• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

प्रयोगले भरिएका प्रशन्न

64x64
युवराज भट्टराई शुक्रबार, जेठ २०, २०७९  ०९:०४
1140x725

काठमाडौं– प्रशन्न मालि आफ्नो परिचयमा रहेका दुई व्यक्तित्वबारे बोल्छन्–‘क्यामेरा पछाडी बसेको बेला आफूभित्रको समिक्षक व्यक्तित्व बाहिर आउँदैन। जति आउँछ प्रि–पोडक्सनकै क्रममा आउँछ। गल्तीहरू त्यहिबेला महशुस हुन्छ। क्यामेरा पछाडि भइसक्दा निर्देशक व्यक्तित्व नै हावी हुन्छ।’

चिन्नेहरूले प्रशन्नलाई दुई किसिमले चिन्छन्। एउटा निर्देशक तथा फिल्म लेखक, अर्को समिक्षक। 

दुवैमा उनी परिचित छन्। केही हदसम्म उनको समिक्षक परिचय चर्चित छ। निर्देशकको परिचयमा पनि उनी कम छैनन्। औपचारिक सिनेमाको शिक्षा लिनुअघिबाटै उनीभित्रको निर्देशक व्यक्तित्व प्रस्फुटन भइसकेको सम्झिन्छन्।

सिनेमा के हो? बाल्यकालमा पर्दामा नायक र नायिकाहरू देख्दा धेरैलाई सिनेमाको अर्थ त्यहि पर्दामा देखिने दृश्य मात्रै हो भन्ने लाग्नु स्वभाविक हो। प्रशन्नलाई पनि त्यहि लाग्थ्यो। तर, समयले विषयान्तर गर्छ। समयसँगै पर्दा पछाडीका पाटाहरूसँग प्रशन्नको निकटता बढ्दै गयो।

‘इन्ट्रोभट भएकाले पनि होला, क्यामेरा अघिभन्दा पनि क्यामेरा पछाडीको पक्षसँग निकटता बढ्यो,’ प्रशन्न आफ्नो निकटताबारे भन्छन्।

रुचि फिल्म बनाउनमा छ। तर, त्योसँगै फिल्मबारे कुरा गर्नमा रुचि भएकाले समीक्षातर्फ लागियो जस्तो लाग्छ। फिल्मबारे बोल्ने र फिल्मबारे अध्ययन गर्ने कुराको समिश्रणबाट समीक्षाको जन्म भएको ठान्छन् उनी।

आफूलाई फिल्म बनाएपछिको समयमा सोही सेरोफेरोमा रहेर कुराकानी गर्नु, विभिन्न पक्षबारे विश्लेषण गर्नुले आफूलाई नै निखारिरहेको मान्छन् उनी। 

पहिलो प्राथमिकता फिल्म निर्माण नै भएकाले सोही कुरा महत्वपूर्ण भएको मान्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रशन्नको निर्देशन यात्रा
सम्झना भएसम्म उनलाई आफूलाई सिनेमाप्रतिको प्रेम सधैं भएको लाग्छ। पर्दामा कलाकारलाई देख्दा होस् या पर्दा पछाडीको प्रक्रियाबारे थाहा पाउँदा, प्रशन्नको सिनेप्रेम सधैं थियो। जसकै परिणाम स्वरूप उनी बाल्यकालबाटै क्यामेरा हातमा लिएर परिदृश्यहरूलाई कैद गर्न थाले।

काठमाडौंको न्युरोडस्थित संकटा क्षेत्रमा हुर्किएका प्रशन्नले इन्टरमिडियटको अध्ययनपछि सिनेमाको औपचारिक शिक्षा लिन थाले। त्यहि क्रममा सञ्चार क्षेत्रमा पनि जोडिएका थिए। टायम्स एफएममा काम गर्थे। सुकेधारास्थित अस्कर इन्टरनेसनल कलेजमा सिनेमा अध्ययन गरिरहेका थिए।

इन्ट्रोभट प्रकृतिको मान्छे, घरको एक्लो छोरा। घरमै बसिरहँदा पनि भिडियो एडिट गर्ने काममा संलग्न हुन्थे। धेरै लेख्थे। एउटै विषयमा घोत्लिन्थे।

‘समग्रमा भन्दा आफूलाई प्रस्तुत गर्ने पाटोबारे सोच्थेँ,’ प्रशन्न भन्छन्।

Xtrem

Xtrem

खोज्दै जाँदा विस्तारै फिल्मसँग साक्षात्कार भयो। प्रस्फुटनको पाटोमा सिनेमा जोडिन पुग्यो। उनी भन्छन्, ‘कलाकार बन्छु, पर्दा अघि देखिन्छु भन्ने त कहिल्यै लागेन।’

धमिलो सम्झनामा उनी आफूले एसएलसीपछि गरेको काम सम्झिन्छन् । त्यो बेला चर्चित र्याप गायक यम बुद्धको गीत ‘साथी’ निकै चर्चित थियो। प्रशन्नले आफूसँगैका एक साथीलाई लिएर सोही गीतको कथामा आधारित भई फिल्म खिचे।

