• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

यू–१९ विश्वकप छनोट: हुनेछ कृतिकाको कप्तानी र टोलीको स्तर मापन

64x64
दीप सुवेदी बिहीबार, जेठ १९, २०७९  ०९:११
1140x725

काठमाडाैं-संयोग नै भन्नुपर्छ। नेपाली महिला क्रिकेट टोलीले उमेर समूहमा पहिलोपटक आईसीसी टी–२० विश्वकप छनोटमा डेब्यू गर्दै छ। र, कृतिका मरासिनी पनि पहिलोपटक टोलीको कप्तानीमा।

सन् २०१९ मा नेपालको जर्सीमा चाइनामा सम्पन्न ६ देशीय आर एण्ड बी कपमा ११ विकेट लिँदै उत्कृष्ट बलर चुनिएकी कृतिकाले यति चाँडै नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हाल्न पाउँछिन् भन्ने कसैले सोचेका थिएनन्। तर, क्रिकेट न हो। एक खेल र एक प्रदर्शनले पनि धेरैको ध्यान खिचेको हुन्छ।

कृतिकामा पनि पक्कै केही खास छ। त्यसैले त जुन पहिलो साता मलेसियामा हुने यू–१९ महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको नेतृत्व हस्तान्तरण गर्न नेपाल क्रिकेट संघ क्यानले उनीबाहेक अन्य खेलाडीमाथि नजर डुलाउनु परेन। र, सहजै कप्तानी जिम्मेवारी सुम्पियो उनलाई। 

लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएकी कृतिकाका लागि कप्तानीमा जिम्मेवारी यो पहिलो खुड्किलो हो। र, नेपाली उमेर समूहको लागि पनि। तर, अर्को वर्ष पहिलो पटक दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको लागि मैदानमा उत्रिँदा कप्तानी जिम्मेवारी पाएजस्तो उनी र नेपाली टोलीका लागि भने त्यति सहज हुने छैन। 

युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाइल्याण्डजस्ता बलिया टोलीविरुद्ध मैदान उत्रिँदा नेपाली टोलीमा दुई खेलाडीबाहेक अन्यमा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव समेत छैन। त्यसबाहेक नेपाली टोलीले यही प्रतियोगितालाई ‘टार्गेट’ बनाएर कुनै अभ्यास खेल पनि खेलेको छैन। जति पनि खेलाडी टोलीमा समेटिएका छन् ती क्यानले केही महिनाअघि मात्र धनगढीमा यू–१९ क्रिकेट प्रतियोगिताको आयोजना गर्दा सहभागी भएका मध्येका हुन्।

त्यही प्रतियोगिताबाट क्यानले ४४  खेलाडी छनोट गरेर बन्द प्रशिक्षणमा बोलाएको थियो। केही दिनको बन्द प्रशिक्षणबाट त्यसबाट उत्कृष्ट खेलाडी छानेर क्यानले १८ सदस्यीय टोली बनाएको थियो। 

तर, उमेर बढी बताएर बन्द प्रशिक्षणमा सहभागी भएका ज्योत्सनीका मरासीनी, टीका शाह, सावित्री धामी, प्रतिमा शाह र मनिषा चौधरीसहित आधा दर्जन खेलाडीले प्रतियोगितामा भाग लिन नपाउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्यानलाई पत्र पठायो। 

घरेलु प्रतियोगितामा अब्बल ठहरिएकी जोत्सनीकासहित आधा दर्जन खेलाडी टोलीमा नहुँदा नेपाल प्रतियोगिताभर कमजोर सावित हुने त होइन भन्ने पनि सबैको चिन्ता छ। तर, कप्तान कृतिका भने आत्मविश्वासी देखिन्छिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

घरेलु प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका खेलाडीहरु समेटेर नै नेपाली टोलीको निर्माण भएको बताउँदै उनी प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गर्ने बताउँछिन्। 

