काठमाडौं (एजेन्सी)– विश्वबाट परमाणु हतियार समाप्त गर्नुपर्ने अभियान चलाइरहेको संगठन इन्टरनेसनल क्याम्पियन टु एबोलिस न्युक्लियर विपन्स 'आइसिएएन'लाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। सन् २००७ मा स्थापना भएको यो संस्थामा १ सय १ देशका ४ सय ६८ संघ-संगठन सक्रिय छन्। यो संस्थाले परमाणु हतियार प्रतिबन्ध गर्ने सन्धिमाथि काम गरिरहेको छ।
नोबेल पुरस्कार दिने संस्थामा समावेश बिआर एन्डर्सनले आइसिएएनलाई पुरस्कार दिनुको औचित्य पुष्टि गर्दै भने, ‘हामी यतिबेला यस्तो संसारमा बाँचिरहेका छौ, जहाँ परमाणु युद्धको खतरा छ।’
सन् २०१२ को जुलाईमा १ सय २२ देशले संयुक्त राष्ट्र संघको परमाणु हतियार विरुद्धको सन्धिमा सहमति जनाएका थिए। तर, यसमा अमेरिका, रुस, चीन, बेलायत, फ्रान्सले आफूलाई अलग राखेका छन्। यीबाहेक परमाणु हतियार सम्पन्न देशले पनि परमाणु निशस्त्रीकरणमा रुची देखाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।