काठमाडौं– काठमाडौंको लाजिम्पाटमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। अन्दाजी ६४/६५ वर्षका महेश पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरको छतबाट मान्छे खसेको भन्ने जानकारी आएपछि सोमबार बिहानै घटनास्थलमा प्रहरी पुगेको थियो। उक्त घटनाको अनुसन्धान अहिले प्रहरी वृत्त सोह्रखुट्टेबाट भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। फरेन्सिक डाक्टर र कुकुरसहितको टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धानको क्रममा घटना शंकास्पद जस्तो नदेखिएको एसपी मैनालीले बताए।
पन्त घरमा एक्लै बस्दै आएका पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।