‘त्यो चकचक थियो, अहिले सम्झिदाँ हाँसो उठ्छ’, प्रशन्न विगतबारे सम्झिन्छन्।

तर, त्यो चकचकले ५५ मिनेटको रुप लियो। फिचर फिल्मकै लम्बाईको फिल्म जानअन्जान खिचे उनले। हातमा क्यामेरा थियो, सँगै काम गर्ने चाह राख्ने मित्र थिए। त्यो प्यासनले डोर्‍याएर पनि ५५ मिनेटको फिल्म उत्पादन भएको उनी बताउँछन्।

‘त्योबेला गरेको काम अहिले हेरेको त छैन, तर सम्झिँदा निर्देशनप्रतिको प्यासन पहिल्यैबाट अवचेतनमा विकास भइरहेको लाग्छ,’ उनी भन्छन्, ‘एसएलसी अघिबाटै फिल्म बनाउनुपर्छ भन्ने लागेको थियो। जान–अन्जानमा काम गर्दा फिल्म बन्ने प्रक्रिया रमाईलो रैछ भन्ने लाग्यो। थप काम गर्नुपर्छ भन्ने प्रेरणा मिल्यो।’

अस्कर कलेजमा पढ्न थालेपछि भने उनको सिनेमाकर्म औपचारिक बन्न थाल्यो। फिल्म निर्माणको प्रक्रियाबारे जान्न थाले। कलेजमा बनाइने प्रोजेक्टदेखि कलेजबाहिर गर्ने कामबाट पनि थुप्रै कुरा सिके।

निर्देशनको पक्षमा एसएलसीपछि नै डेब्यू गरिसकेका थिए। अस्करमा पढ्न थालेपछि व्यवस्थित रूपमा फिल्म निर्देशनमा लागे। उनको यादमा हालसम्म कम्तिमा १० वटा लघु चलचित्र बनाएको थाहा छ।

सँगै एक वेबसिरिजको निर्देशन गरेका छन्। एक डकुमेन्ट्री पनि उनको निर्देशनमा बनेको छ। प्रशन्नले ‘मातृ’, ‘गुनासो’, ‘तिर्खा’, ‘द रिवार्ड’, ‘भावविहीन’लगायतका लघु चलचित्र, ‘एसएमएस इन टायम’ वेब सिरिज र ‘उपत्यकाका कथाहरू’ वृत्तचित्र निर्देशन गरेका छन्।

‘अहिलेसम्म हिँडेको बाटो सिक्दै–बुझ्दै हिँडेको बाटो हो,’ प्रशन्न भन्छन्, ‘हाम्रो देशको अवस्था, हाम्रो सिनेमा क्षेत्र सबै कुराहरूको विश्लेषण गर्नुपर्छ। हामीले भन्ने कथाको महत्व के होलादेखि कथा कसरी भन्ने कुराहरू वास्तवमै चुनौतीपूर्ण छन्।’

प्रशन्नका कामहरू हेर्दा भने उनी आफ्नो त्यो चुनौतीलाई राम्रोसँग पार गर्न सकेको देखिन्छ। प्रयोगात्मक लघु चलचित्र, विषयमा खुलेको वेब सिरिज र यर्थाथपरक डकुमेन्ट्रीले प्रशन्नको निर्देशकिय यात्राको उज्यालोलाई छर्लङ्ग बनाएको छ।

निर्दशनपछि समिक्षक
निर्देशक र फिल्म लेखकको रूपमा प्रशन्नको परिचय उनको एउटा पाटो भयो। सँगै अर्को पाटोमा भने उनी फिल्म समिक्षक पनि हुन्। धेरैले फिल्म समिक्षकको रूपमा उनलाई पहिले चिन्छन्, अनि फिल्म निर्देशकको रुपमा।

त्यसो त नेपाली फिल्म क्षेत्रमा कतिपय निर्देशकहरूले आफ्नो करिअरको सुरुवात समिक्षकको रूपमा गरेका पनि छन्। सँगै समिक्षकबाट फिल्म क्षेत्रमा प्रवेश गरेका थुप्रै नामहरू छन्। निर्देशक दीपेन्द्र लामा, पटकथाकार यज्ञश, सुशिल पौडेललगायत यीमध्ये केही हुन्। 

प्रशन्नको हकमा भने ठीक विपरीत भएको छ। पर्दा पछाडी रहेर निर्देशन गरिरहेका र निर्देशन सिकिरहेका उनी कालान्तरमा समिक्षकको परिचयमा बाँच्न थाले। 

त्यहि क्रममा उनलाई लाग्यो केही फरक गरौं। सिनेमाप्रति रुचि थियो, कहिलेकाँही क्यामेरापछि रहेर काम पनि गरेको अनुभव थियो। आलोकाँचो अनुभवबाटै पनि कतिपय जोखिम लिएर लघु चलचित्रहरू बनाइसकेका थिए उनले।

