोप लागेका तामाङ पक्षबीच छलफल गर्‍यो। मिरुना र तामाङ दुवैले एकअर्कासँग माफी पनि मागे। सबै कुरा साम्य भएजस्तो पनि देखियो। दुवैले लिखित रूपमा समझदारी गरेको पत्रमा अब यो विषयमा कसैलाई पनि आरोप–प्रत्यारोप नगर्ने भन्ने लेखिएको छ।

तातेको माहोल साम्य भएजस्तो महसुस भए पनि मिरुना प्रकरण अझैं शान्त भएको छैन। सामाजिक सञ्जालमा मिरुनामाथि अनेक टिकाटिप्पणी भइरहेका छन्। ‘बौद्धधर्म विरोधी’देखि ‘निर्दोषमाथि हिंसा गर्ने’ भन्ने जस्ता आरोपहरूले सामाजिक सञ्जाल भरिएको छ। सामाजिक सञ्जालमा फिल्मका अन्य निर्माण पक्षका व्यक्तिहरूमाथि पनि आलोचना भइरहेको छ।

सबैले ‘मिरुनालाई बहिष्कार गर्नुपर्छ’ भन्ने कुरा उठाइरहेका छन्। विरोधमात्रै नभई मिरुनाले लामामाथि गरेको झापड प्रहारको समर्थन गर्ने पनि उत्तिकै थिए। मिरुना मगरले दर्शकमाथि ‘झापड’ हानेको प्रकरण सुरुवातमा ‘एक महिलाको बोल्ड कदम’ भन्ने रूपमा सामाजिक सञ्जालमा चर्चा भइरहेको थियो। मगरले दाबी गरेजस्तै ‘सार्वजनिक स्थलमा आफूमाथि भएको ब्याड टचको विपक्षमा उनले चालेको कदम’को प्रशंसा भइरहेको थियो। 

तर, यो सबैले फरक मोड तब लियो, जब मिरुनाले थप्पड हानेका व्यक्ति ‘बौद्ध धर्मसँग सम्बन्धित भएको’ र ‘भिक्षु’ रहेको सार्वजनिक भयो।

Ncell 2
Ncell 2
nimb
nimb

धेरैले ‘बौद्ध धर्मालम्वीले यस्तो गर्न नसक्ने’ तर्क गर्न थाले। कतिपयले मिरुनाको कदमले ‘बौद्ध धर्मको अपमान’ गरेको तर्क अघि सारे त कतिले मिरुनाले ‘भिक्षुमाथि हात उठाउन नहुने’ भन्ने प्रसंग ल्याए। तर, सत्यतथ्यको खोजी गर्ने पक्षमा भने कोही देखिएनन्। 

भीडमा बढिरहेको आक्रोशका कारण प्रदर्शनरत फिल्ममाथि असर पर्ने जोखिमले निर्माण पक्ष छलफलमार्फत् यो विषयलाई अन्त्य गर्नतर्फ लाग्यो। 

मिरुना आफूले सामाजिक सञ्जालमा लेखेको एक विज्ञप्तिमा भनेकी छिन्, ‘फुर्पा तामाङले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको त्यो दुर्व्यवहारको लागि निःस्वार्थ रूपमा माफी मागेकोले मैले उहाँको माफी स्वीकार गरेको छु।’

मिरुनाले यो विषय जेठ १५ मा आफूमाथि भएको ‘ब्याड टच’को विरुद्धमा चालेको कदम कुनै धर्म र समाजको विरुद्धमा नभई व्यक्तिविरुद्ध भएको बताएकी छिन्। 

Xtrem

Xtrem

तर, सामाजिक सञ्जाल र सडकमा देखिएको भीडले भने मिरुनाको यो कदमलाई धर्म तथा समूदायसँग जोडेर उनीमाथि विभिन्न टिप्पणी गरिरहेको छ।

०००

कलाकारिता क्षेत्रमा चर्चित रहेका व्यक्तिहरूमाथि निकट हुने चाहना राख्नु र सो घटनाका कारण विवाद उत्पन्न हुनु नौलो कुरा होइन। तर, निकट हुन चाहने दर्शक वा स्रोताको कदमले स्वयं कलाकारले कस्तो महसुस गरिरहेका हुन्छन् भन्ने प्रश्न महत्वपूर्ण छ। विश्वव्यापी रूपमा निकै चर्चित कलाकार बियोन्सीमाथि एक कन्सर्टमा उनका प्रशंसकले अंगालो हालेर दर्शकदीर्घामा तानेको प्रसंग यो विषयमा निकै चर्चित घटना पनि हो। 

