काठमाडौं– उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। कटारी नगरपालिका– १४ भदौरेस्थित चनौटमा सोमबार बिहान साढे २ बजेतिर ना ८ ख ८२९७ नम्बरको ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।
चनौटमा सोलुखुम्बुतर्फ जाँदै गरेको ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्रक मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर गएको थियो।
दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ। ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।