‘टोलीमा एकदमै युवा र क्षमतावान् खेलाडी छन्। टिम राम्रो छ। हाम्रो बलियो पक्ष बलिङ हो। तर ब्याटिङ र बलिङ दुवै राम्रो छ,’ उनले भनिन्, ‘हामी जितको लागि नै जाने छौं। नेपालको लक्ष्य विश्वकप खेल्नेछ।’

हो, उनी नेपाली टोलीबारे अन्जान भने छैनन्। पछिल्लो तीन वर्षमा घरेलु क्रिकेट लगातार खेल्दै आएकी कृतिका धेरै खेलाडीबारे जानकार छन्। त्यस मानेमा पनि कुन खेलाडीको प्रदर्शन कस्तो छ रहन्छ भन्ने कुराको पनि पहिचहान गर्न उनीलाई धेरै हदसम्म सजिलो हुने छ। 

त्यसैले कृतिका पहिलो प्रयासमै विश्वकप खेल्ने लक्ष्य रहेको सुनाउँछिन्। ‘कप्तानी एउटा अनुभव पनि हो। तर, पहिलादेखि खेल्दै आएको छु, त्यसैले कुन खेलाडीले कस्तो खेल्छन् भन्ने पनि मलाई थाहा छ। प्रशिक्षणमा सबैले राम्रो गर्नुभएको छ। त्यसैले म आत्मविश्वासी छु’, उनले भनिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्को वर्ष पहिलोपटक दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको लागि नेपालले एसिया क्षेत्र छनोट जित्नुपर्ने हुन्छ। नेपाल, युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाइल्यान्डबीच शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टी२० विश्वकपका लागि छनोट हुनेछ। 

यू–१९ विश्वकप २०२३ मा जनवरी–फेब्रुअरीमा हुने छ। प्रतियोगितामा कुल १६ टोली हुनेछन्। कुनै पनि नेपाली टोलीले विश्वकपकप खेलेको छ भने, त्यो पनि क्रिकेटले नै हो। नेपाली पुरुषतर्फको सिनियर टोलीले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी२० विश्वकप खेल्नुबाहेक अरुले यो 'उपलब्धि' हासिल गर्न सकेको छैन। यता, पछिल्लो समय नेपाली महिला र पुरुषतर्फको सिनियर टोलीले छनोट खेल खेले पनि अघिल्लो चरणमा पुग्न सकेन।

त्यसैले नेपाली टोलीमध्ये यही उमेर समूहमाथि सबैले आश गर्नु स्वाभाविक हो। यो प्रतियोगिता नेपालको लागि इतिहास रच्ने मौका मात्रै होइन, कृतिकाले आफूलाई दिएको जिम्मेवारी र उनका खेलाडीहरुलाई प्रतिभा प्रस्फुटन गर्ने मौका पनि हो।

त्यसमाथि नेपाली महिला टोलीलाई आशाको किरणको रुपमा लिइन्छ। सन् २००७ मा नेपाली महिला टोली पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा उपविजेता बन्यो। 

एसियाली क्रिकेट परिषद् (एसीसी)ले आयोजना गरेको यू–१९ क्रिकेट प्रतियोगिताको उपाधिमा त नेपालले ‘ह्याट्रिक’ नै गरेर सनसनी मच्चायो। त्यसपछि नेपाली उमेर समूह र सिनियर टोलीलाई एसियाली क्षेत्रका जुनसुकै प्रतियोगिताको बलियो दाबेदार मानिन्छ। 

तर, बलियो सम्भावना बोकेको नेपाली महिला टोली क्यान निलम्बनमा परेसँगै निक्कै कमजोर हुन पुग्यो। कागजी रुपमा बलियो देखिए पनि नियमित घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय खेल अनुभव नहुँदा टोलीको 'स्तर' बिस्तारै ओरालो लाग्न थालिसकेको छ। 

ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा कमजोर देखिएको अवस्थामा नेपाली टोलीलाई प्रतियोगिताको दाबेदार टोली हो भनेर पत्याउन पनि मुस्किल हुन्छ। यही महिना कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा अफ्रिकी राष्ट्र युगान्डासँग ५ टी२० आई सिरिज खेल्दा नेपाली सिनियर टोलीको प्रदर्शन कुन हदसम्म खस्किएको थियो भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो।

५ खेलमध्ये २ खेल जितेको नेपाली टोलीले बाँकी ३ खेलमा युगान्डालाई चुनौती समेत दिन सकेन। यस प्रतियोगितामा खेलाडीबाटै कमजोरी भएको भन्दै कप्तान रुविना क्षेत्रीले समेत टोलीको स्तरलाई सुधार गर्नुपर्ने र नयाँ खेलाडीलाई मौका दिनुपर्ने औंल्याएकी थिइन्। त्यसैले पनि उमेर समूहका खेलाडीले यो प्रतियोगितामा गरेको प्रदर्शनमाथि सबैको नजर हुनेछ।

यता, कृतिका पनि यस प्रतियोगितालाई सिनियर टोलीमा स्थान सुरक्षित गर्ने अवसरको रुपमा लिएको बताउँछिन्। यही प्रतियोगितामा राम्रो खेल प्रदर्शन गर्न सके सिनियर टोलीमा ढोका खोल्न जो कोही उमेर समूहका खेलाडीलाई सहज हुने उनको विश्वास छ।

‘यो एक अवसर हो। एसिया छनोटमा राम्रो गर्न सके सिनियर टोलीमा पर्न पनि सहज हुनेछ। तर, प्रदर्शनले पनि धेरै प्रभाव पार्छ। प्रदर्शन गरेमा नै टोलीमा पर्ने हो’, उनले भनिन्।

कागजी रुपमा भएपनि नेपाली टोली बलियो रहेको उनकै भनाइले प्रष्ट पार्छ। तर, भनाइ र खेलाइमा भने पक्कै फरक हुनेछ। अभ्यास खेलमा जति नै बलियो देखिए पनि विपक्षीविरुद्ध मैदानमा उत्रिँदा भने फरक परिस्थिति सिर्जना हुनेछ। 

त्यसमाथि नेपालले प्रतियोगिताको लागि भनेर नै कुनै अन्तर्राष्ट्रिय अभ्यास खेल खेलेको छैन। त्यसका बाबजुद पनि सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गरे लक्ष्यमा पुग्न कठिन नरहेको प्रशिक्षक महेशप्रसाद रिजालको भनाइ छ।

‘जित आफ्नो ठाउँमा छँदै छ। तर, खेलाडीले पनि आफ्नो जिम्वारी बुझ्नु पर्छ। हामीले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै कुरामा बलियो तयारी गरेका छौं। त्यहीअनुसार खेलाडीले मैदानमा प्रदर्शन गरे हामी अनकुल नतिजा आउँछ भन्ने कुरामा विश्वत छु,’ उनले भने।

प्रशिक्षक रिजालका अनुसार टोलीमा खेलको गहिराइलाई बुझेर खेल्नसक्ने खेलाडी पनि छन्। एकेडेमीमा सिकेर आउने खेलाडी रहेका प्रदर्शनमा ‘प्लस प्वाइट’ हुने उनको तर्क छ। त्यसैले पनि विपक्षीलाई नेपालले कडा टक्कर दिनसक्ने उनको दाबी छ।

‘सबैले हामीलाई कडा टक्कर दिनेछौं। मलाई लाग्छ थाइल्यान्ड राम्रो छ। त्यहाँ सिनियरदेखि जुनियरसम्मै राम्रा खेलाडी छन्। यता, यूएईको टिम पनि धेरै राम्रो छ। राम्रो नखेली हामीले जित निकाल्न सक्दैनौं। राम्रो खेल्नेमा हामी केन्द्रीत हुनेछौं,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  ०९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्