मिरुनाको हकमा भने मिरुना आफूले आफूमाथि दर्शकले गरेको व्यवहारलाई दुर्व्यवहारको रुपमा महसुस गर्नु नै सबैभन्दा महत्वपूर्ण कडी हो। जब कुनै व्यक्तिले आफूमाथि भएको छुवाई वा अरु कुनै किसिमका पनि निकटताबाट असहज र आफूमाथि दुर्व्यवहार भएको महसुस गर्छ भने त्यसविरुद्धमा कदम चाल्न पाउँछ। मिरुनाले त्यही गरिन्। तर, उनको यो कदमलाई धर्मसँग जोडिँदा भने यो घटना बृहत संकेत गरेको छ।

छिमेकी देश भारतको तुलनामा नेपालमा सिनेमामा प्रस्तृत धार्मिक विषयमा बहस भएको छ, तर अवस्था हिंसात्मक बन्न पाएको अवस्था खासै छैन। तर, मिरुना प्रकरणमा जब सडक र सञ्जालमा धर्मकेन्द्रित भीड जम्मा हुन थाल्यो, अब भने सिनेमाको विषयमा र अभिव्यक्ति स्वतन्त्रताको प्रयोगस्वरुप भएका सिर्जनाहरूको विषयमा पनि सडक तात्ने संकेत पाउन सकिन्छ। 

कुनै धर्म विशेष रहेर वा कुनै धर्म पालना गरिरहेको पात्रको चरित्रकै विषयमा पनि सडक तात्नसक्ने संकेत मिरुना प्रकरणमा देखिन्छ। दुर्व्यवहार महसुस गर्ने अभिनेत्रीको कुरा सुन्नुको सट्टा ‘पिडक’ व्यक्तिको धर्मलाई लिएर उमाथि ‘विश्वास’को वर्षा गराउने सञ्जालले निकटतम भविष्यमा फेरि कुनै फिल्मभित्र वा अन्य कलात्मक तथा सिर्जनशील क्षेत्रमा धर्म विशेष रहेर देखाइएका वा प्रस्तुत भएका घटनाले ‘मन बिझाएमा’ त्यसले बृहत स्वरुप लिने र दुर्घटना नै हुनसक्नेतर्फ संकेत मिरुना प्रकरणले गरेको छ।

थोरै विषयान्तर गरेर भारतको अवस्था हेरौं। मिरुना मगरकै जस्तो प्रकरण भारतमा भएको भए के हुन्थ्यो? भारतको धर्मसँग सिर्जनालाई वा कलाकारले चाल्ने कदमलाई जोडेर विभिन्न घटना भएका छन्। २०२१ मा अमेजन प्राइममा आएको वेब सिरिज ‘ताण्डव’मा एक मुस्लिम कलाकारले सिरिजभित्र ‘शिव’ नामक पात्रको भूमिका निभाएका हुन्छन्। मोहम्मद जिशान अय्यबलमाथि सिरिजमा गरेको अभिनय र भूमिकालाई लिएर निरन्तर धम्की आएको थियो। जबकी त्यो घटना सिर्जनाभित्र थियो, यथार्थमा थिएन।

मिरुना प्रकरणले नेपाली सिनेक्षेत्रमाथि भोलि धार्मिक विषयको आडमा रहेर हुनसक्ने प्रहारको संकेत गरेको छ। ‘सिनेमामा कुनै धर्मलाई कमजोर देखाएको छ, विरोध गरौं’, ‘सिनेमाको खलनायकलाई कुनै धर्मको बनाइएको छ, विरोध गरौं’ आदि इत्यादिको अवस्था आउन सक्ने सम्भावना उत्तिकै छ।

                        ०००

विषय सिर्जनाको मात्रै होइन, विषय व्यक्तिको पनि हो। मिरुना मगरले आफूमाथि भएको ‘दुर्व्यवहार’ विरुद्धमा बोल्नु एउटा ठूलो कदम हो। मनोरञ्जन क्षेत्रभित्रका अनेक प्रसंगहरू देखिएको छ। आफूमाथि भएको कुनै घटनाबारे बोल्दा कलाकार विस्थापित हुनुु परेको छ। अर्कातिर, केही कलाकार ‘बलात्कार हुँदा चिच्याएको छ भने मात्रै हुन्छ’ जस्ता असंवेदनशील अभिव्यक्ति दिएर अन्तर्वार्तामा प्रस्तुत भएका छन्। केही समयअघि पल शाह प्रकरणको विषयमा अभिनेता रमेश उप्रेतीले माथि उल्लेख गरिएको वाक्यांश बोलेका थिए।

सिनेमा क्षेत्र आम दर्शकको लागि जुन ‘ग्ल्यामर’को क्षेत्रको रूपमा रहेको छ, त्यसभित्रका पनि अनेक समस्याहरू छन्। ती समस्याबारे बोल्नेहरू सिनेक्षेत्रबाट असहयोगका शिकार भएका छन्। केही समयअघि आफूमाथि कलाकारिता क्षेत्रकै चर्चित अभिनेता तथा निर्माताले दुर्व्यवहार गरेको भन्दै आवाज उठाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह एक्लै भएकी थिइन्। 

