काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडलाई कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जिताएसँगै कप्तान मार्सेलोले क्लब छाड्ने पुष्टि गरेका छन्।
सन् २००७ मा स्पेनिस क्लब भित्रिएका ३४ वर्षीय ब्राजिलियन रक्षक मार्सेलोले रियलबाट ५ सय ५० खेल खेलेका छन्। स्पेनिस क्लबबाट २५ उपाधि जितेका मार्सेलो रियलको इतिहासमै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी हुन्। २५ उपाधिमध्ये उनले रियललाई ५ च्याम्पियन्स लिग जिताएका छन्।
शनिबार राति च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई १–० ले हराएर उपाधि जित्दा मार्सेलोले ९० मिनेट नै मैदानमा बिताएका थिए।
मार्सेलोको रियलसँगको सम्झौता यहीँ जुनको अन्त्यमा सकिँदैछ। ‘रियालमा मेरो यो अन्तिम खेल हो। तर, म निकै खुशी छु। म खुशीसाथ क्लब छोड्दै छु। समर्थकहरूका साथ बर्नबेउमा मैले अनुभव गरेको जादुमय पलहरूप्रति कृतज्ञ छु,’ उपाधि जितेपछि मार्सेलोले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।