• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

जकार्तामा रोहित: पहिला चुप–चाप, अहिले अनावश्यक हल्लाखल्ला!

64x64
नेपाल लाइभ बिहीबार, जेठ १९, २०७९  १४:५०
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीसँग कतारमा हुनुपर्ने बेला ११ सिनियर खेलाडी यतिबेला टोली बाहिर छन्।

एएफसी एसियन कप छनोटको तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पटक–पटक क्याम्प छोड्न निर्देशन दिएको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका १० खेलाडीले वैशाख १३ गते ‘विद्रोह’ गरेका थिए। 

उनीहरूलाई माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरणले पनि सामाजिक सञ्जालबाट साथ दिएका थिए। कुनै बेला आफूलाई नेपाली फुटबलको ‘गड फादर’ नै मान्ने खेलाडीले आफूविरुद्ध नै विद्रोह गरेपछि प्रशिक्षक अल्मुताइरी रिसले चुर मात्रै भएनन्, उनीहरुलाई टोलीमासमेत समेटेनन्।

अहिले पनि यो विवाद साम्य भएको छैन। त्यतिखेर नै यी दुईबीच वार्ता भएको भए विवाद यसरी अगाडि बढ्ने पनि थिएन। तर, किरणबाहेक नेपालमा रहेका खेलाडीले पत्रकार सम्मेलन गरेर प्रशिक्षक अल्मुताइरीमाथि धावा मात्रै बोलेनन्, उनलाई हटाउनुपर्ने माग राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई दबाव दिनसम्म भ्याए। 

तर, प्रशिक्षक अल्मुताइरीलाई उनीहरुविरुद्ध कुनै एक्सन लिएनन्। गत वैशाख १८ गते एन्फा महासचिव इन्द्रमान तुलाधरलाई एक पत्र लेख्दै विद्रोहकै कारण उनीहरूलाई कारबाही नगर्न र माफी दिन आग्रह गरे।

तर, खेलाडीमाथि नम्र देखाए पनि उनीहरूको विद्रोहप्रति अल्मुताइरी असन्तुष्ट देखिए। उनले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक र मुख्य छनोटकर्ताको हैसियतले टोली निर्माण गर्ने अधिकार आफूसँग रहेको भन्दै उनीहरुलाई नराख्ने स्पष्ट पारे। त्यसका साथै एसियन कप छनोटमा राष्ट्रिय टोलीको प्रदर्शनको पूर्ण जिम्मेवारी लिने बताए।

चर्को आलोचनाका बीच पनि नगलेका प्रशिक्षक अल्मुताइरीलाई हटाउन माग गर्दै उनीहरु एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाईसमेत दबाव दिन पुगे। तर, कतारी तलबमा नेपाल आएर फुटबल खेलाइरहेका अल्मुताइरीलाई उनले हटाउने कुनै संकेत दिएनन्।

त्यसपछि शक्ति प्रदर्शन गरेका खेलाडीहरू अल्मुताइरीलाई हटाउनुपर्ने र आफूहरूलाई टोलीमा समेट्नुपर्ने मागसहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयसम्म नपुगेका होइनन्। 

Ncell 2
Ncell 2

घटनाले उग्ररुप लिएको करिब २ हप्तापछि मात्रै एन्फाले खेलाडी र विवादको सत्यतथ्य पत्ता लगाउन भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय समित गठन नै ग¥यो। त्यसपछि घटना साम्य हुने र प्रशिक्षक अल्मुताइरीलाई हटाउन सुझाव दिने आंकलन गरिएको थियो।

छानबिन समितले करिब १० दिन घटनाको अध्ययन गरेर एन्फालाई प्रतिवेदन बुझायो। उक्त प्रतिवेदनमा प्रशिक्षकको मात्रै होइन, खेलाडी पनि दोषी रहेको भन्दै एसियन कप छनोट उनीहरूलाई नसमेट्न र यस्तै गल्ती गरे प्रतिबन्ध लगाउनसमेत सुझाव दियो। र, प्रशिक्षक अल्मुताइरी उनीहरूलाई टोलीबाहिर राख्दै २३ खेलाडीलाई कतार लिएर उडे।

अहिले र खेलाडीबीचको विवाद बाहिरि रूपमा साम्य भएको देखिन्छ। तर, यी दुईको घम्साघम्सी अझै जारी रहेको छ। कतारमा रहेका प्रशिक्षक अल्मुताइरी एसियन कपको तयारीतिर व्यस्त छन् भने टोलीबाहिर रहेका ११ खेलाडी सहानुभूति बटुल्न सामाजिक सञ्जालमा विभिन्न हतकण्डा अपनाइरहेका छन्। 