केही समय उनको हातमा फिल्मको कामसम्म परेन। न उनको आवाजमा आवाज थप्न कोही कलाकार नै अघि सरे। 

कालान्तरमा केही हदसम्म यो अवस्था फरक त भएको छ। तर, पूर्ण रुपमा कलाकारले बोल्दा साथ पाउने अवस्था बनिसकेको छैन। सप्रमाण बोल्न चाहे पनि कुनै कलाकार आफू रहेको क्षेत्रबाटै असहयोगको शिकार भइने पो हो कि भन्ने अवस्थासँग त्रसित हुनुपरेको छ। 

कलाकारिता क्षेत्रमै असहयोगको शिकार भएकाहरू दर्शकस्रोताबाट पनि असहयोग पाउने अवस्था आयो भने के होला? मिरुना प्रकरणमा मिरुनाको कदमलाई कलाकारिता तथा केही हदसम्म सामाजिक तथा सार्वजनिक व्यक्तित्वहरूले साथ दिएका छन्।

तर, दर्शकसँग जोडिएको मुद्दा र धर्मलाई गिजोलेर झन् कठिन बनाउन थालिएकाले भने उनलाई भविष्यमा सहजै तिनै दर्शकले स्वीकार गर्छन् कि गर्दैनन् प्रश्न खडा भएको छ। यो घटनामा मिरुनाले चालेको कदमसँगै सामाजिक सञ्जालमा ‘मिरुनालाई बहिष्कार गरौं’ भन्दै धर्म केन्द्रित रहेर चलाइएका ह्यासट्याग र हालिएका पोस्टहरूले पनि सिनेमा क्षेत्रभित्र धर्मको आडमा विवाद सुरु भएमा आउनसक्ने जोखिमको आंकलन गर्न सकिन्छ। 

जतिले आज मिरुनाले चालेको कदमलाई धर्मसँग जोड्दै ‘सोझो भिक्षुमाथि अपराध/दुर्व्यवहार भयो’ भनिरहेका छन्, भोलि यहि किसिमले सिर्जनाभित्रको पात्र र कथामाथि पनि धर्मकेन्द्रित विवादको सिर्जना हुनसक्ने र मुख्य विषय ओझेलमा पर्ने अवस्था आउने देखिन्छ। 

अन्त्यमा, कबड्डी फिल्म सिरिजका लेखक उपेन्द्र सुब्बाले बुधबार साँझ सामाजिक सञ्जालमा लेखेझैं समाज संकीर्ण र साम्प्रदायिक भइसकेको छ। मुख्य त वर्षौं संघर्ष गरेर बल्ल सिनेमा क्षेत्रमा स्थापित भइरहेका ‘मंगोलियन’ अनुहारहरूले आफ्नो पहिचान पाइरहेको अवस्थामा समाज र समुदायमा देखिएको यो किसिमको प्रवृत्ति जोखिमयुक्त छ। 

पहिचानको विषयमा भएका आन्दोलनदेखि पहिचान पाउनका लागि भएको संघर्षले बनाएको अहिलेको अवस्थालाई धर्मसँग जोडेर उत्पादित एक भ्रमपूर्ण अवस्थाले कुन स्तरमा पुर्‍याउँछ भन्ने सोच्न सकिन्छ।

‘पहिचानको पक्षमा २० वर्षयता निरन्तर लेख्दै, बोल्दै आएको म एउटा सानो लेखक’, सुब्बाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, मलाई पत्तै भएन हाम्रो समाज यति संकीर्ण र साम्प्रदायिक भइसकेछ। पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौं। यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइसकेछौं। होइन भने जो–जो मिरुना मगरलाई तथानाम गाली गर्दै हुनुहुन्छ, फुर्पा भाइको ठाउँमा अरु कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसरी नै गाली गर्नुहुन्थ्यो होला?’

धर्मकेन्द्रित अवस्थाले सिर्जना गरेको विवाद र त्यो विवादमा आफूले महशुस गरेको दुर्व्यवहारको विरुद्धमा बोलेकी एक अभिनेत्रीको बाँधिएको स्वर। मूल विषयभन्दा बाहिर गएर सिर्जना, व्यक्तिमाथि धर्मको ‘अपमान’ गरेको भन्दै भइरहेको अहिलेको आलोचनाले समाजको अवस्था मात्रै होइन, दर्शक कुन स्तरमा छन् भन्ने पनि देखाउँछ।

भोलि नेपाली सिनेमामा पनि कुनै धर्मको पक्ष र कुनै धर्मको विपक्ष वा पात्र कुनै धर्मको भएको अवस्थामा भारतमा जस्तै सडकदेखि सदनसम्म विरोधमा आवाज उठ्न थाले नौलो मान्नु पर्दैन। यो सबैको सुरुवात दर्शकदीर्घाबाट भएको छ, जसले सिर्जना र व्यक्तिमाथि भएको एक घटनालाई समुदाय र धर्मसँग जोडेर हेरिसकेका छन्। 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्