काठमाडौं- फ्रान्स र जर्मनीका नेताहरूले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग 'प्रत्यक्ष र गम्भीर वार्ता' गर्न आग्रह गरेका छन्। इमानुएल म्याक्रोन र ओलाफ स्कोल्जले पुटिनसँग ८० मिनेट फोनमा कुरा गरेको बीबीसीले जनाएको छ।
उनीहरुले 'तत्काल युद्धविराम र रूसी सेना फिर्ता गर्न जोड दिएको' जर्मन चान्सलरको कार्यालयले जनाएको छ।
क्रेमलिनले मस्को कीभसँग वार्ताको लागि खुला रहेको बताएको छ।
समाचारहरुमा पुटिन र उनका युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्की बीचको प्रत्यक्ष वार्ताको सम्भावनालाई उल्लेख गरिएको छैन।
युक्रेनी राष्ट्रपतिले केही समय अघि वार्ताका लागि आफू 'उत्साहि' नभएको बताएका थिए, तर द्वन्द्व अन्त्य गर्न आवश्यक भएको बताए।
२४ फेब्रुअरीमा रुसले आक्रमण गरेपछि रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरूले धेरै चरणको वार्ता गरेका छन्, तर प्रयासहरू सफल हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।