यसबैबीच प्रशिक्षक अल्मुताइरीविरुद्ध विद्रोह गरेका डिफेन्डर रोहित चन्द इन्डोनेसियया पुगेका छन्। लिग वान क्लब पर्सिक कदिरी एफसीसँग अनुबन्ध भएसँगै उनी बुधबार इन्डोनेसिया पुगेका हुन्। अरु बेला खुसुक्क नेपाल आउने र इन्डोनेसिया पुग्ने रोहितले यसपटक भने तामझाम नै देखाए।

बुधबार जाकर्ता पुगेका रोहितलाई समर्थकले विमानस्थलमै पुगेर स्वागत तथा मैदानमासमेत रोहितलाई समर्थकले भव्य स्वागत गरेको भन्दै भिडिओ र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

नयाँ सिजनका लागि रोहितलाई पर्सिकले दुई साताअघि एक वर्षका लागि अनुबन्ध गरेको थियो। रोहितको यो इन्डोनेसियामा तेस्रो क्लब हो। रोहितले यसअघि ५ वर्ष पर्सिजा जकार्तामा बिताएका थिए। त्योभन्दा अघि रोहितले पीएसपीएस पेकानबारुबाट खेलेका थिए।

सन् २०१७ मा पर्सिजामा आवद्ध भएका रोहितले त्यहाँबाट ५ सिजन लिग २०१८ मा लिग वानसहित चार उपाधि जित्न सफल भएका छन्। उनी त्यतिबेला लिग वानकै सर्वोत्कृष्ट खेलाडी चुनिँदै गोल्डेन बल जितेका थिए। रोहितले पर्सिजाबाट १ सय ४५ खेल खेल्दै १० गोल ११ असिस्ट दिएका थिए।

तर, चोट र खस्किँदो प्रदर्शनका कारण उनलाई पर्सिजाले यस सिजनमा निरन्तरता दिन उचित ठानेन। दक्षिण एसियाली कोटाबाट खेलिरहेका रोहितको स्थानमा जापानीज खेलाडी अनुबन्ध गरेर पर्सिजाले उक्त कोटा पूरा गरिसकेका छन्। 

त्यही कारण रोहित यतिबेला नयाँ क्लबमा पुगेका छन्। नयाँ क्लबमा पुग्दा कुनै खेलाडीको स्वागत हुन स्वभाविक नै हो। खेलाडीले पनि स्वागत गर्दियोस् भन्ने चाहन्छ। त्यसैकारण खेलाडी क्लबसँग नजिकिन्छन्। तर, रोहित विपरीत धु्रवमा देखिएका छन्। 

उनले आफ्नो सञ्जालमा आफू कुन क्लबमा पुगेको हो समेत खुलाएका छैनन्। त्यसका साथै आफूलाई स्वागत गरेको तस्बिर–भिडिओसमेत सामाजिक सञ्जालमा राखेका छैनन्। तर, उनका नजिक रहेका केही व्यक्तिहरूले उनलाई स्वागत गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाएका छन्। यसप्रति उनले कुनै प्रतिक्रिया दिएका छैनन्। 

अहिले उनीनिकट व्यक्ति पर्सिजाले गरेको निर्णयप्रति रोहित असन्तुष्ट रहेको बताउँछन्। तर, उनले यसबारे खुलेर बोल्न चाहेका छैनन्। त्यसैले ‘पब्लिसिटी’ नरुचाउने रोहितले एक्कासी भाइरल भिडिओ र तस्बिरबारे केही प्रतिक्रिया नजनाएको बताइन्छ। तर, रोहितमाथि प्रशिक्षक अल्मुताइरीले गरेको व्यवहारले उनीनिकट व्यक्तिहरू पक्कै खुसी छैनन्। उनीहरु अहिले पनि रोहितलाई टोलीमा नराखिएको प्रशिक्षक अल्मुताइरीले नेपाली खेलाडीको महत्त्व नबुझेको आरोप लगाउन छाडेका छन्। 

त्यसैले सामाजिक सञ्जालमा प्रसारित भिडिओ र तस्बिर रोहितलाई स्वागत गरेको देखाउनभन्दा पनि प्रशिक्षक अल्मुताइरीलाई लक्षित गरेर पोष्ट गरिएको त होइन भन्ने लख काट्न थालिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कैलाली झडपः इन्सपेक्टर र असई घाइते
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध मंगलबार, फागुन १९, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
बर्दीबासमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट मंगलबार, फागुन १९, २०८२
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्