‘त्यति बेला फिल्मको समीक्षा गर्ने सोचेँ,’ प्रशन्न भन्छन्। तर, उनले गर्ने समीक्षा चलिरहेको शैली र स्वरुपका समीक्षाभन्दा भिन्न थिए। माध्यम नै फरक थियो। पत्रपत्रिका र अनलाइन, कहिलेकाँही टेलिभिजनमा रहेको समीक्षा गर्ने संस्कृतिको व्याप्तता थियो। प्रशन्नले रेडियोमा काम गर्थे। उनले समीक्षा गर्ने माध्यम पनि यहि बन्यो।

उनले अस्कर कलेजमा फिल्म अध्ययनको तेस्रो वर्षमा हुँदादेखि फिल्म समीक्षा सुरु गरेका थिए। 

‘हामीले सिकेको फिल्म निर्माणको पक्रिया र बुझेको फिल्म बनेको यो निर्माण हुने प्रक्रिया पनि हो,’ प्रशन्न भन्छन्, ‘एउटा फिल्मको मात्रै कुरा गर्ने नभएर सम्पूर्ण प्रक्रियालाई लिएर समीक्षा गर्नुपर्छ भन्ने लागेर यो काम सुरु गरेको थिएँ।’

शैली फरक, माध्यम फरक र विशेषतः समीक्षा गर्दाको अलग स्वरुप। रेडियोबाट गरिएका समीक्षाहरूलाई धेरै रुचाइयो। प्रशन्नले आफूले गर्ने गरेको समीक्षा युट्युबमा पनि राखे। त्यहाँ पनि उनलाई साथ मिल्यो। सकारात्मक प्रतिक्रिया पाए। 

‘फिल्म समीक्षामा फिल्मकै मात्र कुरा नभएर फिल्म निर्माण हुँदाको प्रक्रियादेखि अन्य पाटाबारे कुरा गर्दा दर्शकसँग हामी फिल्मकर्मीकै पनि ज्ञानको दायरा बढ्दै जान्छ,’ उनी भन्छन्, ‘मलाई र अरु फिल्मकर्मीहरूलाई पनि समानान्तर रूपमा ज्ञान बढ्ने सोचले समीक्षा सुरु गरेको थिएँ। प्रतिक्रिया सकारात्मक आउनु सुखद कुरा भयो।’

प्रशन्न हाल आफ्नै नामको युट्युब च्यानलमार्फत फिल्म समीक्षा गरिरहेका हुन्छन्। उनको च्यानलमा ९ हजारभन्दा धेरै सदस्यहरू छन्। 

०००

अरुको समीक्षा गरिरहेका प्रशन्नलाई आफ्नै सिर्जनाको समीक्षा गर्ने कुरामा भने फरक किसिमको अवस्था रहेको महशुस हुन्छ। उनी फिल्म लेख्छन्, निर्देशन गर्छन्। तर, छायांकनका लागि फ्लोरमा फिल्म पुगेपछि भने उनीभित्रको समिक्षक व्यक्तित्व कतै हराउँछ।

‘सुटमा जानुअघिसम्म लेख्दा, आइडिया बनाउँदासम्म त्यो पाटो आउँछ,’ उनी भन्छन्, ‘त्यसैले गर्दा कतिपय फिल्महरू त लेख्दा–लेख्दै फ्याकेको पनि छु। तर, सुटमा जाने भनेर काम गर्न थालेपछि भने समिक्षक व्यक्तित्व हराउँदो रहेछ।’

अहिले प्रशन्न केही फुसर्दमा छन्। केही समयअघि मात्रै उनले प्रयोगात्मक लघु चलचित्र ‘अन्तर्वार्ता’को छायांकन सके। अभिनेता भिष्म जोशीलाई मुख्य कलाकारको रुपमा लिएर बनाएको यो फिल्म अहिले पोस्ट प्रोडक्सनको क्रममा छ। हाल ध्वनिको काम भइरहेको बताउछन् प्रशन्न। त्योबाहेक अरु व्यवसायिक काममा व्यस्त छन् उनी। एभरेष्ट फिल्म एकेडेमीसँगको समन्वयमा काम गरेका हुन्।

प्रशन्न आफूले भनिरहेका दृश्य र कथाहरू प्रयोगात्मक मान्छन्। आफूलाई निश्चित जन्जिरभित्र बाँधेर राख्ने कुरामा उनी पर्दैनन्। 

उनी भन्छन्, ‘कुन जन्जिरमा जाने भन्ने विषयमा अहिले नै निधो गर्नुपर्छ भन्ने छैन। प्रयोगात्मक किसिमले काम गरिरहेको छु। फिचर लेन्थमा जाँदा पनि हरर र प्रयोगात्मक नै हुन्छ जस्तो लाग्छ।’

अन्त्यमा प्रशन्नलाई सोधिएको प्रश्न छ, ‘त्यसो भए कहिलेसम्म फिचर लेन्थको फिल्म हेर्न पाइएला? अरु फिल्महरूबाट निखारिने काम त भयो?’

‘अब दुई चार वर्षमा त कसो नहोला र? तर, त्यत्तिन्जेल प्रयोग गर्दै सिक्दै जानुपर्छ,’ प्रशन्न हाँस्दै भन्छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  ०९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्